NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 94 / 232Next
    • शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफा
      Investor

      शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफाShivam Cement Posts 15-Fold Surge in Profit, Earns Rs 209.6 Million in First Quarter

      शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफा काठमाडौं — शिवम् सिमेन्टले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ। कम्पनीले पहिलो तीन महिनामा १५ गुणा बढी खुद नाफा निकालेको छ, जुन cement उद्योगमा हालका वर्षहरूमा देखिएको दुर्लभ वृद्धि मानिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १ करोड २७ लाख ९९ हजार रुपैयाँ थियो। तर यस वर्ष सोही अवधिमा नाफा उछालिँदै २० करोड ९६ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।Shivam Cement Posts 15-Fold Surge in Profit, Earns Rs 209.6 Million in First Quarter Kathmandu — Shivam Cement has recorded a remarkable jump in profitability in the first quarter of the current fiscal year. The company’s net profit increased 15 times compared to the same period last year, marking one of the strongest quarterly earnings performances in the cement industry in recent years. In the first quarter of the previous fiscal year, the company had posted a net profit of Rs 12.79 million. This year, however, net profit soared to Rs 209.6 million, according to the company’s published financial report.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • अमेरिकाले स्विस आयातमा लगाइने शुल्क घटायो, नयाँ व्यापारिक मोडेल अन्तर्गत सहमति
      Investor

      अमेरिकाले स्विस आयातमा लगाइने शुल्क घटायो, नयाँ व्यापारिक मोडेल अन्तर्गत सहमतिU.S. to Reduce Tariff on Swiss Imports from 39% to 15%, New Trade Framework Reached

      अमेरिकाले स्विस आयातमा लगाइने शुल्क घटायो, नयाँ व्यापारिक मोडेल अन्तर्गत सहमति काठमाडौं — संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्डबाट आउने आयातमा लगाइरहेको ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशतमा ल्याउने निर्णय गरेको छ। महिनौँ लामो संवाद र कूटनीतिक छलफलपछि शुक्रबार सार्वजनिक गरिएको ह्वाइट हाउसको वक्तव्यमा यस्तो सहमति भएको उल्लेख छ। अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबीच एउटा प्रारम्भिक व्यापारिक फ्रेमवर्क तयार भएको र यही ढाँचाअनुसार शुल्क समायोजन गरिएको ह्वाइट हाउसले स्पष्ट पारेको छ। नयाँ सहमतिअनुसार स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनका कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब २०० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन्। सो लगानीमध्ये ६७ अर्ब डलर २०२६ भित्रै प्रवाह गर्ने तयारी भएको अमेरिकी प्रशासनले जनाएको छ। दीर्घकालीन रूपमा विभिन्न उद्योग र नवप्रवर्तन क्षेत्रमा लगानी विस्तार हुने भएकाले यसले अमेरिकी बजारमा रोजगारी सिर्जनासमेत उल्लेख्य रूपमा बढाउने अपेक्षा गरिएको छ।U.S. to Reduce Tariff on Swiss Imports from 39% to 15%, New Trade Framework Reached Washington — The United States has agreed to cut the tariff on imports from Switzerland from the existing 39 percent down to 15 percent. The decision was made following several months of negotiations, according to a statement issued by the White House on Friday. The U.S., Switzerland, and Liechtenstein have reached an initial trade framework agreement that lays the foundation for revised tariff and investment arrangements. As part of the understanding, companies from Switzerland and Liechtenstein are expected to invest nearly USD 200 billion in the United States. Out of this, USD 67 billion will be invested by 2026, the White House said. The investment will be channeled into multiple industrial and strategic sectors, strengthening America’s long-term economic prospects.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • भारतीय आयलको दर समायोजनसँगै नेपालमा पेट्रोल–डिजेल महँगियो, आजदेखि लागू
      Investor

      भारतीय आयलको दर समायोजनसँगै नेपालमा पेट्रोल–डिजेल महँगियो, आजदेखि लागूPetrol and Diesel Prices Increased in Nepal After Revision by Indian Oil Corporation

