
हिमालयन बुलियन कम्पनीको आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्योHimalayan Bullion Company Moves Forward with IPO Issuance
हिमालयन बुलियन कम्पनीको आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो। उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ज्योति क्यापिटल लाई नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्मप्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन्। कम्पनीका अनुसार, निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली समेत), सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्ट्याइनेछ। सम्झौताअनुसार, ज्योति क्यापिटलले आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्य सम्हाल्नेछ। कम्पनी ऐन, २०६३ र धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी छिट्टै आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।Himalayan Bullion Company Moves Forward with IPO Issuance Himalayan Bullion Company, a company engaged in silver trading, has officially moved forward with the process of issuing an Initial Public Offering (IPO) for the general public. The company has announced that it has formally initiated the IPO issuance process. Under the plan, the company will issue 1.25 million ordinary shares at a face value of NPR 100 per share, amounting to a total public offering worth NPR 125 million. Jyoti Capital has been appointed as the Issue and Sales Manager for the IPO. The agreement related to the IPO issuance was signed by Bhishma Prasad Gautam, Chairman of Himalayan Bullion Company, and Bikash Dhakal, Chief Executive Officer of Jyoti Capital. According to the company, the shares to be issued will be allocated to the general public, including Nepali citizens working abroad, as well as to mutual funds and company employees.


















