NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 149 / 196Next
    • शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत, चालु आर्थिक वर्षमा उल्लेख्य भौतिक उपलब्धि
      Top

      शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत, चालु आर्थिक वर्षमा उल्लेख्य भौतिक उपलब्धिMinistry of Urban Development Reports 17.93% Financial Progress in FY 2081/82

      शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत, चालु आर्थिक वर्षमा उल्लेख्य भौतिक उपलब्धि शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाखमध्ये हालसम्म १२ अर्ब २४ करोड ३ लाख ८७ हजार (१७.९३ प्रतिशत) खर्च भएको जनाएको छ। संघीयतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार विनियोजन भएकोमा चालुतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगततर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको छ। हालसम्म चालुतर्फ २५.२३ प्रतिशत र पूँजीगततर्फ १७.४३ प्रतिशत खर्च भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण मैनालीले जानकारी दिए।Ministry of Urban Development Reports 17.93% Financial Progress in FY 2081/82 The Ministry of Urban Development unveiled its financial progress report for the current fiscal year 2081/82 (2024/25) during a press conference on Tuesday. Out of a total budget of Rs 91.35 billion, the ministry has spent Rs 12.24 billion (17.93%) so far. For federal programs, Rs 68.25 billion was allocated, including Rs 4.42 billion for recurrent expenses and Rs 63.83 billion for capital expenditure. As of now, 25.23% of recurrent and 17.43% of capital budgets have been utilized, according to ministry spokesperson Narayan Mainali.

      NEPSE trading·18 Mar, 2025·2 min read
    • सरकारले जनप्रतिनिधि र कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गराउने
      Investor

      सरकारले जनप्रतिनिधि र कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गराउनेGovernment to Mandate Health Insurance for Public Representatives and Employees

      सरकारले जनप्रतिनिधि र कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गराउने सरकारले सबै जनप्रतिनिधि र सरकारी कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन २०८१ को कार्ययोजनाअनुसार आगामी एक वर्षभित्र यो व्यवस्था लागू हुनेछ। कार्ययोजनाअनुसार राज्य कोषबाट तलबभत्ता लिने जनप्रतिनिधि र कर्मचारीको तलबबाट १% कट्टा गरी सोही बराबर रकम सरकार वा रोजगारदाताले थपेर बीमा कोषमा जम्मा गरिनेछ। आगामी ६ महिनादेखि १ वर्षभित्र निजी क्षेत्र, अनौपचारिक क्षेत्र र विदेशी पर्यटकका लागि बीमा प्याकेज बनाइनेछ। ६ महिनाभित्र दर्ता र नवीकरण अनलाइनबाट हुने, दोहोरोपन हटाइने र बीमितको सुविधा अर्को वर्ष स्थानान्तरण हुने व्यवस्था गरिनेछ।Government to Mandate Health Insurance for Public Representatives and Employees The government has decided to make health insurance mandatory for all public representatives and government employees. According to the implementation plan of the Health Insurance Reform Task Force Report 2081, submitted by a task force formed by the Ministry of Health and Population, this will be enforced within the next year.

      NEPSE trading·18 Mar, 2025·1 min read
    • क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता शेयर
      Investor

      क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता शेयरCrest Micro Life Insurance IPO Allotted, 184,500 Applicants Receive 10 Shares Each

      क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता शेयर क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आज (चैत ५ गते) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। उक्त आइपीओमा १९ लाख ६५ हजार ८११ वटा आवेदनमार्फत २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयरका लागि माग भएको थियो। बिक्री प्रबन्धकका अनुसार १० हजार १२६ वटा आवेदन रद्द भएका थिए भने कुल १९ लाख ५५ हजार ६८५ वटा सदर आवेदनलाई गोलप्रथाद्वारा शेयर बाँडफाँड गरिएको हो। यस प्रक्रियामा १७ लाख ७१ हजार १८५ जना आवेदकको हात खाली भएको छ।Crest Micro Life Insurance IPO Allotted, 184,500 Applicants Receive 10 Shares Each The Initial Public Offering (IPO) of Crest Micro Life Insurance Company Limited was allotted today (March 19). According to the issue manager, NMB Ace Capital, 184,500 applicants have been allotted 10 shares each. The company had issued 1,845,000 shares worth Rs 184.5 million at Rs 100 per share to the general public from February 22 to February 26. A total of 1,965,811 applications were received, requesting 22,739,650 shares. NMB Ace Capital reported that 10,126 applications were rejected, and the remaining 1,955,685 valid applicants were allotted shares through a lottery system. As a result, 1,771,185 applicants did not receive any shares.

