
Top News
Stay informed and invest with latest NEPSE news and analysis.

पूँजीबजार सरकारको प्राथमिकतामा परोस यो केवल “शेयर किनबेच गर्ने ठाउँ” मात्र होइन !Investors Speak Out : Cut Taxes, Open the Market, Strengthen the Regulator

एभरेष्ट अस्पतालमा कीर्तिमानी शल्यक्रिया — पाठेघरमा ३ किलोको मासु, हटाउन तीनवटा सानो प्वाल मात्र काफी काठमाडौं । काठमाडौँस्थित एभरेष्ट अस्पतालमा एउटा उल्लेखनीय शल्यक्रिया सम्पन्न भएको छ । पाठेघरभित्र ३ किलो तौलको विशाल फाइब्रॉइड पलाएकी एक महिलाको पेटमा ठूलो चिरा नलगाई तीनवटा सानो प्वाल मात्र पारेर सफलतापूर्वक उपचार गरिएको छ । १८ सेन्टिमिटर अर्थात झण्डै एउटा बच्चाको टाउको जत्रो ठूलो यो गाँठो हटाउन चिकित्सकहरूले अत्याधुनिक ल्याप्रोस्कोपिक मायोमेक्टोमी प्रविधिको सहारा लिए ।Everest Hospital Pulls Off Remarkable Surgery — 3 Kg Mass Removed From Uterus Through Just Three Small Holes Kathmandu. A woman walking into Everest Hospital in Kathmandu with a 3 kilogram fibroid growing inside her uterus walked out without a single large scar. Doctors removed the massive growth — measuring 18 centimeters, roughly the size of a newborn's head — through just three small punctures in her abdomen. No long incision. No major blood loss. No weeks of painful recovery.

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, तिर्न नआए कारबाहीको चेतावनीFour Troubled Cooperatives Name Their Defaulters — Pay Up or Face the Law Kathmandu. The Troubled Cooperative Management Committee has gone public with the names of loan defaulters from four cooperatives. Operating under the Ministry of Land Management, Cooperatives and Poverty Alleviation, the committee released the list on Monday as part of a push to accelerate loan recovery.

कर धेरै, सेवा थोरै — ढुकुटी भने सधैं रित्तै काठमाडौं । नेपाल सरकारले नागरिकको कमाइमा कर लगाउँछ, किनमेलमा कर लगाउँछ, आयातमा कर लगाउँछ, फोनमा कर लगाउँछ, सिनेमामा कर लगाउँछ, प्रदूषणमा कर लगाउँछ र विलासितामा पनि कर लगाउँछ । डेढ दर्जनभन्दा बढी शीर्षकमा राजस्व उठाउँदै आएको सरकार तैपनि आफ्नो दैनिक खर्च आफैं धान्न सक्दैन । यो विरोधाभास सामान्य होइन — यो नेपालको कर प्रणालीभित्र गहिरिएको संरचनागत रोगको लक्षण हो ।Nepal Collects Taxes on Everything — Yet the Treasury Keeps Running Dry Kathmandu. Nepal taxes its citizens on what they earn, what they buy, what they import, what they breathe, what they watch, what they call, and even what they consider a luxury. More than eighteen different categories of taxes and levies flow into government coffers every year. And yet, paradoxically, the government cannot pay its own bills from what it collects. Something, somewhere, has gone deeply wrong.

बकर ईदले सारियो सानिगाड हाइड्रोको आईपीओ, अब जेठ १८ गतेदेखि आवेदन खुल्ने काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको सर्वसाधारण आईपीओ आवेदन मिति सरेको छ । जेठ १४ गते खुल्ने भनिएको आईपीओ अब जेठ १८ गतेदेखि खुल्नेछ । नेपाल सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा घोषणा गरेपछि कम्पनीले मिति सार्नु परेको हो ।Sanigad Hydro IPO Pushed Back to Jestha 18 After Eid Holiday Kathmandu. Sanigad Hydro Limited has shifted the opening date of its public IPO. Originally scheduled to open on Jestha 14, the application window will now begin from Jestha 18. The change came after the Nepal government declared that day a public holiday for Eid al-Adha, leaving the company with little choice but to reschedule.

डिडीसीको बक्यौता फर्किँदै, किसानको खातामा दैनिक एक करोड काठमाडौं । महिनौंदेखि पैसाको प्रतीक्षामा बसेका दुग्ध किसानका लागि केही राहतको खबर आएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधार कार्ययोजना अगाडि सारेपछि अहिले दैनिक एक करोड रुपैयाँ किसानको खातामा पुग्न थालेको छ ।Dairy Farmers Finally See Money — DDC Pays One Crore Daily as Backlog Clears Kathmandu. Dairy farmers who have waited months for their dues are getting some relief. After Agriculture, Forest and Environment Minister Geeta Chaudhary pushed forward a reform plan for the Dairy Development Corporation (DDC), one crore rupees is now reaching farmers' accounts every single day.

