
ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड, प्रतिशेयर आम्दानीमा सुधारGlobal IME Bank Posts NPR 3.25 Billion Net Profit in Q2; EPS Climbs to NPR 17.06
ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड, प्रतिशेयर आम्दानीमा सुधार काठमाडौं – मुलुककै ठूलो चुक्ता पूँजी भएको ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो नाफामा वृद्धि भएको जनाएको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवैमा उत्साहजनक सुधार देखिएको हो। बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो।Global IME Bank Posts NPR 3.25 Billion Net Profit in Q2; EPS Climbs to NPR 17.06 KATHMANDU – Global IME Bank Limited (GBIME), the country’s largest lender by paid-up capital, has reported a steady growth in its bottom line for the second quarter of the current fiscal year. According to the unaudited financial statement released today, the bank’s net profit and Earnings Per Share (EPS) have both seen a moderate uptick compared to the same period last year. The bank clocked a net profit of NPR 3.25 billion during the first six months of the fiscal year, marking a 6.50% increase from the NPR 3.05 billion recorded in the previous year's second quarter.


















