
इक्रा नेपाल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाICRA Nepal Limited: Notice of 14th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 16, 2026
चौधौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३/०५/१८ गते बसेको बैठकको निर्णय अनुसार कम्पनीको चौधौं वार्षिक साधारण सभा निम्न विषयहरु उपर छलफल गर्न देहाय बमोजिमको मिति, समय र स्थानमा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
वार्षिक साधारण सभा हुने मिति समय र स्थान :
मिति : २०८३/०६/२२, बिहीबार (तदानुसार ८ अक्टोबर २०२६)
समय : दिनको २:०० बजे
स्थान : एलोफ्ट काठमाडौं ठमेल
छलफलका विषयहरू :
क) सामान्य प्रस्ताव
१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को आर्थिक विवरण माथि छलफल गरी पारित गर्ने।
३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ६२.५० प्रतिशतले हुने नगद लाभांश रु ४,५०,००,०००/- (नगद लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) स्वीकृत गर्ने।
४) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार कम्पनीको आ.व. २०८३/०८४ को हरहिसाबहरू लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने।
ख) विविध
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
साधारण सभा सम्बन्धी सामान्य जानकारी :
१) सभामा भागलिन इच्छुक शेयरधनी महानुभावहरूले आफ्नो परिचय खुल्ने कुनै प्रमाण (जस्तै नागरिकताको प्रमाणपत्र वा अन्य कुनै फोटो सहितको परिचयपत्र) अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ।
२) सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरूले सभा स्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ। हाजिरी पुस्तिका दिनको १:०० बजे देखि खुल्ला रहनेछ।
३) साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रचलित कम्पनी ऐन, २०६३ ले तोके बमोजिमको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) दिई नियुक्त गर्नु पर्नेछ। तर प्रतिनिधि नियुक्त गर्नु भएका शेयरधनी आफैं उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधिपत्र स्वतः बदर हुनेछ।
४) कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेकोमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भागलिन सक्नुहुनेछ।
५) संगठित संस्थाका शेयरधनी भएमा त्यस्तो संगठित संस्थाको तर्फबाट कम्पनीको साधारण सभामा उपस्थित हुनको लागि मनोनित व्यक्तिले शेयरधनी संस्थाको आधिकारिक पत्रका साथ प्रोक्सी फारममा संस्थाको छाप र आधिकारिक व्यक्तिको दस्तखत भएको कागजात पेश गर्नु पर्नेछ।
Notice of the 14th Annual General Meeting
First Date of Publication: 2083/05/31
As per the decision of the meeting of the Board of Directors of this company held on 2083/05/18, the 14th Annual General Meeting of the company is scheduled to be held on the following date, time, and venue to discuss the matters mentioned below. This notice is published for the information of all shareholders in accordance with Section 67 (2) of the Companies Act, 2063.
Date, Time, and Venue of the Annual General Meeting:
Date: 2083/06/22, Thursday (corresponding to 8 October 2026)
Time: 2:00 PM
Venue: Aloft Kathmandu, Thamel
Agenda for Discussion:
a) Ordinary Resolutions
1) To discuss and approve the Annual Report of the Fiscal Year 2082/083 to be presented by the Chairman on behalf of the Board of Directors.
2) To discuss and approve the Financial Statements of the Fiscal Year 2082/083 along with the Auditor's Report.
3) To approve the cash dividend of 62.50 percent of the current paid-up capital amounting to Rs. 4,50,00,000/- (including the tax applicable on cash dividend) as proposed by the Board of Directors.
4) To appoint the Auditor for auditing the accounts of the company for the Fiscal Year 2083/084 pursuant to Section 111 of the Companies Act, 2063 and to fix their remuneration.
b) Miscellaneous
By Order of the Board of Directors,
Company Secretary
General Information Regarding the Annual General Meeting:
1) Shareholders wishing to participate in the meeting are requested to bring a valid identity document (such as a citizenship certificate or any other photo identity card) with them.
2) Every shareholder participating in the meeting must sign the attendance register kept at the meeting venue. The attendance register will be open from 1:00 PM.
3) Shareholders wishing to appoint a proxy to participate in the Annual General Meeting must appoint them by submitting a proxy form in the format prescribed by the prevailing Companies Act, 2063. However, if the shareholder who appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy shall automatically be cancelled.
4) If any corporate body or company has purchased shares, the representative nominated by such corporate body or company may participate in the meeting in the capacity of a shareholder.
5) In the case of corporate shareholders, the person nominated to represent such corporate body in the Annual General Meeting of the company must submit the official letter of the shareholder institution along with the proxy form bearing the institution's stamp and the signature of the authorized person.