Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
15 Sep, 2026
स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाSnow Rivers Limited: Notice of 5th Annual General Meeting

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 15, 2026

पाँचौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०५/३० गते)

श्री आदरणीय शेयरधनी महानुभावहरु,

यस स्नो रिभर्स लिमिटेडको मिति २०८३/०५/२९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम, यस कम्पनीको पाँचौं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा (२) तथा कम्पनी नियमावलीको नियम १८ को उपनियम (३) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

साधारण सभा हुने मिति, समय र स्थानः

मिति : २०८३ साल आश्विन २१ गते बुधबार (तदनुसार अक्टुबर ७, २०२६) ।

समय : बिहान ८:३० बजे

स्थान : लिसरा रिसेप्सन्स प्रा.लि., भगवती बहाल, नक्साल, काठमाडौं ।

छलफलका विषयहरु :

(क) साधारण प्रस्तावहरुः

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आ.व.२०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
  3. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
  4. सञ्चालक समिति सदस्यहरुको बैठक भत्ता पुनरावलोकन गरी बृद्धि गर्ने ।
  5. सञ्चालक समितिको मिति २०८२/१०/२६ को बैठकको निर्णय बमोजिम एनएमबि बैंक लिमिटेडबाट Loan Against IPO स्वीकार गर्ने सम्बन्धी निर्णय अनुमोदन गर्ने।
  6. सञ्चालक समितिले विभिन्न जलविद्युत आयोजना/कम्पनीमा शेयर लगानी गर्ने सम्बन्धमा गरेको निर्णयलाई अनुमोदन गर्ने ।
  7. आगामी कार्यकालको लागि सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व हुने गरी १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने ।

ख) विशेष प्रस्तावहरुः

  1. संचालक समिति बैठकको सिफारिस बमोजिम आ.व.२०८२/८३ को मुनाफाबाट प्रस्ताव गरिएको र विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भई, कम्पनीको हाल कायम चुक्ता पूँजी रु.९३,७५,००,०००/- (अक्षरेपी त्रियानब्बे करोड पचहत्तर लाख रुपैयाँ मात्र) को १०% (दश प्रतिशत) को दरले हुने रु.९,३७,५०,०००/- (अक्षरेपी नौ करोड सैंतीस लाख पचास हजार मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी निर्णय स्वीकृति तथा अनुमोदन गर्ने, साथै कर प्रयोजनको लागि ०.५२६३% (शून्य दशमलव पाँच दुई छ तीन प्रतिशत) नगद लाभांश व्यवस्था गर्ने ।
  2. कम्पनीको प्रबन्धपत्रको दफा ६ संशोधन गरी अधिकृत, जारी र चुक्ता पूँजी बृद्धि गर्ने ।
  3. कम्पनीको प्रबन्धपत्रको दफा ८ र १२ शेयर खरिद वा हस्तान्तरणमा बन्देज सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने ।

(ग) विविधः

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

वार्षिक साधारणसभा सम्बन्धी अन्य जानकारीहरुः

  1. प्रतिनिधि (प्रोक्सी) मार्फत साधारण सभामा भाग लिन चाहने शेयरधनीहरुले कम्तीमा ४८ घण्टा अगावै कम्पनीको केन्द्रीय कार्यालयमा कम्पनीले तोकेको प्रोक्सी फारम भरेर पेश गरिसक्नु पर्नेछ । एक भन्दा बढी प्रोक्सीको नाम उल्लेख गरेमा प्रोक्सी फारम रद्द गरिनेछ ।
  2. कम्पनीको वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/०८ गते बिहीबार १ दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द (Book Close) गरिनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/०७ गते बुधबारसम्म कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सो सभामा भाग लिन, बोनस शेयर प्राप्त गर्न र निर्वाचनमा सहभागी हुन योग्य हुनेछन् ।
  3. सञ्चालक निर्वाचन सम्बन्धी सूचना, जानकारी तथा सो सम्बन्धी कागजातहरु कम्पनीको प्रधान कार्यालय स्थित निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त गर्न सकिने छ।
  4. छलफलका विषय सूची मध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै सो सम्बन्धी प्रस्ताव कारण सहित उल्लेख गरी कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु पर्नेछ ।
  5. वार्षिक साधारण सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने सक्कल प्रमाण-पत्र तथा शेयरधनी प्रमाण खुल्ने आधिकारीक कागजात प्रस्तुत गरेपछि मात्र सभा कक्षमा प्रवेश गर्न पाउनु हुनेछ । कुनै शेयरधनीले कुनै कारणवश शेयरमा हक दावी गर्न कागजातपत्र प्राप्त गर्न नसक्नु भएमा कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
  6. अन्य जानकारीको लागि कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा फोन नं. ०१-४५४२७८२ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।