      भारतीय आयलको दर समायोजनसँगै नेपालमा पेट्रोल–डिजेल महँगियो, आजदेखि लागू काठमाडौं — नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। भारतीय आयल कर्पोरेसन (IOC) ले नेपाललाई पठाउने नयाँ मूल्य बढाएपछि निगम सञ्चालक समितिको बैठक बसेर आज मध्यरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु २ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु ३ ले वृद्धि गरिएको छ। IOC ले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु २.५४ र डिजेलमा रु ६.५३ ले बढेकाले मूल्य समायोजन अपरिहार्य भएको निगमले स्पष्ट पारेको छ।Petrol and Diesel Prices Increased in Nepal After Revision by Indian Oil Corporation Kathmandu — Nepal Oil Corporation (NOC) has increased the prices of petrol, diesel, and kerosene following the latest price update from the Indian Oil Corporation (IOC). A meeting of the NOC board decided to implement the new rates from midnight today. According to the revised pricing, the corporation has hiked the price of diesel and kerosene by Rs 3 per liter and petrol by Rs 2 per liter. NOC stated that the adjustment was made after IOC sent new rates showing an increase of Rs 2.54 per liter in petrol and Rs 6.53 per liter in diesel.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारी
      Investor

      हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारीHimalayan Distillery and Siddhartha Bank Holding AGM Today, Dividend Proposals on the Table

      हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारी कार्तिक ३० गते, काठमाडौं — दुई महत्वपूर्ण सूचीकृत कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड आज आफ्नो वार्षिक साधारण सभा बसाउँदै छन्। दुवै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव अनुमोदन गर्नुपर्ने भएकाले सो बैठकलाई लगानीकर्ताले विशेष महत्व दिएका छन्।Himalayan Distillery and Siddhartha Bank Holding AGM Today, Dividend Proposals on the Table Kartik 30, Kathmandu — Two major listed companies, Himalayan Distillery Limited and Siddhartha Bank Limited, are holding their annual general meetings (AGM) today. Both companies are set to endorse their respective dividend proposals from the profit of fiscal year 2080/81, making the meetings highly significant for shareholders.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • मधेश प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न सकेनन्, समयसीमा सकिएको चार महिना बित्दा पनि उदासीनता
      Investor

      मधेश प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न सकेनन्, समयसीमा सकिएको चार महिना बित्दा पनि उदासीनता24 Local Levels in Madhesh Province Yet to Present Budget Even After Four Months of the Fiscal Year

      मधेश प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न सकेनन्, समयसीमा सकिएको चार महिना बित्दा पनि उदासीनता चालु आर्थिक वर्षको चार महिना पूरा भइसके पनि मधेश प्रदेशका २४ स्थानीय तहले अझै आफ्नो वार्षिक बजेट प्रस्तुत गर्न सकेका छैनन्। संवैधानिक रूपमा असार १० गतेभित्र सबै स्थानीय तहले बजेट पेस गर्नुपर्ने व्यवस्था छ। तर, देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म ७२८ स्थानीय तहले मात्र बजेट प्रस्तुत गरेका छन्, जबकि २५ स्थानीय तहले अझै आफ्नो आर्थिक योजना सार्वजनिक गर्न बाँकी छ। मधेश प्रदेशमा कूल १३६ स्थानीय तहमध्ये ११२ ले बजेट पेस गरिसकेका छन् भने २४ स्थानीय तहले भने समयमै बजेट ल्याउन असफल भएका छन्।24 Local Levels in Madhesh Province Yet to Present Budget Even After Four Months of the Fiscal Year Even after the completion of the first four months of the current fiscal year, 24 local levels in Madhesh Province have still not presented their annual budget. As per the constitutional provision, all local levels must present their budget by Ashar 10, yet many have failed to meet this mandatory deadline. Out of 753 local levels across the country, 728 have presented their budgets, while 25 local levels nationwide—including 24 from Madhesh Province—have not yet done so. In Madhesh Province, among the total 136 local levels, 112 have submitted their budgets, but 24 local units remain pending.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्यो
      Top

      सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्योGold and Silver Prices Decline Slightly After a Sharp Rise the Previous Day

      सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्यो बुधबार प्रतितोला ५ हजार ९ सय रुपैयाँले एकै दिनमा आकस्मिक वृद्धि भएको सुनको मूल्य शुक्रबार भने सीमित रुपमा मात्र घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ थियो। केही दिनअघि, असोज ३१ गते सुनले हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।Gold and Silver Prices Decline Slightly After a Sharp Rise the Previous Day Gold, which had surged by Rs. 5,900 per tola on Thursday, recorded only a modest correction on Friday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold today has been set at Rs. 249,700 per tola, down by Rs. 500 from the previous day’s price of Rs. 250,200. Earlier, on Asoj 31, gold had reached a record-high level of Rs. 258,000 per tola.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • दक्षिण कोरियाको ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सञ्चारमन्त्री खरेल : नेपालमा एआई विकासलाई दिनेछ नयाँ उर्जा
      Investor

      दक्षिण कोरियाको ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सञ्चारमन्त्री खरेल : नेपालमा एआई विकासलाई दिनेछ नयाँ उर्जाMinister Kharel Says Visit to Seoul’s AI Smart City Center Provides New Energy for AI Development in Nepal

      दक्षिण कोरियाको ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सञ्चारमन्त्री खरेल : नेपालमा एआई विकासलाई दिनेछ नयाँ उर्जा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा कृत्रिम बौद्धिकता (एआई) प्रवर्द्धनका लागि नयाँ उर्जा प्राप्त भएको बताएका छन्। ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि मन्त्री खरेलले एआई नेपाललाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ अघि लैजान महत्वपूर्ण सहयोगी उपकरण बन्ने विश्वास व्यक्त गरे।Minister Kharel Says Visit to Seoul’s AI Smart City Center Provides New Energy for AI Development in Nepal Minister for Communication and Information Technology, Jagadish Kharel, who is currently in Seoul to participate in the 11th Global ICT Leadership Forum, has said that the visit has provided fresh motivation and energy to advance Artificial Intelligence (AI) development in Nepal. After observing the Seoul AI Smart City Center, Minister Kharel noted that the Korean model of AI-driven urban development offers important insights for Nepal. He stated that AI will play a crucial role in steering the country toward prosperity through the effective use of information technology.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • सोलु हाइड्रोपावर मंसिर ७ देखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै
      Top

      सोलु हाइड्रोपावर मंसिर ७ देखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दैSolu Hydropower to Launch IPO from Mangsir 7 for Project-Affected Locals and Nepalis Abroad

      सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयरमध्ये १ करोड कित्ता स्थानीयका लागि र १० लाख कित्ता विदेशमा रहेका नेपालीका लागि प्रतिशेयर १०० रुपैयाँमा जारी गर्न लागेको हो। अत्यधिक प्रभावित वडाका स्थानीयलाई ४० प्रतिशत र अन्य वडाका स्थानीयलाई ६० प्रतिशत शेयर छुट्याइएको छ। न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयका लागि निष्काशन मंसिर २१ देखि पुस ७ सम्म र विदेशमा रहेका नेपालीका लागि मंसिर १० देखि मंसिर २१ सम्म खुला रहनेछ। ८२ मेगावाटको तल्लो सोलु आयोजना निर्माणरत कम्पनीलाई इन्फोमेरिक्सले आइआरएन डबल बी रेटिङ्ग दिएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड शेयर बिक्री प्रबन्धक रहेको छ।Solu Hydropower Limited is issuing its IPO from Mangsir 7 for project-affected local residents and Nepalis working abroad. The company will issue 20 million shares worth Rs. 2 billion, including 10 million shares for locals and 1 million shares for Nepalis abroad at a face value of Rs. 100 per share. Locals in highly affected wards will receive 40% of the allocation, while others will receive 60%. Applications can be submitted for 10 to 100,000 shares. The IPO for locals closes between Mangsir 21 and Poush 7, and for Nepalis abroad between Mangsir 10 and Mangsir 21. The company developing the 82 MW Lower Solu Hydropower Project has received an IRN Double B credit rating, indicating moderate risk. Nabil Investment Banking Limited is the issue manager.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • चिनियाँ रियल–स्टेट संकटले फेरि फेरि झट्का दिँदा एशियाली बैंक जोखिममा, १ अर्ब डलरभन्दा बढी ऋण डिफল्टको जोखिममा
      Investor

