
गभर्नर नियुक्तिको सहमतिपछि सेयर बजारमा उत्साह, नेप्से २६७७ अंकमा पुग्योNepal Stock Market Surges After Governor Appointment Consensus, NEPSE Reaches 2677
गभर्नर नियुक्तिको सहमतिपछि सेयर बजारमा उत्साह, नेप्से २६७७ अंकमा पुग्यो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तारुढ दलहरूबीच सहमति भएको खबरले मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। मन्त्रिपरिषद्को साँझ ५ बजे बस्ने बैठकमा गभर्नर नियुक्तिको निर्णय हुने अपेक्षासँगै लगानीकर्ताहरूमा उत्साह छाएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४९.०९ अंक (१.८६%) ले उकालो लागेर २६७७ अंकमा उभिएको छ। यद्यपि, बजारको वृद्धिसँगै कारोबार रकम भने केही खुम्चिएको छ। सोमबार ७ अर्ब ३५ करोडको कारोबार भएकोमा मंगलबार ७ अर्ब ३१ करोडमा सीमित भएको छ। कुल २२९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १५ कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रहेको छ। सबै सेक्टरका सूचकहरू हरियाली बनेका छन्। विशेषगरी होटल तथा पर्यटन क्षेत्र ३.४२% ले सबैभन्दा धेरै उकालो लागेको छ। त्यसैगरी, बैंकिङ १.९१%, विकास बैंक २.९५%, फाइनान्स २.४४%, हाइड्रोपावर २.४५%, लगानी २.३३%, जीवन बीमा १.३२%, उत्पादन १.८९%, माइक्रोफाइनान्स १.१३%, निर्जीवन बीमा १.७४%, अन्य ०.८४% र व्यापार समूह १.४९% ले बढेका छन्।Nepal Stock Market Surges After Governor Appointment Consensus, NEPSE Reaches 2677 The Nepal stock market witnessed a significant rally on Tuesday following news of a consensus among major ruling coalition parties on the appointment of the Nepal Rastra Bank governor. The anticipation of the decision, expected to be finalized in the Council of Ministers meeting at 5 PM, has sparked optimism among investors. The Nepal Stock Exchange (NEPSE) index climbed 49.09 points (1.86%) to settle at 2677 points. However, despite the rise in the index, trading volume saw a slight decline. Compared to Monday’s turnover of NPR 7.35 billion, Tuesday recorded NPR 7.31 billion in transactions.


















