
नर्भिक इन्टरनेसनल हस्पिटलको वार्षिक साधारण सभा आह्वानNorvic International Hospital Calls Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 6, 2026
नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको
वार्षिक साधारण सभा सम्बन्धी सूचना
यस नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको मिति २०८३/०४/१९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा देहायका विषयहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उल्लेखित मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
सभा हुने मिति, स्थान र समय :
सभा हुने मिति : २०८३ साल भाद्र महिना १५ गते (तदनुसार ३१ अगष्ट, २०२६)
स्थान : काठमाडौँ म्यारियट होटल (कोशी हल) ।
समय : १२:३० बजे ।
वार्षिक साधारण सभाको छलफलको विषयहरू :
क) साधारण प्रस्तावहरु :
- सञ्चालक समितिको वार्षिक प्रतिवेदन आ.व. २०८२/०८३ उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने ।
- हस्पिटलको सहायक कम्पनी Norvic Pharmacy Pvt. Ltd. समेतको आ.व. २०८२/८३ को वित्तीय विवरण सहितको एकीकृत Consolidated) वित्तीय विवरण पारित गर्ने ।
- कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- आ.व. २०८२/०८३ को मुनाफाबाट (कर प्रयोजन समेत समावेश गरी) नगद लाभांश वापत प्रतिशेयर २२.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने ।
- विविध ।
ख) विशेष प्रस्तावहरु
- आ.व. २०८२/०८३ को मुनाफाबाट लाभांश वापत २० प्रतिशत बोनस शेयर वितरण गर्ने ।
- आ.व. २०८२/०८३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको २० प्रतिशत बराबरको शेयर बुक बिल्डिङ (Book Building) प्रक्रियाबाट सर्वसाधारणका लागि (कर्मचारी व्यवस्था समेत) शेयर निष्काषण गर्ने तथा यस प्रक्रियाका लागि संस्थागत लगानीकर्ताहरूलाई वितरण गरिने विवरण पत्र स्वीकृति गर्ने लगायतका काम कारवाहि गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।
- बोनस शेयर जारी पश्चात आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने ।
साधारण सभा सम्बन्धी थप संक्षिप्त जानकारी:
१. साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता किताब मिति २०८३/०४/३१ गते एक दिन बन्द रहनेछ । शेयरधनी दर्ता किताब बन्द (Book close) हुनुभन्दा अघिल्लो दिन सम्म कारोबार भई नियमानुसार नामसारी भई आएका शेयरधनीहरुले सो सभामा भाग लिन, मतदान गर्न र आ.व. २०८२/०८३ को लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
२. वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका बिहान १२:०० बजेदेखि खुल्ला रहनेछ ।
Notice Regarding the Annual General Meeting of
Norvic International Hospital and Medical College Limited
As per the decision of the Board of Directors meeting of Norvic International Hospital and Medical College Limited held on 2083/04/19, the Annual General Meeting of this company will be held on the following date, location, and time to discuss and decide upon the topics listed below. Pursuant to Section 67 of the Companies Act, 2063, this notice is published for the information of all respected shareholders. All respected shareholders are cordially requested to attend at the stated date, location, and time.
Date, Location, and Time of the Meeting:
Date: 2083 Bhadra 15 (corresponding to 31 August, 2026)
Location: Kathmandu Marriott Hotel (Koshi Hall).
Time: 12:30 PM.
Agendas for Discussion at the Annual General Meeting:
a) Ordinary Resolutions:
1. To discuss and approve the Board of Directors' Annual Report for Fiscal Year 2082/083.
2. To discuss and approve the company's annual financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for Fiscal Year 2082/083.
3. To approve the consolidated financial statement including the financial statement of the hospital's subsidiary company, Norvic Pharmacy Pvt. Ltd., for Fiscal Year 2082/83.
4. To appoint an auditor for Fiscal Year 2083/084 pursuant to Section 111 of the Companies Act, 2063 and determine their remuneration.
5. To distribute cash dividend at 22.105 percent per share (including tax purposes) from the profit of Fiscal Year 2082/083.
6. Miscellaneous.
b) Special Resolutions:
1. To distribute 20 percent bonus shares as dividend from the profit of Fiscal Year 2082/083.
2. To issue shares equivalent to 20 percent of the paid-up capital maintained after the distribution of 20 percent bonus shares from the profit of Fiscal Year 2082/083 to the general public (including employee quota) through Book Building process, and to delegate authority to the Board of Directors to carry out necessary acts including approving the prospectus to be distributed to institutional investors for this process.
3. To delegate authority to the Board of Directors to make necessary amendments to the Memorandum and Articles of Association after the issuance of bonus shares.
Additional Brief Information Regarding the Annual General Meeting:
1. For the purpose of the Annual General Meeting, the company's Share Register Book will remain closed for one day on 2083/04/31. Shareholders who have traded up to the day prior to the Book Close and have been legally transferred in the register will be eligible to participate in, vote at the meeting, and receive the dividend for F.Y. 2082/083.
2. Respected shareholders wishing to participate in the Annual General Meeting must attend at the venue and sign the attendance register there. The attendance register will be open from 12:00 PM.