
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको छौठौँ वार्षिक साधारण सभा आह्वानManakamana Engineering Hydropower Calls 6th AGM
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 7, 2026
छौठौ वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०४/२४ गते
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको संचालक समितिको मिति २०८३/०४/२१ गते दिउसो ४:३० बजे बसेको बैठकको निर्णय अनुसार निम्न लिखित मिति, समय र स्थानमा निम्न प्रस्ताव उपर छलफल तथा निर्णय गर्न कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार कम्पनीको छौठौ वार्षिक साधारण सभा बस्ने भएकोले सम्पुर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति, समय र स्थान:
मिति : २०८३ भाद्र १७ गते, बुधबार ।
समय : बिहान ८:३० बजे ।
स्थान : क्वालिटी ब्याङ्क्वेट बुद्धनगर-१०, नयाँ बानेश्वर, काठमाडौँ ।
छलफलका विषयहरु:
क) सामान्य प्रस्तावहरु:
- संचालक समितिको तर्फबाट आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
- कम्पनीको लेखा परिक्षकले पेश गर्नु भएको आ.व. २०८२/०८३ को लेखा परिक्षण प्रतिवेदन तथा वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने ।
- कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम हाल लेखा परिक्षण गर्दै आइरहनु भएको श्री भरत एण्ड एसोसिएटस्लाई आ.व. २०८३/०८४ को लेखा परिक्षकको नियुक्ति, पारिश्रमिक निर्धारण र अनुमोदन गर्ने ।
ख) विशेष प्रस्तावहरु:
१. कम्पनीको प्रबन्धपत्र/नियमावली संशोधन गर्ने सम्बन्धमा ।
ग) विविध
साधारण सभा सम्बन्धी सामान्य जानकारीहरु:
- छौठौ वार्षिक साधारण सभा प्रयोजनको लागि २०८३।०५।०२ गते एक दिनको लागि शेयरधनी दर्ता किताब बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३।०५।०१ गते सम्म कारोबार भई यस कम्पनीको शेयर रजिस्ट्रार ग्लोबल आई. एम. ई. क्यापिटल लिमिटेड, नक्साल काठमाडौँमा प्राप्त शेयर नामसारीको लिखत आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन योग्य हुनेछन् ।
- सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले सभाको दिन सभा शुरु हुनु भन्दा अगावै सभा स्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्न अनुरोध छ । हाजिरी पुस्तिका बिहान ०८:०० बजेदेखि ९:०० बजे सम्म खुल्ला रहनेछ ।
- सभामा उपस्थित हुने शेयरधनी महानुभावले सभाकक्ष भित्र प्रवेश गर्नका लागि आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको कुनै प्रमाणपत्र वा हितग्राही खाता विवरण वा शेयर प्रमाण पत्र साथमा लिई आउनु हुन अनुरोध छ ।
- साधारण सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्ति गर्न चाहने शेयरधनी महानुभावहरुले आफ्नो सम्पुर्ण शेयरको एउटै प्रतिनिधि-पत्र (प्रोक्सिफारम) भरी सभा शुरु हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगावै यस कार्यालयमा दर्ता गराईसक्नुपर्ने छ । प्रतिनिधि (प्रोक्सी) नियुक्ति गरिएको व्यक्ति समेत यस कार्यालयको शेयरधनी हुन आवश्यक छ । त्यस्तै एक भन्दा बढि व्यक्तिहरुलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्याएर दिइएको प्रोक्सी बदर हुनेछ ।
- कुनै शेयरधनी महानुभावहरुले छलफलको विषय मध्य विविध शीर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनु भन्दा ७ कार्यदिन अगावै कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनु पर्नेछ । तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रुपमा समावेश गर्ने/नगर्ने अधिकार संचालक समितिको अध्यक्षमा निहित हुनेछ ।
Notice Regarding 6th Annual General Meeting
First Date of Publication: 2083/04/24
Dear Shareholders,
As per the decision of the Board of Directors meeting of this company held on 2083/04/21 at 4:30 PM, the 6th Annual General Meeting of the company is going to be held pursuant to Section 67 of the Companies Act, 2063 to discuss and decide on the following agendas on the following date, time and venue. Therefore, this notice is published for the information of all shareholders.
Date, Time and Venue of Annual General Meeting:
Date: 2083 Bhadra 17, Wednesday.
Time: 08:30 AM.
Venue: Quality Banquet Buddhanagar-10, New Baneshwor, Kathmandu.
Agendas of Discussion:
a) Ordinary Agendas:
1. To discuss and pass the annual report presented on behalf of the Board of Directors for the fiscal year 2082/083.
2. To discuss and pass the auditor's report along with the financial statements for the fiscal year 2082/083 submitted by the auditor of the company.
3. Pursuant to Section 111 of the Companies Act, 2063, to appoint, determine remuneration, and approve M/S Bharat & Associates, who is currently auditing, as the auditor for the fiscal year 2083/084.
b) Special Agendas:
1. Regarding amendment of the Memorandum of Association / Articles of Association of the company.
c) Miscellaneous
General Information Regarding the Annual General Meeting:
1. For the purpose of the 6th Annual General Meeting, the Shareholder Register Book will remain closed for one day on 2083।05।02. Only those shareholders whose names are maintained in the shareholder register based on share transfer deeds received by the company's Share Registrar Global IME Capital Limited, Naxal Kathmandu by trading up to 2083।05।01 in Nepal Stock Exchange Limited will be eligible to participate in the meeting.
2. Shareholders wishing to participate in the meeting are requested to sign the attendance register located at the meeting venue prior to the start of the meeting on the day of the meeting. The attendance register will remain open from 08:00 AM to 9:00 AM.
3. Shareholders attending the meeting are requested to bring a photo identity card clearly disclosing their identity or beneficiary account statement or share certificate with them to enter the hall.
4. Shareholders who wish to appoint a proxy to participate in the annual general meeting must fill out a single proxy form for all their shares and register it at this office at least 48 hours before the meeting time. The person appointed as proxy must also be a shareholder of this office. Likewise, proxies given by splitting shares among more than one person or separated in any other manner will be void.
5. If any shareholders wish to discuss/raise any matter regarding the company under the miscellaneous topic among the subjects of discussion, they must submit a written proposal through the Company Secretary to the Chairman of the Board of Directors at least 7 working days before the meeting. However, the right to include/not include such proposal for discussion or debate in the annual general meeting shall be vested in the Chairman of the Board of Directors.