उपकार लघुवित्तको साधारण सभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने निर्णय काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा २०८३ जेठ १० गते होटल सेन्ट्रल प्लाजा, कोहलपुरमा सम्पन्न भएको संस्थाले जनाएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण पारित गरेको छ । जसअनुसार सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरिएको हो ।Upakar Laghubitta Approves Annual Reports, Rights Share Issuance in 7th AGM

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले कम्पनीको सञ्चालक तथा व्यवस्थापन संरचनामा परिवर्तन भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई गराएको छ । कम्पनीको २०८३ जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले तत्कालीन प्रबन्ध निर्देशक रोमन दंगाल र सञ्चालक रेनुका पाण्डेको कार्यकाल समाप्त भएको निर्णय गरेको हो । United Modi Hydropower Limited has informed the Nepal Stock Exchange (NEPSE) about changes in its board structure and management responsibilities following a recent board decision. According to the company, a board meeting held on 10 June 2083 at its registered office decided that the tenure of Managing Director Roman Dangal and Director Renuka Pande has officially ended.

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्दै आएको अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । आयोजनाको टनेल आउटलेटस्थित मेन होलमा गत वैशाख ७ गते आकस्मिक क्षति भएपछि विद्युत उत्पादन बन्द भएकोमा मर्मत सम्भार र परीक्षणपछि पुनः उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।Upper Mai Hydropower Resumes Power Generation After Emergency Shutdown Kathmandu — Panchakanya Mai Hydropower Ltd. has resumed electricity generation from its Upper Mai Hydropower Project (9.98 MW) after completing repair and maintenance work following an unexpected technical failure.

अमेरिकाले ग्रीन कार्डसम्बन्धी नयाँ नीति लागू गर्दै अधिकांश आप्रवासीलाई आवेदन प्रक्रिया आफ्नै देशस्थित अमेरिकी दूतावासमार्फत पूरा गर्नुपर्ने व्यवस्था गरेको छ। यूएससीआईएसले अमेरिकाभित्र बसेर ‘स्टाटस परिवर्तन’ गर्ने सुविधा सीमित गर्ने जनाएको छ। यो कदम ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियानअन्तर्गत आएको बताइएको छ। आलोचकहरूले भने यसले परिवार छुट्टिन सक्ने र आप्रवासीमा अन्योल बढ्न सक्ने बताएका छन्।The United States has introduced a new Green Card policy requiring most immigrants to complete the application process through U.S. embassies in their home countries. USCIS stated that the option to adjust status from within the U.S. will be limited to special cases. The policy is seen as part of the Trump administration’s immigration control efforts. Critics warn that it could separate families and create uncertainty for immigrants.

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँगको शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताएका छन्। उनले सम्झौताअन्तर्गत स्ट्रेट अफ हर्मुज खुला गरिने उल्लेख गर्दै क्षेत्रीय नेताहरू र इजरायली प्रधानमन्त्री Benjamin Netanyahu सँग छलफल गरेको जानकारी दिएका छन्।U.S. President Donald Trump said the Iran peace agreement is nearly finalized. He stated that the deal would include reopening the Strait of Hormuz and confirmed discussions with regional leaders and Israeli Prime Minister Benjamin Netanyahu.

Everest Color Limited ले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि जेठ २७ गतेसम्म रहनेछ भने आवश्यक परे असार ५ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक Muktinath Capital Limited रहेको छ।Everest Color Limited is set to issue 655,700 units of IPO shares to the general public from May 22. Investors can apply for a minimum of 10 units and a maximum of 10,000 units. The application deadline is May 27, with a possible extension until June 5 if the issue remains unsubscribed. Muktinath Capital Limited is the issue and sales manager for the IPO.

नेपाल रिपब्लिक मिडियाको लक–इन सेयर असारपछि खुल्ने, ५४ लाखभन्दा बढी कित्ता कारोबारयोग्य हुनेLock-in Period of Nepal Republic Media Shares to Expire in Asar, Over 5.4 Million Shares to Become Tradable

सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदार नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। अध्यक्ष पदका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा परेका चार जना उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण तथा छलफल सम्पन्न गरेसँगै नियुक्ति प्रक्रिया निर्णायक मोडमा पुगेको हो।SEBON Chairperson Appointment Nears Final Stage, Kshetri and Bhatt Seen as Strong Contenders The appointment process for the new chairperson of the Securities Board of Nepal (SEBON) has entered its final stage, with the recommendation committee completing presentations and discussions with the four shortlisted candidates. The committee had invited all four candidates on Thursday to present their business plans and future strategies for the capital market regulator. According to sources, the discussion process began at around 1 PM and continued for nearly one and a half hours.

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते पदभार सम्हालेसँगै नेपाली अर्थतन्त्रमा नयाँ शैलीको अपेक्षा अचानक बढेको थियो । अर्थशास्त्री, सार्वजनिक नीतिका जानकार र पूर्व राष्ट्रिय योजना आयोग उपाध्यक्षको पृष्ठभूमिका कारण उनी परम्परागत राजनीतिक अर्थमन्त्रीभन्दा फरक ढंगले प्रस्तुत हुने अनुमान गरिएको थियो । तर पद सम्हालेको डेढ महिनापछि उनको कामलाई हेर्दा सुधारको संकेत र व्यवहारिक चुनौतीबीचको मिश्रित तस्वीर देखिन थालेको छ ।Finance Minister Swarnim Waglé’s First Six Weeks: Early Signs of Reform or an Economy Still Waiting? When Finance Minister Dr. Swarnim Waglé took the oath of office on March 26, expectations across Nepal’s economic and policy circles rose almost immediately. His background as an economist, former vice-chair of the National Planning Commission, and public policy expert created the perception that Nepal’s economic management might finally move toward a more technocratic and reform-oriented direction.