
ग्लोबल आइएमई क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाGlobal IME Capital: Notice of 19th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 9, 2026
१९ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२४ गते)
श्री शेयरधनी महानुभावहरु,
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३ साल भाद्र २२ गते सोमबार बसेको २०८ औं बैठकको निर्णयानुसार कम्पनीको १९ औं वार्षिक साधारण सभा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल आश्विन १४ गते, बुधबार (तदनुसार सेप्टेम्बर ३०, २०२६) ।
समय : बिहान ८:३० बजे ।
स्थान : होटल ले हिमालय, लाजिम्पाट, काठमाण्डौ ।
छलफलका विषयहरु :
(क) साधारण प्रस्तावहरु
१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने कम्पनीको १९ औं वार्षिक प्रतिवेदन पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को वित्तीय अवस्थाको विवरण (वासलात), नाफा/नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने ।
३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०८२/०८३ को मुनाफा तथा सञ्चित कोषबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुने रकम रु.४,९३,९१,५००।- (अक्षरेपी रु.चार करोड त्रियानब्बे लाख एकानब्बे हजार पाँचसय मात्र) नगद लाभांश (नगद लाभांश र बोनस शेयरको कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४) कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम आ.व.२०८३/०८४ को लेखापरीक्षण कार्यको लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
(ख) विशेष प्रस्तावहरु
१) कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०८२/०८३ को मुनाफा तथा सञ्चित कोषबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम रु.७,४०,८७,२५०।- (अक्षरेपी रु. सात करोड चालिस लाख सतासी हजार दुईसय पचास मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
२) कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने तथा बोनस शेयर वितरण पश्चात् आवश्यक हदसम्म जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने ।
३) सञ्चालकको बैठक भत्ता सम्बन्धमा ।
४) विशेष प्रस्ताव नं. १, २ र ३ पारित भए बमोजिम हुने गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
५) कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसँग सम्बन्धित कार्यहरु स्वीकृतिका क्रममा नियमनकारी निकायबाट कुनै विषय, शर्तहरु लगायतमा संशोधन/फेरबदल गर्न कुनै निर्देशन प्राप्त भएमा आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन, भाषागत सुधार लगायत समेतका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
(ग) विविध
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
Notice of the 19th Annual General Meeting
(First Date of Publication: 2083/05/24)
Dear Shareholders,
As per the decision of the 208th meeting of the Board of Directors of this company held on Monday, Bhadra 22, 2083, the 19th Annual General Meeting of the company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following matters. Therefore, in accordance with Section 67 of the Companies Act, 2063, all shareholders are cordially requested to attend.
Date, Time, and Venue of the General Meeting:
Date: Ashwin 14, 2083, Wednesday (corresponding to September 30, 2026).
Time: 8:30 AM.
Venue: Hotel Le Himalaya, Lazimpat, Kathmandu.
Agenda for Discussion:
(A) Ordinary Resolutions
1) To approve the 19th Annual Report of the company to be presented by the Chairman on behalf of the Board of Directors.
2) To approve the financial statements including the Balance Sheet, Profit and Loss Account, Statement of Other Comprehensive Income, and Cash Flow Statement along with the Auditor's Report for the Fiscal Year 2082/083.
3) To approve the proposal recommended by the Board of Directors to distribute a cash dividend (including tax on cash dividend and bonus shares) of 10 percent of the current paid-up capital amounting to Rs. 4,93,91,500।- (in words, Rupees four crore ninety-three lakh ninety-one thousand five hundred only) from the profits and accumulated fund of the Fiscal Year 2082/083 to the shareholders.
4) To appoint an external auditor for the auditing work of the Fiscal Year 2083/084 in accordance with Section 111(3) of the Companies Act, 2063 and to determine their remuneration.
(B) Special Resolutions
1) To approve the proposal recommended by the Board of Directors to distribute bonus shares equivalent to 15 percent of the current paid-up capital amounting to Rs. 7,40,87,250।- (in words, Rupees seven crore forty lakh eighty-seven thousand two hundred fifty only) from the profits and accumulated fund of the Fiscal Year 2082/083 to the shareholders.
2) To increase the authorized capital of the company and to increase the issued and paid-up capital to the required extent after the distribution of bonus shares.
3) Regarding the meeting allowance of the Directors.
4) To approve the proposal to make necessary amendments to the Memorandum of Association and Articles of Association of the company in line with the approval of Special Resolutions No. 1, 2, and 3.
5) To authorize the Board of Directors to make necessary additions, modifications, amendments, language improvements, etc., if any directives are received from the regulatory bodies to amend/change any matters, conditions, etc., during the approval process of the amendments to the Memorandum of Association and Articles of Association of the company.
(C) Miscellaneous
By Order of the Board of Directors
Company Secretary