      NEPSE trading·18 Mar, 2025·1 min read
    • नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७५ हजार २०० पुग्यो
      Investor

      नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७५ हजार २०० पुग्योGold Price in Nepali Market Sets New Record, Reaches Rs 175,200 Per Tola

      नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७५ हजार २०० पुग्यो नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाउँदा प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सो दिनको उचाइलाई पार गर्दै मंगलबार सुनको मूल्यले नयाँ उचाइ हासिल गरेको छ।Gold Price in Nepali Market Sets New Record, Reaches Rs 175,200 Per Tola The price of gold in the Nepali market has soared to a new record high. On Tuesday, the price of gold surged by Rs 1,100 per tola, marking the highest level to date. According to the Nepal Gold and Silver Traders' Association, hallmarked gold is being traded at Rs 175,200 per tola on Tuesday. In Monday's market, hallmarked gold was traded at Rs 174,100 per tola. Prior to this, the previous record was set on Friday, March 14, when gold reached Rs 174,500 per tola. Tuesday’s surge has surpassed that peak, establishing a new high for gold prices.

      NEPSE trading·18 Mar, 2025·1 min read
    • एनएमबि बैंकद्वारा ग्रीन सेभिङ्स डिपोजिट योजना सुरु, वातावरण संरक्षणमा नयाँ पहल
      Investor

      एनएमबि बैंकद्वारा ग्रीन सेभिङ्स डिपोजिट योजना सुरु, वातावरण संरक्षणमा नयाँ पहलNMB Bank Launches Green Savings Deposit Scheme, A New Initiative for Environmental Conservation

      एनएमबि बैंकद्वारा ग्रीन सेभिङ्स डिपोजिट योजना सुरु, वातावरण संरक्षणमा नयाँ पहल एनएमबि बैंकले वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले "ग्रीन सेभिङ्स डिपोजिट" (हरित बचत खाता) नामक नवीन बचत खाता योजना सार्वजनिक गरेको छ। यो योजनाले व्यक्ति र संस्थाहरूलाई पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउन सहयोग गर्ने बैंकको दाबी छ। बैंकका अनुसार, यो खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिको संरक्षण गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ। ग्राहकहरूले यस खाताबाट आफ्नो लगानीमा आकर्षक प्रतिफल प्राप्त गर्नुका साथै हरित ऋणहरूमा विशेष छुटको सुविधा पनि पाउन सक्नेछन्।NMB Bank Launches Green Savings Deposit Scheme, A New Initiative for Environmental Conservation NMB Bank has introduced an innovative savings account scheme called the "Green Savings Deposit" aimed at promoting environmental conservation. The bank claims that this scheme will help individuals and institutions play a significant role in protecting the environment.

      NEPSE trading·18 Mar, 2025·1 min read
    • नेप्से : प्यानिक सेलरको संख्या कम हुँदै, विश्लेषक अझै भन्छन् : बजार बुल रन मै छ
      Investor

      नेप्से : प्यानिक सेलरको संख्या कम हुँदै, विश्लेषक अझै भन्छन् : बजार बुल रन मै छ Analysts still say: The market is in a bull run. When will the governor leave?

      नेप्से : प्यानिक सेलरको संख्या कम हुँदै, विश्लेषक अझै भन्छन् : बजार बुल रन मै छ ।। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार २१.६३ अंकले घटेर २७१४.८४ विन्दुमा बन्द भएको बजारले सोमबार पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो । यस दिन नेप्से परिसूचक १०.१४ अंकले झरेर २७०४.७० विन्दुमा पुगेको छ । यो गिरावटले लगानीकर्ताहरूमा चिन्ता बढाएको छ भने बजारको गतिशीलतामाथि प्रश्न उठ्न थालेको छ ।When will the market rise? The tension continues. Has panic selling stopped? Analysts still say: The market is in a bull run. When will the governor leave? Has panic selling stopped? The stock market continues to decline, with experts suggesting it might go sideways for a few days. The number of panic sellers is decreasing, yet analysts insist the market is still in a bull run.