      चिनियाँ रियल–स्टेट संकटले फेरि फेरि झट्का दिँदा एशियाली बैंक जोखिममा, १ अर्ब डलरभन्दा बढी ऋण डिफল्टको जोखिममाOver $1 Billion in China Property-Backed Loans at Risk of Default, Putting Asian Banks on Alert

      चिनियाँ रियल–स्टेट संकटले फेरि फेरि झट्का दिँदा एशियाली बैंक जोखिममा, १ अर्ब डलरभन्दा बढी ऋण डिफল्टको जोखिममा चीनको रियल–स्टेट संकट पुनः तीव्र बन्दै जाँदा एशियाका बैंकहरू १ अर्ब डलरभन्दा बढी मूल्यका सम्पत्तिबन्दी ऋण (property-backed loans) डिफल्ट हुने जोखिममा परेका छन्। समयमै ऋणको अवधि थप्ने वा पुनःवित्त (refinancing) गर्न नसकिएमा ठूलो वित्तीय जोखिम उत्पन्न हुने सरोकारवालाहरूले चेतावनी दिएका छन्।Over $1 Billion in China Property-Backed Loans at Risk of Default, Putting Asian Banks on Alert Asian banks are facing fresh pressure as China’s deepening real estate crisis threatens more than $1 billion in property-backed loans with imminent default unless extension or refinancing deals are finalized.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च वृद्धि, बिक्री आम्दानीले दियो बलियो साथ
      Top

      कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च वृद्धि, बिक्री आम्दानीले दियो बलियो साथCoca-Cola Producers Bottlers Nepal See Strong Profit Growth in Both Companies

      कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च वृद्धि, बिक्री आम्दानीले दियो बलियो साथ नेपालमा कोकाकोला उत्पादन र वितरण गर्ने बोटलर्स नेपालका दुवै कम्पनी—बालाजु र तराई—ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेका छन्। सार्वजनिक भएका त्रैमासिक वित्तीय विवरणअनुसार दुवै प्लान्ट सम्बद्ध कम्पनीको नाफा गत वर्षको तुलनामा धेरै गुना बढेको छ।Coca-Cola Producers Bottlers Nepal See Strong Profit Growth in Both Companies Both companies under Bottlers Nepal, which manufacture and distribute Coca-Cola in Nepal, have reported significant profit growth in the first quarter of the current fiscal year. The financial statements published by the companies show a sharp rise in net profit compared to the same period last year. Bottlers Nepal Balaju: Profit Quadruples Bottlers Nepal Balaju recorded a net profit of Rs. 32 crore 16 lakh in the first quarter. In the same period last fiscal year, the company had earned only Rs. 8 crore 43 lakh, indicating a massive growth in profitability. The surge in profit is largely attributed to a substantial increase in sales revenue, which rose from Rs. 3 billion last year to Rs. 3 billion 69 crore this year. The company’s annual Earnings Per Share (EPS) has also jumped sharply to Rs. 608, compared to Rs. 158 previously. Its net worth per share stands at Rs. 3,350, and the company’s share price closed at Rs. 16,000 per share on Thursday.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • युनिलिभर नेपालको नाफा ४३% ले घट्यो, बिक्री आम्दानीमा आएको कमीले परिणाम प्रभावित
      Investor

      युनिलिभर नेपालको नाफा ४३% ले घट्यो, बिक्री आम्दानीमा आएको कमीले परिणाम प्रभावितUnilever Nepal’s Profit Drops by 43% as Sales Revenue Declines

