Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
14 Sep, 2026
नेपाल ल्यूव आयल लिमिटेडको ३५औं वार्षिक साधारण सभाको सूचना

नेपाल ल्यूव आयल लिमिटेडको ३५औं वार्षिक साधारण सभाको सूचनाNepal Lube Oil Limited: Notice of 35th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 14, 2026

नेपाल ल्यूव आयल लिमिटेडको

पैंतीसौ वार्षिक साधारण सभाको सूचना

मिति २०८३।०५।२६ मा बसेको सञ्चालक समितिको ३५१ औं बैठकको निर्णय अनुसार यस कम्पनीको पैंतीसौं वार्षिक साधारण सभा निम्नलिखित मिति, समय, र स्थानमा देहायका विषयहरू उपर छलफल गर्न बस्ने भएको हुँदा सम्पूर्ण सेयरधनी महानुभावहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

मिति : २०८३ साल आश्विन १९ गते (५ अक्टोवर, २०२६), सोमबार। समय : बिहान ११:३० बजे ।स्थान : द प्लाजा (कपर फ्लोर), पुल्चोक, ललितपूर

छलफलका विषय सूची :

क) आ.ब.२०८२।८३को सञ्चालक समितिको प्रतिवेदन सहित सोमा उल्लेखित यसवर्षका नीति, कार्यक्रम र योजनाहरू माथि छलफल गरी पारित गर्ने ।

ख) आ.व.२०८२।८३ को लेखा परीक्षकको प्रतिवेदन, २०८३ आसाढ मसान्तको वासलात र आ.व.२०८२।८३ को आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरि स्वीकृत गर्ने ।

ग) यस कम्पनीका सहायक कम्पनीहरू NLOL Energy Ltd र NLOL synergy Ltd को वित्तीय विवरणहरू सहितको एकीकृत वित्तीय विवरण छलफल गरि पारित गर्ने ।

घ) कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम लेखा परिक्षण समितीबाट पारित गरि सञ्चालक समितीबाट अनूमोदन भएको आ.व.२०८३।८४ को कारोवारको लागि बाह लेखा परिक्षकमा पि.प्रमास एण्ड एसोसिएट्स लाई पारिश्रमिक रु. ३,००,०००।०० सहितको नियूक्ती प्रस्तावलाई अनूमोदन गर्ने । (विभिन्न ३ लेखा परिक्षक वाट प्रस्ताव प्राप्त भएको थियो)

ङ) मिति २०८३।०३।२५ गते बसेको ३८९ एवं ३९० औं सञ्चालक समितिको बैठक बमोजिमको सञ्चालक समितिको पूर्नगठनलाई अनूमोदन गर्ने । अध्यक्ष एवंम प्रमूख कार्यकारी अधिकृत र कार्यकारी सञ्चालकको पारिश्रमिक र सर सुविधाहरु निजहरुको यसअधिको पदमा प्राप्त हुने सम्पूर्ण पारिश्रमिक र सुविधाहरुबाट नघटने गरि प्रदान गर्ने गरिएको सोहि बैठकको निर्णयलाई अनूमोदन गर्ने ।

(च) सल्लाहकार नियुक्तिः सञ्चालक समितिले कम्पनीको कार्यसञ्चालन, व्यवसायिक विकास, वित्तीय, प्राविधिक, वाणिज्यिक, कानूनी वा अन्य विशेष विषयमा विशेषज्ञ राय, परामर्श तथा सहयोग प्राप्त गर्न आवश्यकतानुसार एक वा एकभन्दा बढी व्यक्तिलाई सल्लाहकार (Advisor) को रूपमा नियुक्त गर्न सञ्चालक समिति लाइ अधिकारी दिन को निमित्त । सल्लाहकारको नियुक्ति, कार्यक्षेत्र, कार्यकाल, पारिश्रमिक तथा पदमुक्ति सञ्चालक समितिको निर्णय बमोजिम हुनेछ । सल्लाहकार कम्पनीको सञ्चालक समितिको बैठकमा मतदान गर्ने अधिकार हुने छैन । सोको निमित्त प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

विशेष प्रस्ताव

क) सञ्चालक समितिको ३५१ औं बैठकले सिफारिस गरे बमोजिम १५ प्रतिशत बोनस शेयर लाभांस तथा ६.०५२६४% नगद लाभांस (अर्थात रु. ५२,५२,१३८।८३ नगद लाभांस) गरि जम्मा चुक्ता पूँजीको २१.०५२६४% लाभांस (नगद लाभांस द्वै लाभांस कर कट्टा प्रयोजनको निमित्त मात्र उपयोग पश्चात नगद लाभांस वितरण गर्नु) वितरणको निमित्त स्वीकृत गर्ने ।