      NEPSE trading ·17 Mar, 2025·2 min read
    • ठूला जलविद्युत् आयोजनालाई दुई वर्ष थप : वित्तीय व्यवस्थापनमा राहत
      Investor

      ठूला जलविद्युत् आयोजनालाई दुई वर्ष थप : वित्तीय व्यवस्थापनमा राहतTwo-Year Extension for Large Hydropower Projects: Financial Relief

      सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप्ने निर्णय गरेको छ। विद्युत् विकास विभागले निर्देशिका, २०७५ संशोधन गरी १०० मेगावाटभन्दा माथिका आयोजनालाई यो सुविधा दिएको हो। विद्युत् खरिद सम्झौतामा हुने ढिलाइ र ठूला आयोजनाको जटिल वित्तीय प्रक्रियालाई मध्यनजर गर्दै यो कदम चालिएको महानिर्देशक सिंहले बताए। उद्योग दर्ताको आशयपत्रबाटै अनुमतिपत्र संशोधन गर्न सकिने व्यवस्थाले प्रवद्र्धकहरूलाई थप सहज हुने अपेक्षा छ।The government has decided to grant a two-year extension for the financial management of large hydropower projects. The Department of Electricity Development amended the 2075 BS directive, offering this relief to projects exceeding 100 MW. Director General Singh stated that this addresses delays in power purchase agreements and the complex financial processes of large projects. The provision to amend licenses with an industrial registration intent letter is expected to ease promoters’ efforts.

      Nepse trading·17 Mar, 2025·1 min read
    • मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, चैत्र २३ गते विशेष साधारण सभा
      Investor

      मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, चैत्र २३ गते विशेष साधारण सभाMedicare Hospital to Issue IPO, Calls Special General Meeting

      मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, चैत्र २३ गते विशेष साधारण सभा चाबहिलमा रहेको मेडिकेयर हस्पिटलले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। उक्त सभा चैत्र २३ गते आयोजना हुने कम्पनीले जनाएको छ।Medicare Hospital to Issue IPO, Calls Special General Meeting on March 23 Medicare Hospital, located in Chabahil, has announced plans to issue an Initial Public Offering (IPO) to the public. The company has called a special general meeting to approve the IPO issuance proposal, scheduled for March 23, 2025.

      NEPSE trading ·17 Mar, 2025·1 min read
    • ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोल
      Investor

      ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोलHigh Demand for Treasury Bills, NPR 18.3 Billion Up for Auction Today

      ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोल पछिल्लो समय बैंकहरूमा प्रशस्त तरलता रहेकाले सरकारले जारी गर्ने ट्रेजरी बिल खरिदमा उच्च प्रतिस्पर्धा देखिएको छ। कर्जा लगानी गर्न नसकेपछि बैंकहरूले आन्तरिक ऋण उठाउन जारी गरिएको ट्रेजरी बिलमा लगानी बढाएका छन्, जसले डिस्काउन्ट रेट घटेर ३ प्रतिशतभन्दा तल झरेको छ।High Demand for Treasury Bills, NPR 18.3 Billion Up for Auction Today With banks flush with liquidity in recent times, there has been intense competition to purchase treasury bills issued by the government to raise internal debt. Unable to expand loan portfolios, banks have turned to treasury bills, driving discount rates below 3 percent.

      NEPSE trading ·17 Mar, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
      Investor

      नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्नेNepal Rastra Bank to Invest NPR 1.15 Billion in Fixed Deposits

      नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने काठमाडौं, चैत २, २०८१ – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले यसका लागि बैंकहरूसँग ब्याजदर प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा ९२ करोड, राष्ट्रियस्तरका विकास बैंकहरूमा १७ करोड २५ लाख र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गरिनेछ। यो निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूले चैत ५ गते साँझ ७ बजेसम्म आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्। लगानी अवधि ३६६ दिनको हुने र यो चैत १० गतेदेखि सुरु भई आगामी चैत ९ गतेसम्म कायम रहने राष्ट्र बैंकले जनाएको छ।Nepal Rastra Bank to Invest NPR 1.15 Billion in Fixed Deposits Nepal Rastra Bank (NRB) has announced plans to invest NPR 1.15 billion from its gratuity and pension fund as fixed deposits in banks and financial institutions. The central bank has invited proposals from banks regarding interest rates for this investment. According to NRB, NPR 920 million will be allocated to commercial banks, NPR 172.5 million to national-level development banks, and NPR 57.5 million to finance companies. Banks and financial institutions can submit their interest rate proposals until 7 PM on March 19, 2025. The investment, spanning 366 days, will commence on March 24, 2025, and continue until March 23, 2026, as per the central bank’s statement.