      युनिलिभर नेपालको नाफा ४३% ले घट्यो, बिक्री आम्दानीमा आएको कमीले परिणाम प्रभावित युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ प्रतिशत नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा यस अवधिमा ३० करोड रुपैयाँ मा सीमित भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो। नाफामा आएको ठूलो गिरावटको प्रमुख कारण कम्पनीको बिक्री तथा सञ्चालन आम्दानीमा आएको कमी हो। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ आम्दानी भए पनि यस वर्ष सोही आम्दानी घटेर २ अर्ब रुपैयाँमा खुम्चिएको विवरणमा उल्लेख छ। यता, कम्पनीको कुल खर्च भने सामान्य रूपमा बढेको छ। गत वर्ष १ अर्ब ६३ करोड रुपैयाँ रहेको खर्च यो वर्ष बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। कच्चा पदार्थको लागत बढ्नु यस खर्च वृद्धि‍को मुख्य कारण मानिएको छ।Unilever Nepal’s Profit Drops by 43% as Sales Revenue Declines Unilever Nepal has reported a 43% decline in net profit in the first quarter of the current fiscal year. According to the company’s financial report, the net profit for the period stands at Rs. 30 crore, compared to Rs. 52 crore 69 lakh in the same quarter last fiscal year. The sharp decline in profit is primarily due to a drop in sales and operating income. The company’s revenue, which was Rs. 2.25 billion in the first quarter of last year, has contracted to Rs. 2 billion in the current review period. Meanwhile, the company’s total expenses have slightly increased. Total expenses rose from Rs. 1.63 billion last year to Rs. 1.66 billion this year, largely driven by the rising cost of raw materials.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर बाँडफाँट सम्पन्न — २६ लाख २४ हजार ६७६ कित्ता शेयर वितरण
      Investor

      नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर बाँडफाँट सम्पन्न — २६ लाख २४ हजार ६७६ कित्ता शेयर वितरणNarayani Development Bank Completes Allotment of 1:1 Right Shares — 2,624,676 Units Distributed

      नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर बाँडफाँट सम्पन्न — २६ लाख २४ हजार ६७६ कित्ता शेयर वितरण नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १:१ अनुपातमा जारी गरेको २६,२४,६७६ कित्ता हकप्रद शेयरको बाँडफाँट सम्पन्न भएको छ। बैंकले मिति २०७९/०५/०८ सम्म कायम रहेका आफ्ना साविक शेयरधनीहरूलाई प्रतिशेयर अंकित मूल्य रु. १०० दरमा बराबर अनुपातमा हकप्रद शेयर जारी गरेको थियो। निर्धारित समयभित्र विधिपूर्वक आवेदन दिने सबै योग्य आवेदकहरूको हकप्रद शेयर २०७९/०७/२५ गते बसेको बाँडफाँट समितिको बैठकले बाँडफाँट गरी निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिलाई सिफारिस गरेको थियो। उक्त सिफारिसलाई अनुसरण गर्दै कम्पनीको सञ्चालक समितिले २०७९/०७/२७ गते बाँडफाँटलाई औपचारिक स्वीकृति प्रदान गरेको बैंकले जनाएको छ।Narayani Development Bank Completes Allotment of 1:1 Right Shares — 2,624,676 Units Distributed Narayani Development Bank Limited has completed the allotment of its 1:1 right shares, distributing a total of 2,624,676 units to its existing shareholders. The right shares were issued at a par value of Rs. 100 per share to shareholders recorded up to 2082/05/08. According to the notice, the Right Share Allotment Committee conducted the allotment on 2082/07/25 for all eligible shareholders who submitted applications within the prescribed deadline. The committee then recommended the allotment decision to the company’s Board of Directors.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • फेडको ब्याजदर कटौतीबारे अनिश्चितता बढ्दै, तेल महँगिँदा विश्व बजार दबाबमा
      Investor

      फेडको ब्याजदर कटौतीबारे अनिश्चितता बढ्दै, तेल महँगिँदा विश्व बजार दबाबमाGlobal Markets Slip as Fed Rate-Cut Expectations Cool and Oil Prices Surge