आदरणीय शेयरधनी महानुभावहरु,

यस स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभाको प्रयोजनार्थ आ.व. २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब लगायत कम्पनीको कारोबारको संक्षिप्त आर्थिक विवरण यहाँहरुको जानकारीको लागि यसै साथ प्रकाशित गरेका छौं । कम्पनीले नेपाल लेखामान बोर्ड (ASB) ले लागू गरे बमोजिमको नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अनुसार वित्तीय विवरण तयार गरी सोहि बमोजिमको संक्षिप्त विवरण यहाँहरुको जानकारीको लागि यसै साथ प्रकाशित गरिएको छ ।

आ.व. २०८२/८३ को कारोबारको सिंहावलोकन :

यस कम्पनीद्वारा सञ्चालित ताप्लेजुङ्ग जिल्ला सिरीजंघा गाँउपालिका वडा नं. ८ स्थित सुपर काबेली खोला ए जलविद्युत आयोजना (२१.५ मे.वा.) लाई विगतको आ.व.मा जस्तै दक्षता पूर्वक सञ्चालन गरी विद्युत उर्जा बिक्रीबाट कम्पनीको आम्दानी अधिकतम बनाउने कार्यलाई प्रस्तुत आ.व.२०८२/८३ लाई निरन्तरता दिइएको छ । तसर्थ प्रस्तुत आ.व.मा समेत विद्युत उत्पादनको स्थिति सन्तोषजनक रही कम्पनी मुनाफामा रहेको छ ।

AUDITED STATEMENT OF FINANCIAL POSITION

Amount in NPR

ParticularsAs on 32nd Ashadh 2082As on 32nd Ashadh 2082
Assets
Non Current Assets
Property, Plant and Equipment९,७२३,२८१११,१७१,७०९
Intangible Asset under Service Concession Arrangement२,६६४,०६८,६०१२,५६८,०५४,५९४
Right-of-Use Assets५,४०८,३०३७,१२१,७१०
Financial Assets
Investments in Equity Instruments९३,७५०,०००-
Total Non Current Assets२,७७२,९५०,१८५२,५८६,३४८,०१३

Current Assets

Inventories ४९४,९४० -

Financial Assets
Trade and Other Receivables९१,९९४,५७७९३,८४५,००५
Cash and Cash Equivalents१७,११४,३९७६३,८८७,७४०
Margin & Deposits१,८९७,००५५,१०२,४११
Other Financial Assets९३,७५०,०००-
Other Current Assets३०,६०४,५६३५१,९८३,२७६
Total Current Assets२३५,८५५,४८२२१४,८१८,४३२
TOTAL ASSETS३,००८,८०५,६६७२,८०१,१६६,४४५
EQUITY & LIABILITIES
Equity
Share Capital९३७,५००,०००७५०,०००,०००
Other Equity१०६,८११,२६५३७,९२१,६५७
Total Equity१,०४४,३११,२६५७८७,९२१,६५७
LIABILITIES
Non-Current Liabilities
Financial Liabilities
Long Term Borrowings१,८२१,८३७,५१४१,९१५,७९८,८२२