      NEPSE trading ·17 Mar, 2025·1 min read
    • एनआईसी एसिया बैंकको १४ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा
      Stock

      एनआईसी एसिया बैंकको १४ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमाOver 1.4 Million Shares Up for Sale Of NIC Asia Bank

      एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ८८४ कित्ता सेयर बिक्रीमा राखेको छ। यो लिलामी आज चैत ३ गतेबाट सुरु भएको हो। बिक्रीमा राखिएको सेयरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता समावेश छ। यी सेयरको न्यूनतम मूल्य क्रमशः १०५, ५४०, २६९, १५९ र ६९६ रुपैयाँ तोकिएको छ।NIC Asia Bank has put 1,446,884 shares of five companies under its ownership up for sale, starting from March 3 (Chaitra 3). The shares include 1 million units of Nepal Infrastructure Bank (NIFRA), 287,842 units of Jeevan Bikas Laghubitta, 59,060 units of Suryodaya Womi Laghubitta, 50,000 units of Suryajyoti Life Insurance, and 50,000 units of Citizens Investment Trust. The minimum prices set for these shares are NPR 105, NPR 540, NPR 269, NPR 159, and NPR 696 per share, respectively.

      Nepse trading·16 Mar, 2025·1 min read
    • कसले सिफारिस गर्छ नयाँ गभर्नरको नाम ?
      Investor

      कसले सिफारिस गर्छ नयाँ गभर्नरको नाम ? Three-Member Committee Formed to Recommend 18th NRB Governor

      कसले सिफारिस गर्छ नयाँ गभर्नरको नाम ? सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नर नियुक्तिअघि यस्तो समिति बनाउनुपर्छ। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल चैत २४ गते सकिँदैछ। २०७६ चैत २५ देखि कार्यभार सम्हालेका उनको कार्यकाल सकिन एक महिना बाँकी छँदै समिति गठन भएको हो। ऐनअनुसार समितिले एक डेपुटी गभर्नर सिफारिस गर्नुपर्ने हुन्छ। हालका दुई डेपुटी गभर्नरसहित राष्ट्र बैंकका पूर्वनिर्देशक, पूर्वप्रशासक र बहालवाला प्रमुख कार्यकारी अधिकृतहरू गभर्नरको आकांक्षीका रूपमा देखिएका छन्। समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ।Three-Member Committee Formed to Recommend 18th NRB Governor The government has formed a three-member committee to recommend the 18th Governor of Nepal Rastra Bank (NRB). Chaired by Finance Minister Bishnu Prasad Paudel, the committee includes former NRB Governor Bijayanath Bhattarai and economist Dr. Bishwa Paudel. As per the Nepal Rastra Bank Act, 2058, the Council of Ministers must form such a committee before appointing a governor.

      NEPSE trading ·16 Mar, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा ‘वासेल ३’ कार्यान्वयनको तयारी
      Investor

      नेपाल राष्ट्र बैंकद्वारा ‘वासेल ३’ कार्यान्वयनको तयारीNepal Rastra Bank Prepares to Implement Basel

      नेपाल राष्ट्र बैंकद्वारा ‘वासेल ३’ कार्यान्वयनको तयारी नेपाल राष्ट्र बैंकले ‘वासेल ३’ फ्रेमवर्क पूर्ण कार्यान्वयनको तयारी गरेको छ। चालु मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘वासेल फ्रेमवर्क अन लिक्विडिटी स्टाण्डर्ड’ सार्वजनिक गरी सुझाव मागेको छ। यसले तरलता सुनिश्चित गर्न लिक्विडिटी कभरेज रेसियो (एलसीआर) मार्फत ३० दिनको नगद व्यवस्थापन र उच्च गुणस्तरको तरल सम्पत्ति (एचक्वयुएलए) कायम गर्नुपर्ने व्यवस्था गरेको छ। वाणिज्य बैंकहरूले सरकारी ऋणपत्र, निक्षेपलगायतबाट तरलता व्यवस्थापन गर्न सक्नेछन्। २०८२ असारदेखि वित्तीय विवरणमा प्रकाशन गर्नुपर्ने र २०८५ सम्म पूर्ण कार्यान्वयन गर्ने लक्ष्य छ।Nepal Rastra Bank Prepares to Implement Basel III Nepal Rastra Bank (NRB) is advancing the full implementation of the Basel III framework. As per the current monetary policy, the Bank and Financial Institution Regulation Department has released the ‘Basel Framework on Liquidity Standards’ for feedback. It ensures liquidity through the Liquidity Coverage Ratio (LCR), mandating high-quality liquid assets (HQLA) to cover 30 days of cash outflows. Commercial banks can manage liquidity using government bonds and deposits. Reporting began in 2024, with financial statement publication required from July 2025. Full implementation is targeted by 2028.

