Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
10 Sep, 2026
होटल सारथी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना

होटल सारथी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचनाHotel Sarathi Limited: Notice of 2nd Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 10, 2026

दोस्रो वार्षिक साधारण सभासम्बन्धी सूचना

श्री शेयरधनी महानुभावहरू,

मिति २०८३ श्रावण ३१ गते (१६ अगस्ट २०२६) आइतबारका दिन बसेको यस होटल सारथी लिमिटेडको सञ्चालक समितिको २८औं बैठकको निर्णय बमोजिम यस कम्पनीको दोस्रो वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा शेयर धनीहरू स्वयं वा रीतपूर्वकको प्रतिनिधिद्वारा सहभागी हुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

१. सभा हुने मिति, स्थान र समय

मिति : २०८३ आश्विन ४ गते आइतबार (२० सेप्टेम्बर २०२६)

समय : दिनको १२:०० बजे।

स्थान : होटल सारथी लिमिटेडको सभा हल, धुलिखेल - ८, रिसोर्ट मार्ग

२. साधारण सभामा छलफल हुने विषयहरू :

(क) सामान्य प्रस्ताव

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने।

(२) लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८२/०८३ को वासलात, आयव्यय हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने।

(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

(४) कम्पनीको चुक्ता पूँजीको २.७८९४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरणसम्बन्धी प्रस्ताव पारित गर्ने।

(ख) विशेष प्रस्ताव

(१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/०८३ को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने।

(२) कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने।

(३) कम्पनीको प्रबन्धपत्रको दफा ६(ख) र ६(ग) संशोधन गर्ने।

(४) जारी पुँजीको ३० प्रतिशत साधारण शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने।

(ग) विविध।

  1. सभासम्बन्धी अन्य जानकारीहरू
  2. शेयरधनी हाजिरी पुस्तिका मध्याह्न ११:०० बजेदेखि खुल्ला रहनेछ।
  3. शेयरधनी लगतमा नाम उल्लेख भएका शेयरधनी आफै उपस्थित हुनुपर्नेछ। आफै उपस्थित हुन नसकेमा अन्य कुनै शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) मार्फत उपस्थित हुन सक्नेछन्।
  4. प्रतिनिधि तोकिएका पत्र सभा हुनुभन्दा २४ घण्टा अगावै रजिस्ट्रर्ड कार्यालयमा दर्ता गराउनुपर्नेछ।
  5. संस्थागत शेयरधनीले अख्तियारीसहित प्रतिनिधि पठाउनुपर्नेछ।

Notice of the 2nd Annual General Meeting

Dear Shareholders,

As per the decision of the 28th meeting of the Board of Directors of Hotel Sarathi Limited held on Sunday, Shrawan 31, 2083 (August 16, 2026), the 2nd Annual General Meeting of this company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following agendas. This notice is published to inform all shareholders to participate in person or through a duly appointed proxy.

1. Date, Venue, and Time of the Meeting

Date: Ashwin 4, 2083, Sunday (September 20, 2026)

Time: 12:00 PM

Venue: Meeting Hall of Hotel Sarathi Limited, Dhulikhel - 8, Resort Marg

2. Agendas to be Discussed in the Annual General Meeting:

(A) Ordinary Resolutions

(1) To discuss and approve the Annual Report of the fiscal year 2082/083 presented by the Chairman on behalf of the Board of Directors.

(2) To discuss and approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with other financial statements of the fiscal year 2082/083, together with the Auditor's Report.

(3) To appoint the Auditor for the fiscal year 2083/084 pursuant to Section 111 of the Companies Act, 2063 and determine their remuneration.

(4) To approve the proposal for the distribution of 2.7894 percent cash dividend (including tax purposes for bonus shares) of the company's paid-up capital.

(B) Special Resolutions

(1) To approve the proposal to issue 13 percent bonus shares from the distributable profit of the fiscal year 2082/083 on the paid-up capital as proposed by the Board of Directors.

(2) To change the capital structure of the company.

(3) To amend Clauses 6(ख) and 6(ग) of the company's Memorandum of Association.

(4) To give continuity to the proposal of issuing 30 percent ordinary shares of the issued capital.

(C) Miscellaneous.

3. Other Information Regarding the Meeting

1. The shareholder attendance register will remain open from 11:00 AM onwards.

2. Only shareholders whose names are listed in the shareholder register must attend in person. If unable to attend in person, they may attend through another shareholder appointed as a proxy.

3. Proxy appointment letters must be registered at the registered office at least 24 hours prior to the meeting.

4. Institutional shareholders must send their representatives along with the authorization letter.

Advertisement