NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today Is the Last Day to Secure Standard Chartered Bank’s Dividend; Book Closure from Tomo...
    स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, भोलि बुक–क्लोज
    Investor
    1 min read
    Published on December 1, 2025
    NEPSE TRADING

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, भोलि बुक–क्लोजToday Is the Last Day to Secure Standard Chartered Bank’s Dividend; Book Closure from Tomorrow

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रस्तावित लाभांश सुरक्षित गर्न आज मंसिर १५ गतेलाई अन्तिम दिन निर्धारण गरेको छ। बैंकले भोलि मंसिर १६ गतेदेखि बुक–क्लोज गर्ने तयारी गरेसँगै आजसम्म शेयर किनेका वा नामसारी भइसकेका शेयरधनीले मात्र आगामी साधारण सभा र लाभांश प्राप्त गर्ने अधिकार सुरक्षित राख्न सक्नेछन्।

    बैंकले आगामी ३९औँ वार्षिक साधारण सभा का लागि तयारी थालिसकेको छ। सभाका लागि मंसिर २९ गते, सोमबारलाई निर्धारण गरिएको छ। काठमाडौँ भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने सभा बिहान १० बजे सुरु हुने बैंकले जानकारी दिएको छ। यसअघि लाभांश प्रयोजनका लागि नेप्सेमा शेयर कायम गर्ने म्याद नजिकिँदै गर्दा लगानीकर्ताहरूको ध्यान बुक–क्लोज मितिमै केन्द्रित भएको छ।

    आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन्। साथै, बैंकले प्रस्ताव गरेको नगद लाभांश प्राप्त गर्ने अधिकार पनि यिनै शेयरधनीले सुरक्षित गर्न सक्नेछन्।
    बुक–क्लोज अवधिमा कारोबार गरी शेयर खरिद गर्नेले भने यस वर्षको लाभांश प्राप्त गर्न सक्दैनन्।

    आगामी साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजीमा आधारित रहँदै १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले लाभांशलाई पूर्णतः नगद रूपमै प्रस्ताव गरेको छ, जसले लगानीकर्ताहरूको नकद प्रवाहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    यस्तै, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षकको नियुक्ति, र आवश्यकता अनुसार निर्णय गर्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने प्रस्तावहरू पनि पेस गरिनेछन्। बैंकले जारी गरेको सूचनामा संस्थागत सुशासन, पारदर्शिता र दिगो व्यवस्थापनमा निरन्तर प्रतिबद्धता कायम रहने उल्लेख गरेको छ।

    Standard Chartered Bank Nepal Limited has set today, Mangsir 15, as the final day for shareholders to secure the right to the bank’s proposed dividend. With the bank preparing to begin its book closure from tomorrow, Mangsir 16, only those shareholders whose names are recorded in NEPSE by the end of today will be eligible to attend the upcoming annual general meeting (AGM) and receive the proposed dividend.

    The bank has already initiated preparations for its 39th Annual General Meeting, scheduled for Mangsir 29 (Monday). The meeting will take place at the Army Officers Club, Bhadrakali, Kathmandu, starting at 10 AM. As the book closure date approaches, investors have shifted their focus toward securing their dividend rights before the deadline.

    Shareholders who complete their transactions and have their names listed in NEPSE by today will retain their rights to participate in the AGM and receive the proposed dividend. Those who purchase the bank’s shares after the book closure begins tomorrow will not be eligible for this year’s dividend distribution.

    The AGM will endorse the bank’s proposal to distribute a 19 percent cash dividend (tax included) based on its current paid-up capital. The proposal includes only cash dividends this year—an announcement that is expected to positively impact investor liquidity and sentiment.

    Additionally, the AGM will discuss several key resolutions, including amendments to the bank’s Memorandum and Articles of Association, appointment of an auditor, and granting necessary authority to the Board of Directors to carry out decisions as required. In its official notice, the bank reaffirmed its commitment to strong corporate governance, transparency, and long-term institutional stability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026