
बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत, १२ सय मेगावाटको परियोजना निर्माण प्रक्रिया अघि बढ्दैCabinet Approves Investment Modality for 1,200 MW Budhigandaki Hydropower Project, Construction to Progress
काठमाडौँ । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै आयोजना निर्माण प्रक्रिया अघि बढेको छ। मुख्य निर्माण कार्य २०८४ पुसदेखि सुरु गर्ने योजना बनाइएको छ भने जग्गा अधिग्रहणको काम करिब पूरा भइसकेको छ। चालु आर्थिक वर्षमा ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ र आयोजना ३० प्रतिशत स्वपुँजी तथा ७० प्रतिशत ऋण लगानीमा निर्माण हुने छ।Kathmandu. The construction process of the 1,200 MW Budhigandaki Hydropower Project has moved forward after the Cabinet approved its investment modality. The main construction work is planned to begin from Poush 2084 (around January 2028), while land acquisition has almost been completed. The project will be developed with 30 percent equity and 70 percent loan investment, and Rs 460 million has been allocated in the current fiscal year budget.


















