
गणेश हिमाल हाईड्रोपावर लिमिटेडको आठौँ वार्षिक साधारण सभा बस्ने सूचनाGanesh Himal Hydropower Limited: Notice of 8th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 27, 2026
गणेश हिमाल हाईड्रोपावर लिमिटेड
का.म.न.पा. वडा नं. २, गैरीधारा, काठमाण्डौ
फोन नं. : ०१-४५४८८२२
आठौँ वार्षिक साधारण सभा बस्ने सूचना
यस गणेश हिमाल हाईड्रोपावर लिमिटेडको मिति २०८३/०६/०८ मा बसेको संचालक समितिको बैठकको निर्णयानुसार संस्थाको आठौँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :-
मिति : २०८३ साल असोज ३० गते (अक्टोबर १६, २०२६) शुक्रवार
समय : बिहान ११:०० बजे
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, गैरीधारा, काठमाण्डौ ।
छलफलका विषयहरु :
(क) सामान्य प्रस्ताव
- आ.व. २०८२/०८३ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
- आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरणहरु लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लेखा परीक्षण कार्य तथा दफा ७८ प्रमाणित गर्ने कार्यको लागि लेखा परीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- प्रबन्ध संचालकको पारिश्रमिक, सेवा तथा सुविधा सम्बन्धमा ।
- विविध ।
(ख) विशेष प्रस्ताव
- कम्पनीको पूँजीगत संरचनामा वृद्धि गर्ने सम्बन्धमा ।
- नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रारको कार्यालय, विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायतका निकायमा कम्पनी सम्बन्धी आवश्यक पत्रचार गर्दा वा कुनै विषय, शर्तहरु लगायतमा संसोधन/फेरबदल गर्न निर्देशन, सुझाव तथा राय बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन आवश्यक भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संसोधन, भाषागत लगायतका अन्य सुधार समेत गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
- कम्पनीको नियमावली नियम २७ (२) बमोजिम साधारण सभा पछि रिक्त हुने एक जना संचालकको नियुक्ती तथा नियम २९ (२) बमोजिम स्वतन्त्र संचालकको अनुमोदन गर्ने सम्बन्धमा ।
- कम्पनीको रजिष्टर्ड कार्यालय परिवर्तन गर्न कम्पनीको प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संसोधन गर्ने सम्बन्धमा ।
- विविध ।
(ग) विविध ।
वार्षिक साधारण सभा सम्बन्धि जानकारी
१) ०८ औं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३ असोज १९ गते (अक्टोबर ०५, २०२६) सोमबार कम्पनीको शेयर दाखिल खारेज दर्ता बन्द गरिनेछ । शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति २०८३ असोज १९ गते भन्दा अघिल्लो दिन २०८३ असोज १८ गते आईतबारसम्म शेयर बाँडफाँड भई कम्पनीको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरु सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न योग्य हुनुहुनेछ ।
२) शेयरधनी महानुभावहरुले साधारण सभामा भाग लिन आउँदा आफ्नो राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नं. खुल्ने कागजात तथा नागरिकता प्रमाणपत्र साथमा लिई आउनु पर्ने छ । परिचय खुल्ने कागजात नदेखाई सभामा भाग लिन पाईनेछैन ।
३) निर्वाचन सम्बन्धी कार्यक्रम कम्पनीको सूचनापाटीमा टाँस गरिनेछ ।
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव
Notice of the 8th Annual General Meeting
As per the decision of the Board of Directors meeting of Ganesh Himal Hydropower Limited held on 2083/06/08, the 8th Annual General Meeting of the company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following matters. This notice is published for the information of all shareholders.
Date, Time, and Venue of the Meeting:-
Date: Ashoj 30, 2083 (October 16, 2026) Friday
Time: 11:00 AM
Venue: Registered Office of the Company, Gairidhara, Kathmandu.
Agenda for Discussion:
(A) Ordinary Resolutions
1. To discuss and approve the Annual Report of the Board of Directors for the F.Y. 2082/083.
2. To discuss and approve the Financial Statements including the Auditor's Report, Profit and Loss Account, Cash Flow Statements, and other financial statements for the F.Y. 2082/083.
3. To appoint the Auditor for the F.Y. 2083/084 pursuant to Section 111 of the Companies Act, 2063 and for the certification work under Section 78, and to fix their remuneration.
4. Regarding the remuneration, services, and facilities of the Managing Director.
5. Miscellaneous.
(B) Special Resolutions
1. Regarding the increase in the capital structure of the company.
2. To delegate authority to the Board of Directors to make necessary additions, modifications, amendments, linguistic corrections, and other improvements to the Company's Memorandum of Association and Articles of Association as per the directives, suggestions, and opinions received from regulatory bodies such as the Office of the Company Registrar, Electricity Regulatory Commission, Securities Board of Nepal, Department of Electricity Development, Nepal Electricity Authority, Nepal Stock Exchange, CDS and Clearing Limited, etc., while corresponding or making amendments/changes in any matters or conditions.
3. Regarding the appointment of one director to be vacant after the General Meeting pursuant to Rule 27 (2) of the Company's Articles of Association and the approval of an independent director pursuant to Rule 29 (2).
4. Regarding the amendment of Clause 2 of the Memorandum of Association and Rule 2 of the Articles of Association to change the registered office of the company.
5. Miscellaneous.
(C) Miscellaneous.
Information Regarding the Annual General Meeting
1) For the purpose of the 08th Annual General Meeting, the share transfer book of the company will remain closed on Ashoj 19, 2083 (October 05, 2026) Monday. Shareholders registered in the company's shareholder register book after share allotment until the day before the book closure, i.e., Ashoj 18, 2083 Sunday, will be eligible to attend, participate in discussions, and vote at the meeting.
2) Shareholders must bring their National Identity Card or documents showing National Identity Card No. and Citizenship Certificate while coming to attend the General Meeting. Entry to the meeting will not be allowed without showing identity-disclosing documents.
3) The election-related program will be pasted on the company's notice board.
By Order of the Board of Directors,
Company Secretary