Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Aug, 2026
रिज लाइन इनर्जीको दोस्रो विशेष साधारण सभा आह्वान

रिज लाइन इनर्जीको दोस्रो विशेष साधारण सभा आह्वानRidge Line Energy Calls Second Special General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 27, 2026

दोस्रो विशेष साधारण सभाको सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०५/११

श्री शेयरधनी महानुभावहरु,

मिति २०८१/०५/११ मा बसेको यस कम्पनीको सञ्चालक समितिको ११९ औं बैठकको निर्णयानुसार कम्पनीको दोस्रो विशेष साधारण साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सभा बस्ने मिति, समय र स्थान

मिति : २०८१ साल आश्विन २ गते (तदनुसार सन् २०२४ सेप्टेम्बर १८) शुक्रवार ।

समय : बिहान ११:०० बजे ।

स्थान : काठमाण्डौ जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. ७ स्थित ग्रीन ल्यान्ड ब्याङ्क्वेट एन्ड रेस्टुरेन्ट प्रा.लि. ।

छलफल तथा निर्णयका लागि निर्धारित विषयसूची

क) विशेष प्रस्ताव:

(१) कम्पनीको नियमावलीमा संशोधन गर्ने बारे ।

ख) विविध ।

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारी

(१) दोस्रो विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका मिति २०८१/०५/२३ गते १ (एक) दिन बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८१/०५/२२ गतेसम्म कारोवार भई म्याद भित्र यस कम्पनीको शेयर रजिष्ट्रार एवं रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सो साधारण सभामा भाग लिन र मतदान गर्न पाउने छन् ।

(२) साधारण सभामा भाग लिन ईच्छुक शेयरधनी महानुभावहरुलाई आफ्नो आधिकारिक परिचयपत्र (फोटो सहित हुन पर्नेछ) सहित शेयरधनी प्रमाणपत्र र अभौतिकीकरण गरिसकेको शेयरको हकमा हितग्राही खाता विवरण अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभाकक्षमा भित्र प्रवेश गर्न पाइने छैन ।

(३) शेयरधनी महानुभावहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी पुस्तिका विहान १०:०० बजे देखि सभा खुल्ला गरिनेछ ।

(४) साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि कम्पनीको रजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा दर्ता गराई सक्नु पर्नेछ । प्रोक्सी फारम कम्पनीको वेबसाइटबाट डाउनलोड गरि लिन सकिनेछ ।

(५) कम्पनीको शेयरधनी बाहेक अरुलाई प्रतिनिधि (प्रोक्सी) दिन र एकभन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्टयाई प्रतिनिधि (प्रोक्सी) दिन पाइने छैन, यसरी दिइएको प्रतिनिधि (प्रोक्सी) बदर हुनेछ । तर प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधिपत्र (प्रोक्सी) बदर गरी यो प्रतिनिधिपत्र (प्रोक्सी) लाई मान्यता दिइयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फारम कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा शुरु हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइने छ ।

(६) प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसक्नु भएका शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गर्नु भएमा अघि दिइएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।

(७) छलफलको विषय मध्ये विविध शीर्षक अन्तर्गत कुनै विषयमा सभामा छलफल गर्नु पर्ने भए ईच्छुक शेयरधनीले सभा हुनुभन्दा ७ (सात) दिन अगावै कम्पनीको रजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा आई उक्त विषय कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ । तर सो कुरा अध्यक्षको अनुमति भएमा मात्र छलफल गरिनेछ ।

(८) एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा शेयरधनीको दर्ता किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले साधारण सभामा भाग लिन सक्नु हुनेछ ।

(९) नाबालक वा भिन्न शारीरिक क्षमताका शेयरधनीहरुको तर्फबाट कम्पनीको शेयरधनी दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भइरहेका महानुभावहरुले साधारण सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ ।

(१०) साधारण सभा सम्वन्धमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, कुपण्डोल, ललितपुरमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।

(११) शेयरधनी महानुभावहरुले व्यक्त गर्नु भएका मन्तव्य तथा प्रश्नहरुको सम्वन्धमा सञ्चालक समितिका तर्फबाट सामुहिक रुपले उत्तर दिन सकिनेछ ।