      NEPSE trading ·16 Mar, 2025·<1 min read
    • आइएमएफले नेपालको पाँचौँ समीक्षा पूरा, ५ अर्ब ८१ करोड निकासा गर्ने
      Investor

      आइएमएफले नेपालको पाँचौँ समीक्षा पूरा, ५ अर्ब ८१ करोड निकासा गर्नेIMF Completes Fifth Review, to Disburse NPR 5.81 Billion to Nepal

      आइएमएफले नेपालको पाँचौँ समीक्षा पूरा, ५ अर्ब ८१ करोड निकासा गर्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई दिएको विस्तारित कर्जा सुविधा (ईसीएफ) को पाँचौँ समीक्षा सम्पन्न गरेको छ। समीक्षापछि आइएमएफले नेपाललाई करिब ५ अर्ब ८१ करोड रुपैयाँ (४ करोड १८ लाख अमेरिकी डलर) निकासा गर्ने भएको छ। आइएमएफका अनुसार, राजनीतिक अस्थिरता र गत असोजको बाढीका बाबजुद नेपालले उल्लेखनीय प्रगति गरेको छ। पुँजीगत खर्च वृद्धि, बाढीपछिको पुनर्निर्माण, लचिलो मौद्रिक नीति र जलविद्युत् उत्पादनले आर्थिक वृद्धिलाई टेवा पुग्ने जनाइएको छ।IMF Completes Fifth Review, to Disburse NPR 5.81 Billion to Nepal The International Monetary Fund (IMF) has completed the fifth review of Nepal’s Extended Credit Facility (ECF), paving the way for the disbursement of approximately NPR 5.81 billion (USD 41.8 million). According to the IMF, despite political instability and last October’s floods, Nepal has made notable progress. Increased capital expenditure, post-flood reconstruction, flexible monetary policies, and hydropower growth are expected to bolster economic growth this year.

      NEPSE trading ·16 Mar, 2025·1 min read
    • नेप्सेको सीईओ छनोटका लागि पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
      Investor

      नेप्सेको सीईओ छनोटका लागि पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिकFive Candidates Shortlisted for NEPSE CEO Position

      नेप्सेको सीईओ छनोटका लागि पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ। समितिले चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्टमा राखेको हो। गत फागुन १२ र १८ गते सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको समितिले युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशीलाई भने सर्टलिस्टमा समावेश गरेन। सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता चैत ६ गते बुधबार बिहान ७ बजे अर्थ मन्त्रालयमा हुने भएको छ।Five Candidates Shortlisted for NEPSE CEO Position The selection and recommendation committee for the Chief Executive Officer (CEO) of Nepal Stock Exchange Limited (NEPSE) has published a shortlist of five candidates. The committee has selected Chudamani Chapagain, Narad Kumar Luintel, Purna Prasad Acharya, Badri Prasad Pyakurel, and Hemanta Basyal for the shortlist.

      NEPSE trading ·16 Mar, 2025·1 min read
    • सरकारद्वारा बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त
      Investor

      सरकारद्वारा बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्तGovernment Appoints Radha Pokharel as Female Director of Insurance Authority

      सरकारद्वारा बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा कुमारी पोखरेल नियुक्त सरकारले बीमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालक पदमा नियुक्त गरिएको हो। पोखरेल यसअघि दुई वर्ष पहिले विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्। उनी लामो समयदेखि सेयर बजारमा लगानीकर्ताको रूपमा सक्रिय रहँदै आएकी छिन् र हाल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन्।Government Appoints Radha Pokharel as Female Director of Insurance Authority The government has appointed Radha Pokharel as the female director of the Insurance Authority, filling a vacant position. As per the decision at the ministerial level by the Finance Minister, Pokharel has been appointed for a four-year term, effective from today (March 14). Pokharel was previously appointed as a director of Vishal Bazaar Company two years ago. She has been actively involved in the stock market as an investor for a long time and currently serves as the Chairperson of the Nepal Capital Market Investors’ Association.