Lease Liabilities - Non-Current ४,५३७,३६५ ५,७७७,४९३

Total Non-Current Liabilities१,८२६,३७४,८७९१,९२१,५७६,३१६
Current Liabilities
Financial Liabilities
Short Term Borrowings११८,९६०,९८७७४,४५३,१५५
Trade & Other Payable९,७४९,६०८८,७६१,१८९

Lease Liabilities - Current १,५६९,२०३ २,२४४,२५८

Other Current Liabilities७,८३९,७२६६,२०९,८७१
Total Current Liabilities१३८,११९,५२३९१,६६८,४७२
TOTAL EQUITY & LIABILITIES३,००८,८०५,६६७२,८०१,१६६,४४५

AUDITED STATEMENT OF PROFIT OR LOSS

ParticularsFor the year ended 32nd Ashadh 2083For the year ended 32nd Ashadh 2082
Revenue
Revenue from Sale of Electricity३७०,६५९,४८९१८६,९३०,४९६
Contract Income-३५९,६३४,२५९
Cost of Sales
Direct Expenses(३५,५००,७८९)(१६,२४६,२११)
Contract Cost-(३५८,७३७,४१६)
Gross Profit/(Loss)३३५,१५८,६९९१७१,५८१,१२९
Administrative Expenses(६,३४३,९८५)(३,७५५,८११)
Depreciation & Amortization(८५,३२१,५५८)(४९,९८६,२९६)
Net Profit/(Loss) from Operation२४३,४९३,१५६११७,८३९,०२१
Finance Cost(१३२,६६०,१६८)(८४,०९०,०९६)
Finance Income -
Net Profit/(Loss) Before Staff Bonus, CSR & Tax११०,८३२,९८९३३,७४८,९२५
Provision for Staff Bonus(२,२१६,६६०)(६७४,९७९)
Net Profit/(Loss) Before CSR & Tax१०८,६१६,३२९३३,०७३,९४७
Provision for CSR(१,०८६,१६३)(३३०,७३९)
Provision for Environmental Service Fee(१,०८६,१६३)-
Profit/(Loss) Before Tax१०६,४४४,००२३२,७४३,२०७
Tax Expenses
Current Tax--
Deferred Tax--
Net Profit/(Loss) after Tax (NPAT)१०६,४४४,००२३२,७४३,२०७

