
निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब ७० करोड नाघ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमाNon-Life Insurance Premium Income Crosses Rs 31.70 Billion, Shikhar Insurance Leads the Market
काठमाडौं। नेपाल बीमा प्राधिकरण का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो। १४ कम्पनीमध्ये शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समग्र बीमा व्यवसायसँगै लघु निर्जीवन बीमामा पनि उल्लेख्य वृद्धि देखिएको छ।Kathmandu: According to the Nepal Insurance Authority, non-life insurance companies in Nepal earned more than Rs 31.70 billion in premiums by the end of Falgun in the current fiscal year 2082/83, an increase of 13.11 percent compared to the same period last year. Among the 14 companies, Shikhar Insurance ranked first, followed by Sagarmatha Lumbini Insurance and Himalayan Everest Insurance in second and third positions. The data also shows a notable rise in micro non-life insurance along with overall business growth.


