      NEPSE trading·14 Mar, 2025·1 min read
    • चैत महिनाका लागि बैंकहरुको ब्याजदर समायोजन: कोही बढाउँदै, कोही घटाउँदै
      Latest

      चैत महिनाका लागि बैंकहरुको ब्याजदर समायोजन: कोही बढाउँदै, कोही घटाउँदैInterest Rate Adjustments by Banks for the Month of Chaitra: Some Increase, Some Decrease

      चैत महिनाका लागि करिब एक दर्जन बैंकले आफ्नो ब्याजदरमा समायोजन गरेका छन्। बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर तालिका अनुसार यो महिनामा केही बैंकले ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन्। कतिपय बैंकले भने ब्याजदरलाई स्थिर राखेका छन्। Nearly a dozen banks have adjusted their interest rates for the month of Chaitra. According to the new interest rate schedules published by the banks, some have increased their rates, while others have reduced them. Certain banks have kept their rates unchanged.

      Nepse trading·14 Mar, 2025·1 min read
    • स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट शुक्रवार
      Stock

      स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट शुक्रवारSwarojgar Laghubitta’s FPO Allotment on Friday

      स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट शुक्रवार बिहान १० बजे एनएमबि क्यापिटल, बालुवाटारमा हुने भएको छ। मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेकाले गोला प्रथाबाट बाँडफाँट हुनेछ। १८ लाख ८२ हजार ४२२ जनाले आवेदन दिए पनि १९ हजार ५७७ जनाले मात्र सेयर पाउनेछन्। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको एफपीओ जारी गरेको थियो।Swarojgar Laghubitta’s FPO allotment is scheduled for Friday at 10 AM at NMB Capital, Baluwatar. With applications 119.85 times oversubscribed, it will be allotted via lottery. Out of 1,882,422 applicants, only 19,577 will receive shares. The company issued an FPO worth NPR 19,577,300.

      NEPSE trading·12 Mar, 2025·<1 min read
    • क्रेष्ट माइक्रो लाइफ आइपीओ: १८ करोडको सेयर आज अन्तिम दिन!
      Stock

      क्रेष्ट माइक्रो लाइफ आइपीओ: १८ करोडको सेयर आज अन्तिम दिन!Crest Micro Life IPO: NPR 180 Million Shares, Last Day Today!

      क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज (फागुन २६) अन्तिम दिन हो। कम्पनीले फागुन २२ देखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको छ, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ छ। आवेदन न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म सी–आस्वा र मेरो सेयरमार्फत दिन सकिन्छ। कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो।Today, March 9, 2025 (Falgun 26), is the final day to apply for Crest Micro Life Insurance’s IPO. The company has been offering 1.845 million shares to the public at NPR 100 per share since Falgun 22, totaling NPR 184.5 million. Applications, ranging from a minimum of 10 shares to a maximum of 10,000, can be submitted via C-ASBA or Mero Share until office hours end today. The company was approved to issue 2.25 million shares in total.

      Nepse trading·10 Mar, 2025·1 min read
    • आइएमई लाइफले सेयरधनीलाई दियो २१% लाभांश
      Stock

      आइएमई लाइफले सेयरधनीलाई दियो २१% लाभांशIME Life Offers Shareholders 21% Dividend

      आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारणसभाले सेयरधनीका लागि २१ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ। फागुन २५ मा सम्पन्न सभाले चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १५ मा बुक क्लोज गरेको थियो।IME Life Insurance Company’s eighth annual general meeting has approved a 21% dividend distribution proposal for shareholders. Held on Falgun 25, the meeting passed a decision to distribute a 21.05264% cash dividend (including tax) based on the paid-up capital. The company had closed its books on Falgun 15 for dividend purposes.

      Nepse trading·10 Mar, 2025·<1 min read