(१२) शान्ति सुरक्षाका कारण साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई यथासक्य झोला, व्याग नल्याउनु हुन अनुरोध छ । सभाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले शेयरधनी महानुभावहरु लगायत सभाकक्षमा प्रवेश गर्ने सबैको झोला, व्याग र शरीर जाँच गर्न सक्नेछन् ।

Notice Regarding the Second Special General Meeting

First Published Date: 2081/05/11

Respected Shareholders,

As per the decision of the 119th meeting of the Board of Directors of this company held on 2081/05/11, the company's Second Special General Meeting will be held on the following date, time, and venue to discuss and decide on the following agendas; hence, this notice is published requesting the presence of all respected shareholders.

Date, Time, and Venue of the Meeting

Date: Ashwin 2, 2081 (corresponding to September 18, 2024) Friday.

Time: 11:00 AM.

Venue: Green Land Banquet and Restaurant Pvt. Ltd., Chandragiri Municipality Ward No. 7, Kathmandu District.

Agendas Scheduled for Discussion and Decision

A) Special Agendas:

(1) Regarding amendments to the company's Articles of Association.

B) Miscellaneous.

By Order of the Board of Directors,

Company Secretary

Other Information Regarding the General Meeting

(1) The company's shareholder register book will remain closed for 1 (one) day on 2081/05/23 for the purpose of the Second Special General Meeting. Shareholders registered in the shareholder book based on share transfer deeds received within the deadline following trading on Nepal Stock Exchange Limited up to 2081/05/22 at the company's Share Registrar and Registrar and Transfer Agent Prabhu Capital Limited, Kamaladi, Kathmandu, will be eligible to participate and vote in the general meeting.

(2) Shareholders wishing to participate in the general meeting are requested to mandatorily bring their official identity card (with photo) along with the share certificate and, in the case of dematerialized shares, the beneficiary account statement (Demat account), failing which entry into the meeting hall will not be permitted.

(3) For signing the attendance register, the shareholder attendance book will be opened from 10:00 AM.

(4) Shareholders wishing to appoint a representative (proxy) to participate in the general meeting must complete the proxy form in the format prescribed by prevailing company law and register it at the company's registered office in Kupondole, Lalitpur, at least 48 hours prior to the commencement of the meeting. The proxy form can be downloaded from the company's website.

(5) Proxies cannot be given to anyone other than a shareholder of the company, nor can shares be divided among more than one person or assigned as proxy in any other manner; proxies given in such manner will be invalid. However, if a shareholder who has appointed a proxy wishes to change the representative, they may register a new proxy form along with a separate letter stating that the previously issued proxy is cancelled and the new proxy should be recognized, at the company's registered office at least 48 hours prior to the meeting, in which case the previous proxy will automatically be deemed cancelled and the latest proxy will be recognized.

(6) If a shareholder who has appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy given earlier will automatically become void.

(7) If any shareholder wishes to discuss any agenda under the 'Miscellaneous' category, they must submit written notification to the Chairperson of the Board of Directors through the Company Secretary at the company's registered office in Kupondole, Lalitpur, at least 7 (seven) days prior to the meeting. However, discussion on such matter will only be held upon approval of the Chairperson.

(8) In the case of shares registered under joint names of more than one person, only one representative unanimously chosen by them or the person whose name is listed first in the shareholder register book may participate in the general meeting.

(9) On behalf of minors or persons with different physical abilities, guardians registered in the company's shareholder register book may participate in the general meeting, vote, or appoint a proxy.

(10) If additional information is required regarding the general meeting, it is requested to contact the company's registered office at Kupondole, Lalitpur, during office hours.

(11) Statements and questions raised by the shareholders may be addressed collectively on behalf of the Board of Directors.

(12) Due to security reasons, shareholders attending the general meeting are requested to avoid bringing bags and luggage as much as possible. Security personnel deployed for the meeting's safety may inspect bags, luggage, and perform body checks on all persons entering the hall, including shareholders.

Advertisement