Earnings per equity share of of Rs. 100 each

Basic Earning per share१३.५२४.३७
Diluted Earnings per share१३.५२४.३७

AUDITED STATEMENT OF CASH FLOW

ParticularsFor the year ended 32nd Ashadh 2083For the year ended 32nd Ashadh 2082
Cash Flow From Operating Activities:
Profit/(Loss) for the year१०६,४४४,००२३२,७४३,२०७
Adjustment for:
Depreciation & Amortization८५,३२१,५५८५१,७९८,३९२
Finance Cost१३२,६६०,१६८८४,०९०,०९६
Loss on Termination of Lease Agreement१४,३२५-
Movements in Working Capital:३२४,४४०,०५३१६८,६३१,६९५
(Increase)/Decrease in Inventories(४९४,९४०)-
(Increase)/Decrease in Trade and Other Receivables१,८५०,४२८(९३,८४५,००५)
(Increase)/Decrease in Margin & Deposits३,२०५,४०६२,६७९,२८१
(Increase)/Decrease in Financial Assets(९३,७५०,०००)-
(Increase)/Decrease in Other Current Assets२१,३७८,७१३१४९,४७५,१२६
Increase/(Decrease) in Trade & Other Payable९८८,४१९(७९,९६७,०६५)
Increase/(Decrease) in Other Current Liabilities१,६२९,८५५१,५३९,८८०
Cash Flow From Operating Activities२५९,२४७,९३४१४८,५१३,९१२
Prior year adjustments (Environmental Service Fee)(३३०,७३९)-
Net Cash Flow From Operating Activities२५८,९१७,१९४१४८,५१३,९१२
Cash Flow from Investing Activities
Acquisition of Property, Plant & Equipment(६२५,४५३)(५३१,९८१)
Acquisition of Intangible Asset under SCA(१७८,१८०,०२४)-
Sale of Property, Plant & Equipment-७,९५०,३२१
(Increase)/Decrease in CWIP-(३५९,६३४,२५९)
Investment in Equity Instruments(९३,७५०,०००)-
Net Cash Flow From Investing Activities(२७२,५५५,४७७)(३५२,२१५,९२०)
Cash Flow from Financing Activities
Increase/(Decrease) in Share Capital१८७,५००,०००१००,०००,०००
Increase/(Decrease) in Borrowings(४९,४५३,४७६)२५१,०३३,८१९
Increase/(Decrease) in Lease Liability(१,२९७,७६२)(४९५,६६४)
Dividend Paid(३१,५७८,९४७)-
Share Issue Cost(५,६४४,७०८)(४४६,०००)
Finance Cost(१३२,६६०,१६८)(८४,०९०,०९६)
Net Cash Flow From Financing Activities(३३,१३५,०६१)२६६,००२,०५९
Total Cash Flow From All Activities(४६,७७३,३४३)६२,३००,०५१
Cash & Cash Equivalent at the beginning of the year६३,८८७,७४०१,५८७,६८९
Cash & Cash Equivalent at the end of the year१७,११४,३९७६३,८८७,७४०

Notice of 5th Annual General Meeting

(First published date: 2083/05/30)

Dear Shareholders,

As per the decision of the Board of Directors meeting of Snow Rivers Limited held on 2083/05/29, the 5th Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss and decide on the following agendas. Therefore, this notice is published for the information and presence of all shareholders in accordance with Section 67, Subsection (2) of the Companies Act, 2063 and Rule 18, Sub-rule (3) of the Company's Articles of Association.

Date, Time, and Venue of the AGM:

Date: 2083 Ashwin 21, Wednesday (corresponding to October 7, 2026)

Time: 8:30 AM

Venue: Lisara Receptions Pvt. Ltd., Bhagwati Bahal, Naxal, Kathmandu.

Agendas for Discussion:

(A) Ordinary Agendas:

1. To discuss and approve the Annual Report of FY 2082/83 presented by the Chairman on behalf of the Board of Directors.

2. To discuss and approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for FY 2082/83.

3. To appoint the external auditor for FY 2083/84 and determine their remuneration as per Section 111 of the Companies Act, 2063.

4. To review and increase the meeting allowance of the Board of Directors.

5. To approve the decision of the Board of Directors meeting held on 2082/10/26 regarding accepting Loan Against IPO from NMB Bank Limited.

6. To approve the decisions made by the Board of Directors regarding share investments in various hydropower projects/companies.

7. To elect 1 (one) Director representing the public shareholder group for the upcoming tenure.

(B) Special Agendas:

1. As recommended by the Board of Directors meeting and approved by the Electricity Regulatory Commission, to approve and distribute bonus shares worth रु.9,37,50,000/- (in words: Nine Crore Thirty-Seven Lakh Fifty Thousand Rupees only) at the rate of 10% (ten percent) of the company's current paid-up capital of रु.93,75,00,000/- (in words: Ninety-Three Crore Seventy-Five Lakh Rupees only), and to make provisions for cash dividend of 0.5263% (zero point five two six three percent) for tax purposes.

2. To amend Article 6 of the Company's Memorandum of Association to increase the Authorized, Issued, and Paid-up Capital.

3. To amend the provisions regarding restrictions on the purchase or transfer of shares in Articles 8 and 12 of the Company's Memorandum of Association.

(C) Miscellaneous:

By order of the Board of Directors,

Company Secretary

Other Information regarding the Annual General Meeting:

1. Shareholders wishing to attend the AGM through a proxy must submit the proxy form designated by the company to the company's central office at least 48 hours prior to the meeting. A proxy form mentioning more than one proxy name will be cancelled.

