
मंगलबार नेप्से परिसूचकमा वृद्धि, बजार २८५१ विन्दुमा बन्दNEPSE Index Gains on Tuesday, Market Closes at 2,851 Points
मंगलबार नेप्से परिसूचक १९.७० अंक बढेर २८५१.०९ विन्दुमा पुगेको छ। पछिल्ला दुई दिन घटेको बजार यस दिन उठेको हो। सेन्सेटिभ इण्डेक्स ३.२६ अंक, फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले बढेका छन्। कारोबार रकम घटेर ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किटमा पुगेका छन्। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर ८.९६ प्रतिशत घटेको छ। रिडी हाइड्रोपावर, अपि पावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार सबैभन्दा बढी भएको छ। १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ, उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.९४ प्रतिशतले बढेको छ। On Tuesday, the NEPSE index rose by 19.70 points to close at 2,851.09, reversing the decline of the past two trading days. The Sensitive Index increased by 3.26 points, the Float Index by 1.24 points, and the Sensitive Float Index by 1.02 points. Trading volume dropped to NPR 1.111 billion. Shares of Reliance Spinning Mills, Bhujung Hydropower, Super Khudi Hydropower, Rizline Energy, and Hotel Forest Inn hit their positive circuit limits. SuryaKund Hydro Electric gained 10%, while Saptakoshi Development Bank fell by 8.96%. Ridi Hydropower, API Power, and NRN Infrastructure & Development recorded the highest trading values. Out of 13 subgroups, 11 saw gains, with the Production & Processing subgroup increasing the most by 1.94%.


















