
नबिल स्टक डिलर लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाNabil Stock Dealer Limited: Notice of 5th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 15, 2026
नबिल स्टक डिलर लिमिटेड
५ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३० गते)
नबिल स्टक डिलर लिमिटेडको मिति २०८३/०५/२९ मा बसेको सञ्चालक समितिको ६६ औं बैठकको निर्णयानुसार कम्पनीको ५ औं वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) बमोजिम शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा बस्ने मिति, समय र स्थान :
मिति : २०८३ साल आश्विन २१ गते बुधबार (तदनुसार अक्टुबर ०७, २०२६)
स्थान : नबिल स्टक डिलर लिमिटेड, रजिष्टर्ड कार्यालय, तीनधारा, दरबारमार्ग, काठमाडौँको सभा कक्ष ।
समय : बिहान ११:०० बजे देखि ।
छलफलका विषयहरु :
क. सामान्य प्रस्तावहरु:
- आ.व. २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
- लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तको कम्पनीको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब, अन्य विस्तृत आय विवरण तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने ।
- कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
ख. विशेष प्रस्तावहरु :
१. कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।
ग. विविध
सञ्चालक समितिको निर्णयानुसार
कम्पनी सचिव
Nabil Stock Dealer Limited
Notice of 5th Annual General Meeting
(First Date of Publication: 2083/05/30)
As per the decision of the 66th meeting of the Board of Directors of Nabil Stock Dealer Limited held on 2083/05/29, the company's 5th Annual General Meeting is scheduled to be held at the following date, time, and venue to discuss and decide on the matters listed below. This notice is published for the information and attendance of the shareholders in accordance with Section 67 (2) of the Companies Act, 2063.
Date, Time, and Venue of the Meeting:
Date: 2083 Ashwin 21, Wednesday (corresponding to October 07, 2026)
Venue: Meeting Hall of Nabil Stock Dealer Limited, Registered Office, Tindhara, Durbar Marg, Kathmandu.
Time: From 11:00 AM onwards.
Agendas for Discussion:
A. Ordinary Resolutions:
1. To discuss and approve the Board of Directors' report for the F.Y. 2082/83.
2. To discuss and approve the financial statements of the company as of Ashad end 2083, including the auditor's report, along with the profit and loss account, other comprehensive income statement, and cash flow statement for the F.Y. 2082/83 ended on the same date.
3. To appoint the auditor for the F.Y. 2083/84 pursuant to Section 111 of the Companies Act, 2063 and to determine their remuneration.
B. Special Resolutions:
1. To delegate full authority to the Board of Directors to make necessary amendments to the company's Memorandum of Association and Articles of Association.
C. Miscellaneous
By Order of the Board of Directors
Company Secretary