आज ७ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
Author
NEPSE trading
आज (पुस १४ गते) विभिन्न सात कम्पनीहरूको लाभांश सुरक्षित गर्न सकिने अन्तिम दिन हो। आजभित्रै शेयर खरिद गरेमा कम्पनीहरूले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्।
साधारण सभा र लाभांश प्रयोजनका लागि यी कम्पनीहरूले पुस १६ गते (मंगलबार) बुक क्लोज गर्नेछन्। भोलि (पुस १५) तमु ल्होसारको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द हुने भएकाले आज नै शेयरधनी बनिसक्नुपर्नेछ।
कम्पनीहरूका लाभांश विवरण र साधारण सभा मिति:
कृषि विकास बैंक
लाभांश: ३% बोनस शेयर र करसहित ७.५३% नगद लाभांश।
अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ६% नगद लाभांश।
साधारण सभा मिति: पुस २९।
महालक्ष्मी विकास बैंक
लाभांश: ३% बोनस शेयर र ४% नगद लाभांश (करसहित) गरी कुल ७%।
साधारण सभा मिति: पुस २९।
जीवन विकास लघुवित्त
लाभांश: १४% बोनस शेयर र ०.३६८% नगद लाभांश।
साधारण सभा मिति: पुस २८।
मितेरी डेभलपमेन्ट बैंक
लाभांश: ९.५०७९% बोनस शेयर र ०.५००४% नगद लाभांश।
साधारण सभा मिति: पुस २७।
छिमेक लघुवित्त
लाभांश: ८% बोनस शेयर र करसहित ७% नगद लाभांश।
साधारण सभा मिति: पुस २९।
आत्मनिर्भर लघुवित्त
लाभांश: १४.२५% बोनस शेयर र करसहित ०.७५% नगद लाभांश।
साधारण सभा मिति: पुस २९।
चिलिमे हाइड्रोपावर
लाभांश: १०% बोनस शेयर र करसहित २% नगद लाभांश।
साधारण सभा मिति: पुस २८।