
पश्चिम एसियाको तनावले नेपाल पर्यटनमा असर, नेपाल पर्यटन बोर्ड वैकल्पिक रुट र नयाँ बजार खोज्दै West Asia Tensions Impact Nepal Tourism; Nepal Tourism Board Seeks Alternative Routes and New Markets
पश्चिम एसियामा बढ्दो सैन्य तनावका कारण नेपाल आउने विदेशी पर्यटकको आगमन प्रभावित हुन थालेपछि नेपाल पर्यटन बोर्ड ले वैकल्पिक रणनीति अघि सारेको छ। बोर्डका सीईओ दीपकराज जोशी का अनुसार दुबई र दोहा जस्ता प्रमुख ट्रान्जिट रुट प्रभावित भएपछि इस्तानबुल, भारत, हङकङ, चीन र दक्षिणपूर्वी एसियाका सहरहरूलाई वैकल्पिक मार्गका रूपमा प्रवर्द्धन गरिँदैछ। बोर्डले बजार विविधीकरण, ‘रि–रुटिङ’ योजना र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग समन्वय गर्दै २०२६ मा पर्यटक आगमन २०–२५ प्रतिशतले बढाउने लक्ष्य राखेको जनाएको छ। Due to rising military tensions in West Asia, tourist arrivals to Nepal have started to be affected, prompting the Nepal Tourism Board to introduce alternative strategies. CEO Deepak Raj Joshi said major transit routes like Dubai and Doha have been impacted, so alternative routes through Istanbul, India, Hong Kong, China, and Southeast Asia are being promoted. The board is focusing on market diversification and re-routing plans, with a target to increase tourist arrivals by 20–25 percent in 2026.


















