
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचनाBikash Hydropower Company Limited: Notice of 5th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 24, 2026
पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०८)
श्री शेयरधनी महानुभावहरु,
यस विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको मिति २०८३/०६/०७ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको पाँचौ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहाय बमोजिमका प्रस्तावहरु उपर छलफल गरि निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानाकारी एवं उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने स्थान, मिति र समय:
• स्थान: होटल स्मार्ट दरबार प्रा.लि. धुम्बाराही, काठमाडौँ।
• मिति: २०८३/०६/२९ गते बिहिबार (तदनुसार १५ अक्टोवर, २०२६)
• समय: बिहान ९:३० बजे।
वार्षिक साधारण सभाका प्रस्तावहरु:
(क) सामान्य प्रस्तावहरु:
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
- लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने।
- आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने।
- सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारबाहीहरु अनुमोदन गर्ने।
- संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने।
- सञ्चालक समितिको भत्ता, सेवा सुविधा सम्बन्धमा।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ हाल कायम चुक्ता शेयरपुँजी रु. ९०,९१,०१,३००/- (नब्बे करोड एकानब्बे लाख एक हजार तीन सय रुपैयाँ) को ०.५२६३ प्रतिशत अर्थात् रु. ४७,८४,६००.१४ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजन) का लागि स्वीकृत गर्ने।
(ख) विशेष प्रस्तावहरु:
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ सम्मको मुनाफाबाट हाल कायम चुक्ता शेयरपुँजी रु. ९०,९१,०१,३००/- (नब्बे करोड एकानब्बे लाख एक हजार तीन सय रुपैयाँ) को १० प्रतिशत लाभांश (१० प्रतिशतका दरले हुने रु. ९,०९,१०,१३०/- (नौ करोड नौ लाख दश हजार एक सय तीस रुपैयाँ मात्र) बोनस शेयर को स्वीकृति प्रदान गर्ने।
- बोनस शेयर जारी पश्चात पुँजी वृद्धि गर्न कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने।
- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने।
- लगानी अनुमोदन तथा अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
(ग) विविध
(साधारण सभा सम्बन्धी थप जानकारी):
- साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/१९ गते सोमबार १ का दिन यस कम्पनीको शेयर दर्ता पुस्तिका बन्द रहनेछ। साथै शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको कारोबारबाट कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको वार्षिक साधारण सभामा भाग लिन तथा बोनस शेयर प्राप्त गर्न सक्नेछन्।
- वार्षिक साधारण सभामा भाग लिने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउनुपर्नेछ।
- शेयरधनी महानुभावहरुको उपस्थितिका लागि शेयरधनी उपस्थिति पुस्तिका बिहान ९:०० बजेदेखि खुल्ला रहनेछ।
- वार्षिक साधारण सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको केन्द्रीय कार्यालयमा दर्ता गराइसक्नुपर्नेछ। कम्पनीको शेयरधनी बाहेक अरुलाई प्रोक्सी दिन पाइने छैन।
- एक जना शेयरधनीले एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा सबै प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ। तर प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधिपत्र (प्रोक्सी) बदर गरी यो प्रतिनिधिपत्र (प्रोक्सी) लाई मान्यता दिइयोस् भन्ने व्यहोराको छुट्टै पत्र सहित प्रोक्सी फारम कम्पनीको केन्द्रीय कार्यालयमा सभा सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधि (प्रोक्सी) स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइनेछ।
- प्रतिनिधि नियुक्त गरिसकेको शेयरधनी आफैँ सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ।
- साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौँमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिन्छ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
Notice of the 5th Annual General Meeting
(First Date of Publication: 2083/06/08)
Dear Shareholders,
As per the decision of the meeting of the Board of Directors of Bikash Hydropower Company Limited held on 2083/06/07, the 5th Annual General Meeting of the company is scheduled to be held on the following date, time, and venue to discuss and decide upon the agendas listed below. Therefore, in accordance with Section 67 (2) of the Companies Act, 2063, this notice is published for the information and attendance of all shareholders.
Venue, Date, and Time of the Meeting:
• Venue: Hotel Smart Durbar Pvt. Ltd., Dhumbarahi, Kathmandu.
• Date: 2083/06/29, Thursday (corresponding to October 15, 2026)
• Time: 9:30 AM
Agendas of the Annual General Meeting:
(A) Ordinary Agendas:
1. To discuss and approve the Annual Report of the Fiscal Year 2082/083 presented by the Chairman on behalf of the Board of Directors.
2. To discuss and approve the Auditor's Report along with the Audit Report, Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for the Fiscal Year 2082/083.
3. To appoint an Auditor for the Fiscal Year 2083/084 and fix their remuneration.
4. To endorse the decisions and activities carried out by the Board of Directors.
5. To approve the Corporate Governance Report.
6. Regarding the allowances and facilities of the Board of Directors.
7. To approve a cash dividend of 0.5263 percent, amounting to Rs. 47,84,600.14 (for tax purposes on bonus shares), from the current paid-up capital of Rs. 90,91,01,300/- (Ninety Crore Ninety-One Lakh One Thousand Three Hundred Rupees) as proposed by the Board of Directors for the Fiscal Year 2082/083.
(B) Special Agendas:
1. To approve a 10 percent bonus share, amounting to Rs. 9,09,10,130/- (Nine Crore Nine Lakh Ten Thousand One Hundred Thirty Rupees only), from the profits up to Fiscal Year 2082/083 on the current paid-up capital of Rs. 90,91,01,300/- (Ninety Crore Ninety-One Lakh One Thousand Three Hundred Rupees) as proposed by the Board of Directors.
2. To increase the Authorized, Issued, and Paid-up Capital of the company to facilitate capital growth after the issuance of bonus shares.
3. To pass the proposal for necessary amendments to the Memorandum of Association and Articles of Association of the company, and to authorize the Board of Directors to make necessary adjustments if any changes or suggestions are received from regulatory bodies.
4. Regarding the approval of investments and delegation of authority.
(C) Miscellaneous
(Additional Information regarding the General Meeting):
1. For the purpose of the Annual General Meeting, the Share Register Book of the company will remain closed on Monday, 2083/06/19. Only shareholders registered in the Nepal Stock Exchange Limited until the day before the book closure date will be eligible to participate in the Annual General Meeting and receive the bonus shares.
2. Shareholders participating in the Annual General Meeting must bring a valid identity card or a copy thereof.
3. The Shareholder Attendance Register will be open from 9:00 AM for the attendance of shareholders.
4. Shareholders wishing to appoint a proxy to participate in the Annual General Meeting must fill out the proxy form in the format prescribed by the prevailing company law and register it at the central office of the company at least 48 hours before the commencement of the meeting. No person other than a shareholder of the company can be appointed as a proxy.
5. If a shareholder appoints more than one proxy, all such proxies will be automatically cancelled. However, if a shareholder wishes to change their proxy after appointment, they must submit a separate letter cancelling the previous proxy and requesting recognition of the new proxy, along with the new proxy form, to the central office of the company at least 24 hours before the meeting. In such cases, the previous proxy will be deemed automatically cancelled, and the latest proxy will be recognized.
6. If a shareholder who has already appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy appointed by them will be automatically cancelled.
7. For any further information regarding the General Meeting, please contact the central office of the company in Kathmandu during office hours.
By Order of the Board of Directors,
Company Secretary