      फेडको ब्याजदर कटौतीबारे अनिश्चितता बढ्दै, तेल महँगिँदा विश्व बजार दबाबमा फेडरल रिजर्भको संभावित ब्याजदर कटौतीबारे अनिश्चितता बढेपछि तथा प्रविधि क्षेत्रका सेयरहरूको उच्च मूल्यांकनले चिन्ता बढाएपछि एशियाली सेयर बजारमा लगातार चार दिनको वृद्धि रोकिँदै गिरावट आएको छ। शुक्रबार एशियाली बजार खुलेसँगै MSCI Asia Pacific Index १.२% ले घट्यो, जसमा विशेषगरी SK Hynix जस्ता चिप निर्माता कम्पनीका सेयरमा दबाब देखियो। फेड अधिकारीहरूले गरेको ताजा टिप्पणीले डिसेम्बर महिनामा ब्याजदर कटौती हुने सम्भावना कमजोर भएको संकेत दिएपछि लगानीकर्ताहरू सतर्क बनेका छन्।Global Markets Slip as Fed Rate-Cut Expectations Cool and Oil Prices Surge Asian stocks declined after four consecutive days of gains as growing uncertainty over potential Federal Reserve interest-rate cuts and stretched valuations in the technology sector weighed on investor sentiment. The MSCI Asia Pacific Index fell 1.2%, led by a drop in chipmakers such as SK Hynix Inc.. Recent comments from Federal Reserve officials have reduced the likelihood of a rate cut in December, prompting caution among global investors. Earlier in the week, markets had rallied on hopes that the end of the US government shutdown would allow key economic data releases to resume, improving visibility for traders. As a result, global equities were on track for their fourth weekly gain in five weeks. However, the renewed uncertainty surrounding Fed policy has injected fresh volatility into market sentiment.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • नागरिक लगानी कोषको पहिलो त्रैमासमा ४.४३% नाफा वृद्धि, लगानीमा उल्लेख्य विस्तार
      Investor

      नागरिक लगानी कोषको पहिलो त्रैमासमा ४.४३% नाफा वृद्धि, लगानीमा उल्लेख्य विस्तारCitizen Investment Trust Posts 4.43% Profit Growth in First Quarter, Investment Portfolio Expands Significantly

      नागरिक लगानी कोषको पहिलो त्रैमासमा ४.४३% नाफा वृद्धि, लगानीमा उल्लेख्य विस्तार नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कोषको नाफा ४.४३ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको यसै अवधिमा CIT को नाफा ३० करोड ९ लाख रुपैयाँ थियो। यद्यपि नाफामा वृद्धि भए पनि ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १८.८७% ले घटेर ९ करोड ७२ लाख रुपैयाँ मा झरेको छ। बैंक ब्याजदर घटेपछि कोषले मुद्दति निक्षेप तथा अन्य ब्याज आम्दानीबाट प्राप्त हुने रकममा कमी आएको जनाएको छ। तर, सेवा शुल्क तथा कमिशनबाट भएको आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ। चालु वर्षको असोज महिनासम्म कोषले ४२ करोड ७४ लाख रुपैयाँ सेवा शुल्क र कमिशन आम्दानी गरेको छ, जसले नाफा वृद्धिमा सहयोग पुर्‍याएको छ।Citizen Investment Trust Posts 4.43% Profit Growth in First Quarter, Investment Portfolio Expands Significantly The Citizen Investment Trust (CIT) has reported a net profit of Rs. 31 crore 43 lakh in the first quarter (Shrawan–Ashoj) of the current fiscal year 2082/83. Compared to the same period last year, the Trust’s profit has increased by 4.43%. In the corresponding quarter of the previous fiscal year, CIT had earned Rs. 30 crore 9 lakh in profit. Despite the rise in profit, the Trust’s interest income has declined sharply. During the review period, interest income dropped by 18.87% to Rs. 9 crore 72 lakh, mainly due to the decline in bank interest rates. The reduction in deposit rates significantly affected CIT’s income from fixed deposits and other interest-bearing investments. However, the Trust saw a strong rise in service charges and commission earnings. By the end of Ashoj, CIT generated Rs. 42 crore 74 lakh from service fees and commissions, which contributed positively to overall profit growth.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • समयमै काम नसक्ने १४ ठेकेदार र आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
      Investor

