
विपत्तिको घडी : मुकदर्शक होइन, सहयोगी बनौंThe Hour of Crisis: A Time for Solidarity, Not Spectatorship
यतिबेला सरकार वा कसैलाई दोष दिएर पन्छिने वा सामाजिक सञ्जालमा मुकदर्शक बनेर बस्ने छुट कसैलाई छैन। समाजको असली परीक्षा यस्तै दुःखको घडीमा हुन्छ। विपद्मा परेकाहरूलाई लत्ताकपडा, खाद्यान्न, आर्थिक सहयोग, सही सूचना वा स्वयंसेवामार्फत सानै भए पनि आडभरोसा दिनु हरेक नागरिकको दायित्व हो। भ्रम र अफवाहबाट जोगिँदै विश्वसनीय संयन्त्रमार्फत सहायता पुर्याउनु अहिलेको आवश्यकता हो। देश रोइरहेका बेला एउटा साँचो नेपालीका रूपमा पीडितको आँसु पुछ्न र भत्केका बस्तीहरूमा फेरि आशा जगाउन सबैले आ-आफ्नो ठाउँबाट काँध थाप्न जरुरी छ।This is no time to play the blame game or remain passive spectators scrolling through social media. The true character of a society is tested in the crucible of such tragedies. It is the moral obligation of every citizen to offer a shoulder to lean on—whether through donations of food and clothing, financial aid, volunteer work, or simply disseminating verified information. Steering clear of rumors and utilizing reliable channels to deliver aid is the absolute need of the hour. While the nation bleeds, we must step forward as true citizens to wipe the tears of the victims and rekindle hope in the shattered communities.