ख) प्रस्तावित वोनस सेयर कम्पनीको आ.ब.२०८२।८३ को अर्थात २०८३ आसाढ मसान्तको वासलात बमोजिमको चुक्ता पुंजीमा प्रदान गर्ने । कम्पनीले यस अघि १:२ हकप्रद शेयर निष्कासनको निमित्त श्री धितोपत्र बोर्डमा पेश भएको निवेदनमा उल्लेख रहेको शेयर संख्या १४,५७,२५३.६० कित्तामा मात्र हकप्रद शेयर निष्कासन लागू हुने र यो आ.ब. एवंम यसअधिको आ.ब. अर्थात २०८१।८२ र २०८२।८३ अर्थात ३४औं र ३५औं वार्षिक साधारण सभाबाट स्वीकृती सहित वितरित थप बोनस शेयरलाई उक्त १४,५७,२५३. ६० कित्ता भित्र सिमित रही दामासाही तरिकाले हकप्रद शेयर निष्कासन ठहरिने ।

ग) यस साधारण सभाबाट पारित बोनस शेयर लाभांस र मिति २०८१।१०।२९ को विशेष साधारण सभाबाट सर्वसम्मतरुपमा स्वीकृत भई हाल SEBON मा स्वीकृतीको निमित्त पेश भएको कम्पनीको १:२ अनूपातको हकप्रद शेयर निष्कासन (1:2 Ratio, Right share Issue) पश्चात् प्राप्त पूँजीको व्यवसायमा उपयोग गर्ने सम्बन्धमा ।

घ) माथिको बोनस शेयर स्वीकृत र हकप्रद शेयरबाट प्राप्त पूंजी वृद्धिको प्रस्तावहरु स्वीकृत पश्चात सोहिको निमित्त कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने ।

ङ) अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धी गर्ने र माथिका अन्य सवै निर्णयहरु कार्यान्वयनको निमित्त कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न विवरणहरु तयार गरी श्री कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य आवश्यक नियमन निकायहरु नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, CDS clearing Ltd. तथा अन्य सरकारी एवंम गैरसरकारी कार्यालयहरुमा उक्त कार्य एवंम धितोपत्र निष्कासन सम्बन्धि एवंम बोनस शेयर लिष्टिङ्ग सहितका अन्य सवैकिस्मका कार्य गर्न गराउन कम्पनी सचिव श्री सुवास आचार्य लाइ अख्तियारी प्रदान गर्न संचालक समितीलाई पूर्ण रुपमा अख्तीयारी प्रदान गर्ने ।

च) विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

साधारण सभाहुने सम्बन्धमा सामान्य जानकारी

  1. प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएकोमा सो प्रतिनिधिपत्र कम्पनीको कर्पोरेट कार्यालय, साकेत भवन, त्रिपुरेश्वर, काठमाण्डौंमा सभा सुरु हुनुभन्दा कम्तीमा ७२ घण्टा अगाडि दर्ता गरी सक्नु पर्नेछ । सेयरवालाको नाम सेयर संख्या र दस्तखत नमिलेको प्रतिनिधिपत्र रद्द हुन्छ ।
  2. उपस्थित गणपूरक संख्या सभा संचालनको निमित्त निर्दिष्ट संख्या अनुसार पर्याप्त भएमा मात्र सभा संचालन हुने छ ।
  3. साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयर दाखिल खारेजको काम मिति २०८३।०६।०५ देखि २०८३।०६।१९ सम्म बन्द रहने छ ।
  4. साधारण सभाको सूचना र आर्थिक विवरण सेयरधनीको दर्ता किताबमा कायम रहेको ठेगानामा पठाइने छ ।
  5. साधारण सभा सम्बन्धी अन्य कुराहरुको जानकारी आवश्यक भएमा कम्पनीको कर्पोरेट कार्यालय, साकेत भवन, त्रिपुरेश्वरमा, कार्यालय समयमा सम्पर्क राखी लिन सकिने छ ।

Nepal Lube Oil Limited

Notice of the 35th Annual General Meeting

As per the decision of the 351st meeting of the Board of Directors held on 2083।05।26, the 35th Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss the matters mentioned below. Therefore, all shareholder gentlemen are requested to attend.