      समयमै काम नसक्ने १४ ठेकेदार र आपूर्तिकर्ता कम्पनी कालोसूचीमा14 Contractors and Suppliers Blacklisted for Failing to Complete Projects on Time

      समयमै काम नसक्ने १४ ठेकेदार र आपूर्तिकर्ता कम्पनी कालोसूचीमा सरकारले तोकिएको समयभित्र काम सम्पन्न गर्न असफल रहेका १४ ठेकेदार तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न कार्यालयहरूको सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो। अनुगमन कार्यालयका अनुसार ९ वटा कार्यालयका सिफारिस परेपछि औपचारिक रूपमा ती कम्पनीहरूलाई सार्वजनिक खरिद प्रक्रियाबाट निश्चित अवधि वञ्चित गरिने छ।14 Contractors and Suppliers Blacklisted for Failing to Complete Projects on Time The government has blacklisted 14 contractor and supplier companies for failing to complete their assigned projects within the stipulated time. The Public Procurement Monitoring Office (PPMO), under the Office of the Prime Minister and Council of Ministers, issued a notice on Friday stating that these companies were blacklisted based on recommendations from nine different offices. According to the PPMO, the companies will be barred from participating in public procurement processes for a specified period as a result of their poor performance and inability to meet contractual deadlines.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा ४.९४% नाफा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो
      Investor

      नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा ४.९४% नाफा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्योNepal Life Insurance Reports 4.94% Profit Growth in First Quarter, But EPS Declines

      नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा ४.९४% नाफा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ४.९४ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २० करोड ५४ लाख रुपैयाँ थियो। यस वर्ष बीमाशुल्क आर्जनमा उल्लेख्य सुधारसँगै नाफामा पनि बृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १३.१८% ले बढेको छ भने कुल आम्दानी २.१५% ले वृद्धि भएको विवरणमा उल्लेख छ।Nepal Life Insurance Reports 4.94% Profit Growth in First Quarter, But EPS Declines Nepal Life Insurance Limited has recorded a total profit of Rs. 21 crore 55 lakh in the first quarter of the current fiscal year. According to the quarterly financial report released by the company on Friday, the profit has increased by 4.94% compared to the same period of the previous fiscal year. In the corresponding period last year, the company had earned a profit of Rs. 20 crore 54 lakh. The rise in profit this year is mainly supported by an improvement in premium income. During the review period, the company’s net premium earnings increased by 13.18%, while its total income rose by 2.15%, reflecting moderate business growth.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • सोलु हाईड्रोपावर लिमिटेडले मंसिर ७ देखि आईपीओ निष्कासन गर्दै
      Investor

      सोलु हाईड्रोपावर लिमिटेडले मंसिर ७ देखि आईपीओ निष्कासन गर्दैSolu Hydropower Limited to Issue IPO from November 22 (Mangsir 7)

      सोलु हाईड्रोपावर लिमिटेडले मंसिर ७ देखि आईपीओ निष्कासन गर्दै सोलु हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी मंसिर ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयर निष्कासन अनुमतिपत्र प्राप्त गरिसकेको छ। पहिलो चरणमा कम्पनीले कुल १ करोड १० लाख कित्ता शेयर जारी गर्न लागिरहेको छ। जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टै रूपमा राखिएको छ। बाँकी १० लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ, जसमा श्रम स्वीकृति प्राप्त गरेका आवेदकहरूले सहभागी हुन सक्नेछन्।Solu Hydropower Limited to Issue IPO from November 22 (Mangsir 7) Solu Hydropower Limited is set to issue its first phase of Initial Public Offering (IPO) for project-affected locals and Nepali citizens working abroad starting from Mangsir 7. The company had received approval from the Securities Board of Nepal (SEBON) on Kartik 24 to issue 20 million ordinary shares worth Rs. 2 billion at a par value of Rs. 100 per share. In the first phase, the company will issue a total of 11 million shares. Out of these, 10 million shares have been allocated exclusively for the project-affected residents of the Solu region. Additionally, 1 million shares (10%) have been reserved for Nepali citizens working abroad who hold a valid labor permit from the Government of Nepal.

