
आयकर छुट सीमा १२ लाख पुर्याउन सुझाव, फेसलेस ट्याक्स अडिट लागू गर्न मागProposal to Raise Income Tax Exemption Limit to Rs 1.2 Million Ahead of New Budget
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका क्रममा व्यक्तिगत आयकर छुटको सीमा बढाउन सरकारलाई सुझाव दिइएको छ । संसदीय समिति तथा उपसमितिको विभिन्न बैठकपछि अर्थ मन्त्रालयलाई बुझाइएको २७ बुँदे सुझावमा विवाहित व्यक्तिको आयकर छुट सीमा १२ लाख रुपैयाँ र अविवाहितको हकमा १० लाख रुपैयाँ कायम गर्न प्रस्ताव गरिएको हो । A recommendation has been made to the Ministry of Finance to increase the personal income tax exemption threshold to Rs 1.2 million for married individuals in the upcoming fiscal year 2083/84 budget. For unmarried individuals, the proposed exemption limit has been set at Rs 1 million.


