Date: 2083 Ashwin 19 (5 October, 2026), Monday. Time: 11:30 AM. Venue: The Plaza (Copper Floor), Pulchowk, Lalitpur.

Agenda for Discussion:

A) To discuss and approve the annual policies, programs, and plans of this year as mentioned in the Board of Directors' report of F.Y. 2082।83.

B) To discuss and approve the Auditor's Report of F.Y. 2082।83, the Balance Sheet as of Ashad end 2083, and the Income Statement and Cash Flow Statement of the same period.

C) To discuss and approve the Consolidated Financial Statements along with the financial statements of the subsidiary companies NLOL Energy Ltd and NLOL Synergy Ltd.

D) To approve the proposal for the appointment of Pi. Pramas & Associates as the external auditor for the transactions of F.Y. 2083।84 with a remuneration of Rs. 3,00,000।00, as passed by the Audit Committee and approved by the Board of Directors pursuant to Section 111 of the Companies Act, 2063. (Proposals were received from 3 different auditors).

E) To approve the reconstitution of the Board of Directors as per the 389th and 390th meetings of the Board of Directors held on 2083।03।25. To approve the decision of the same meeting to provide the remuneration and facilities of the Chairman & Chief Executive Officer and Executive Director without reducing them from the total remuneration and facilities received by them in their previous tenure.

F) Appointment of Advisor: To authorize the Board of Directors to appoint one or more persons as Advisor(s) to obtain expert opinion, consultation, and support on company operations, business development, financial, technical, commercial, legal, or other special matters as required. The appointment, scope of work, tenure, remuneration, and removal of the advisor shall be as per the decision of the Board of Directors. The advisor shall not have the right to vote in the meetings of the Board of Directors. To approve the proposal to make necessary amendments to the Memorandum and Articles of Association for this purpose.

Special Resolutions

A) To approve the distribution of 15 percent bonus shares and 6.05264% cash dividend (i.e., Rs. 52,52,138।83 cash dividend) making a total of 21.05264% dividend of the paid-up capital as recommended by the 351st meeting of the Board of Directors (the cash dividend is to be distributed only after utilizing it for the purpose of dividend tax deduction for both dividends).

B) To provide the proposed bonus shares on the paid-up capital as of Ashad end 2083 according to the Balance Sheet of F.Y. 2082।83. The right share issuance shall be applicable only to the share quantity of 14,57,253.60 units mentioned in the application submitted to the Securities Board of Nepal (SEBON) for the 1:2 right share issuance previously, and the additional bonus shares distributed with approval from the F.Y. and previous F.Y. i.e., 2081।82 and 2082।83 (i.e., 34th and 35th Annual General Meetings) shall be limited within the said 14,57,253.60 units and determined for right share issuance on a pro-rata basis.

C) Regarding the utilization of capital received after the 1:2 ratio right share issue (1:2 Ratio, Right share Issue) of the company, which was unanimously approved by the Special General Meeting held on मिति 2081।10।29 and the bonus shares approved by this Annual General Meeting, and currently submitted to SEBON for approval.

D) To amend the Memorandum of Association to increase the Authorized, Issued, and Paid-up Capital of the company for this purpose after the approval of the above bonus shares and capital increase proposals from right shares.

E) To fully authorize the Board of Directors to prepare documents for amending the Memorandum and Articles of Association to increase the Authorized Capital, Issued Capital, and Paid-up Capital and to implement all other decisions mentioned above, and to submit them to the Office of the Company Registrar and other necessary regulatory bodies like Securities Board of Nepal (SEBON), Nepal Stock Exchange (NEPSE), CDS Clearing Ltd., and other government and non-government offices for the said work, including listing of bonus shares and all other types of works, and to authorize the Company Secretary Mr. Suvas Acharya for the same.

F) Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

General Information Regarding the Annual General Meeting

1. If a proxy is appointed, the proxy form must be registered at the company's corporate office, Saket Bhawan, Tripureshwor, Kathmandu, at least 72 hours before the commencement of the meeting. Proxy forms with mismatched shareholder names, share numbers, and signatures will be cancelled.

2. The meeting will be conducted only if the required quorum is present as specified for conducting the meeting.

3. For the purpose of the Annual General Meeting, the share transfer book of the company will remain closed from 2083।06।05 to 2083।06।19.

4. The notice of the Annual General Meeting and the financial statements will be sent to the addresses maintained in the shareholders' register.

5. For any other information regarding the Annual General Meeting, shareholders may contact the company's corporate office, Saket Bhawan, Tripureshwor, during office hours.

Advertisement