      NEPSE TRADING·14 Nov, 2025·2 min read
    • नेप्से साता अन्त्यमा हल्का हरियो, तर बजारको आधार अझै कमजोर
      Investor

      नेप्से साता अन्त्यमा हल्का हरियो, तर बजारको आधार अझै कमजोरNEPSE Ends the Week Slightly Positive, But Market Foundation Remains Weak

      नेप्से साता अन्त्यमा हल्का हरियो, तर बजारको आधार अझै कमजोर काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक हल्का हरियो भएको छ । आज नेप्से १.१३ अंकले बढ्दै २,५४५ विन्दुमा बन्द भएको हो । दिनभर बजारमा तीव्र उतार–चढाव रह्यो । बिहानको कारोबारमा परिसूचक २,५३० विन्दुसम्म झर्दा बजार दबाबमा थियो भने दिउँसो २ः०६ बजे २,५५९ विन्दुसम्म पुगेर दिनको उच्च बिन्दु छुन सफल भयो । यद्यपि, अन्त्यमा बजारले दिगो सुधार कायम राख्न सकेन ।NEPSE Ends the Week Slightly Positive, But Market Foundation Remains Weak Kathmandu — The Nepal Stock Exchange (NEPSE) closed slightly in the green on the final trading day of the week. The index rose by 1.13 points, settling at 2,545 points. Despite the mild uptick, the market remained volatile throughout the session. Around 12:31 p.m., NEPSE dipped to 2,530 points, facing selling pressure, before rebounding to 2,559 points at 2:06 p.m.—the intraday high. However, the market failed to sustain this momentum by the end of the day.

      NEPSE TRADING·13 Nov, 2025·2 min read
    • नेपाली बजारमा सुन एकैदिन ५,९०० र चाँदी १७० रुपैयाँले बढ्यो
      Investor

      नेपाली बजारमा सुन एकैदिन ५,९०० र चाँदी १७० रुपैयाँले बढ्योGold and Silver Prices Surge Sharply in the Nepali Market on Kartik 27

      नेपाली बजारमा सुन एकैदिन ५,९०० र चाँदी १७० रुपैयाँले बढ्यो काठमाडौं । नेपाली बजारमा कात्तिक २७ गते, बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला ५ हजार ९०० रुपैयाँले बढेर २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ। बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो। एकैदिनमा सुनको मूल्यमा देखिएको यो उछाल पछिल्ला केही दिनयताको स्थिर मूल्य प्रवृत्तिबाट ठूलो परिवर्तनका रूपमा लिइएको छ।Gold and Silver Prices Surge Sharply in the Nepali Market on Kartik 27 Kathmandu — The prices of gold and silver saw a significant rise in the Nepali market on Thursday, Kartik 27. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold increased by Rs. 5,900 per tola, reaching Rs. 250,200 per tola. On Wednesday, hallmark gold was traded at Rs. 244,300 per tola, meaning the yellow metal witnessed a sharp single-day jump.

      NEPSE TRADING·13 Nov, 2025·1 min read
    • गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा आज पोखरामा
      Investor

      गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा आज पोखरामाGarima Bikas Bank Holds 19th Annual General Meeting in Pokhara Today

      गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा आज पोखरामा पोखरा । लाभांश पारित गर्नका लागि गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभा आज कात्तिक २७ गते, बिहीबार पोखराको होटल पोखरा ग्राण्ड, बिरौटामा बिहान ११ बजे सुरु हुने भएको छ। सभाले हाल कायम चुक्ता पूँजीमा आधारित रही ६ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसका साथै, सभामा बैंकको रजिष्टर्ड काGarima Bikas Bank Holds 19th Annual General Meeting in Pokhara Today Pokhara — Garima Bikas Bank Limited is holding its 19th Annual General Meeting (AGM) today, Thursday, 27th Kartik, at Hotel Pokhara Grand, Birauta, Pokhara, starting at 11 a.m. The AGM will endorse a proposal to distribute a 6% bonus share and an additional 4.53% cash dividend for tax purposes, based on the bank’s current paid-up capital.

      NEPSE TRADING·13 Nov, 2025·1 min read