झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साउन १४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज साउन १८ गते अन्तिम दिन रहेको छ।
नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति प्राप्त यो आईपीओ अन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये जारी पुँजीको १०% अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका लागि र १५% अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याइएको छ।
न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने यो आईपीओको विक्रि प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले आजभित्र आवेदन दिइसक्नुपर्नेछ।





