
एनआईसी एशियाको नाफामा संकुचन: ७ अर्ब ३९ करोडले वितरणयोग्य मुनाफा ऋणात्मकAnalyzing NIC Asia Bank’s Q2: Net Profit Shrinks as Distributable Deficit Hits NPR 7.39 Billion
एनआईसी एशियाको नाफामा संकुचन: ७ अर्ब ३९ करोडले वितरणयोग्य मुनाफा ऋणात्मक काठमाडौं – कुनै समय आक्रामक बजार विस्तार र उच्च नाफाका कारण चर्चामा रहने गरेको एनआईसी एशिया बैंक लिमिटेडको वित्तीय स्वास्थ्यमा अहिले गम्भीर चाप देखिएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा र अन्य प्रमुख सूचकहरूमा गिरावट आएको छ। पुस मसान्तसम्ममा बैंकले १३ करोड ११ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको १५ करोड १७ लाख रुपैयाँको तुलनामा १३.५४ प्रतिशतले कम हो। बैंकको यो नाफा अघिल्ला वर्षहरूको तुलनामा भारी गिरावट हो। खराब कर्जा र ब्याज आम्दानीको चुनौती बैंकको नाफा घट्नुमा 'खुद ब्याज आम्दानी' मा आएको ठूलो गिरावट र 'इम्पेरमेन्ट चार्ज' (खराब कर्जा बापतको प्रावधान) मा भएको वृद्धि मुख्य कारक देखिएका छन्। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेको छ। उता, सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइने इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोडबाट बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। यसले बैंकको सञ्चालन मुनाफालाई ४२.१६ प्रतिशतले खुम्चाइदिएको छ।Analyzing NIC Asia Bank’s Q2: Net Profit Shrinks as Distributable Deficit Hits NPR 7.39 Billion KATHMANDU – NIC Asia Bank (NICA), once the poster child for aggressive growth in Nepal’s banking sector, continues to face a turbulent period. The bank’s second-quarter (Q2) financial results for the current fiscal year (FY 2082/83) reveal a continued slide in profitability and a mounting deficit in distributable funds, raising concerns among investors regarding its dividend capacity for the foreseeable future. The bank reported a net profit of NPR 131.1 million for the first six months of the fiscal year—a 13.54% decline from the NPR 151.7 million recorded in the same period last year. This follows a broader trend of shrinking margins that has seen the bank's profitability plummet from its historic peaks.


















