
विपद्पछिको बस्ती विकास: ‘राहत बाँड्ने परिपाटी छाडेर सार्वजनिक–निजी साझेदारीमा एकीकृत आवास’Beyond Relief: Stakeholders Advocate Public-Private Partnerships for Resilient Post-Disaster Housing
ख्वप इन्जिनियरिङ कलेजकी आर्किटेक्ट प्रमिला शिल्पकारले सहजीकरण गरेको उक्त प्यानल छलफलले विपद् व्यवस्थापनलाई सहरी विकासको अभिन्न अंग बनाउनुपर्ने सन्देश दिएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, महासंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भदौ ३१ गते सुरु भएको यो एक्स्पो असोज ४ गतेसम्म चल्नेछ, जहाँ निर्माण प्रविधि, आवास र पूर्वाधारसँग सम्बन्धित नवीन अभ्यासहरू प्रदर्शनमा राखिएका छन्।Facilitated by Architect Pramila Shilpakar from Khwopa Engineering College, the discourse sent a clear message: disaster management must become an inseparable core of urban development. The expo, jointly organized by the Nepal Land and Housing Developers Association, its federation, and the Nepal Chamber of Commerce, began on mid-September and showcases innovative construction technologies, housing solutions, and infrastructure practices.












