
नेप्सेमा आठौं दिनपनि हरियाली, लगानीकर्ताको मनोबल अझै उच्च, सूचक ३००० नजिकNEPSE Sees Green for the Eighth Consecutive Day, Investor Sentiment Remains High as Index Nears 3000
नेप्सेमा आठौं दिनपनि हरियाली, लगानीकर्ताको मनोबल अझै उच्च, सूचक ३००० नजिक साउन महिनासँगै नेपाल शेयर बजार (नेप्से) हरियालीको लयमा अगाडि बढिरहेको छ । लगातार आठौं कारोबार दिन समेत नेप्से परिसूचकमा सकारात्मक वृद्धि देखिएको छ । बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्दै २,९८२.६४ विन्दुमा बन्द भयो । यद्यपि, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य रुपमा घट्दै १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँमा झरेको छ, जुन बुधबार १९ अर्ब ५७ करोड रुपैयाँ थियो। उपसमूह विश्लेषण अनुसार १३ उपसमूहमध्ये ६ उपसमूहको सूचकमा वृद्धि देखिएको छ भने ७ उपसमूहको सूचकमा सामान्य गिरावट आएको छ । जलविद्युत उपसमूहमा २% भन्दा बढी वृद्धि देखिँदा विकास बैंक उपसमूह १% माथि उकालो लागेको छ। त्यसको विपरित बैंकिङ, वित्त, जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहमा घटावट आएको छ।NEPSE Sees Green for the Eighth Consecutive Day, Investor Sentiment Remains High as Index Nears 3000 The Nepal Stock Exchange (NEPSE) has continued its bullish momentum for the eighth straight trading session, maintaining a positive uptrend since the beginning of the Nepali month of Shrawan. On Thursday, the NEPSE index rose by 3.76 points to close at 2,982.64. Despite the rise in the index, the total daily turnover slightly declined to NPR 18.49 billion from NPR 19.57 billion the previous day.


















