
राजनीतिक परिवर्तनको छायामा केन्द्रीय बैंकको मौद्रिक नीति Central Bank's Monetary Policy Amidst Political Changes
नेपालको केन्द्रीय बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटिरहँदा मुलुकको राजनीतिक माहोल परिवर्तन भएको छ। दुई ठूला दलहरू कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमतिपछि राजनीतिक रूपमा पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा परेको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बताएका छन्, जुन संविधान अनुसार ढिलोमा एक महिनाभित्र लिनुपर्ने हुन्छ।As Nepal's central bank prepares the monetary policy for the upcoming fiscal year, the country's political landscape has shifted. Following an agreement between the two major parties, Congress and UML, to form a new coalition, the government led by Pushpa Kamal Dahal (Prachanda) faces a crisis. Prime Minister Prachanda has announced that he will seek a vote of confidence, which, according to the constitution, must be taken within a month.


