2. For the purpose of the company's AGM, the Shareholder Registration Book will remain closed (Book Close) for one day on Thursday, 2083/06/08. Shareholders who have traded on Nepal Stock Exchange Limited until Wednesday, 2083/06/07 and have the shares transferred in their name will be eligible to attend the meeting, receive bonus shares, and participate in the election.

3. Information, details, and documents related to the election of directors can be obtained from the office of the Election Officer located at the company's head office.

4. Any shareholder wishing to discuss matters under the miscellaneous agenda must submit a written proposal with reasons to the Chairman of the Board of Directors through the Company Secretary at least 7 (seven) days prior to the meeting.

5. Shareholders coming to attend the AGM will be allowed to enter the meeting hall only after presenting original identification documents and official shareholder documents. If any shareholder is unable to claim share rights due to any reason, they are requested to contact the company's central office.

6. For other information, please contact the company's central office at Gyaneshwor, Kathmandu, Phone No. 01-4542782.

Dear Shareholders,

For the purpose of the 5th Annual General Meeting of Snow Rivers Limited, we have published herewith the Balance Sheet, Profit and Loss Account, and other brief financial statements of FY 2082/83 for your information. The financial statements have been prepared in accordance with the Nepal Financial Reporting Standards (NFRS) as implemented by the Accounting Standards Board (ASB) Nepal, and a brief summary of the same is published here for your information.

Overview of Business Operations of FY 2082/83:

Super Kabeli Khola A Hydropower Project (21.5 MW) located in Ward No. 8 of Sirijangha Rural Municipality, Taplejung District, operated by this company, has been run efficiently as in the previous FY to maximize the company's income from electricity sales, and this has been continued in the presented FY 2082/83. Therefore, even in the presented FY, the electricity production status has been satisfactory and the company remains in profit.

AUDITED STATEMENT OF FINANCIAL POSITION

Amount in NPR

ParticularsAs on 32nd Ashadh 2082As on 32nd Ashadh 2082
Assets
Non Current Assets
Property, Plant and Equipment9,723,28111,171,709
Intangible Asset under Service Concession Arrangement2,664,068,6012,568,054,594
Right-of-Use Assets5,408,3037,121,710
Financial Assets
Investments in Equity Instruments93,750,000-
Total Non Current Assets2,772,950,1852,586,348,013

Current Assets

Inventories 494,940 -

Financial Assets
Trade and Other Receivables91,994,57793,845,005
Cash and Cash Equivalents17,114,39763,887,740
Margin & Deposits1,897,0055,102,411
Other Financial Assets93,750,000-
Other Current Assets30,604,56351,983,276
Total Current Assets235,855,482214,818,432
TOTAL ASSETS3,008,805,6672,801,166,445
EQUITY & LIABILITIES
Equity
Share Capital937,500,000750,000,000
Other Equity106,811,26537,921,657
Total Equity1,044,311,265787,921,657
LIABILITIES
Non-Current Liabilities
Financial Liabilities
Long Term Borrowings1,821,837,5141,915,798,822

Lease Liabilities - Non-Current 4,537,365 5,777,493

Total Non-Current Liabilities1,821,837,5141,921,576,316
Current Liabilities
Financial Liabilities
Short Term Borrowings118,960,98774,453,155
Trade & Other Payable9,749,6088,761,189

Lease Liabilities - Current 1,569,203 2,244,258

Other Current Liabilities7,839,7266,209,871
Total Current Liabilities138,119,52391,668,472
TOTAL EQUITY & LIABILITIES3,008,805,6672,801,166,445

AUDITED STATEMENT OF PROFIT OR LOSS

ParticularsFor the year ended 32nd Ashadh 2083For the year ended 32nd Ashadh 2082
Revenue
Revenue from Sale of Electricity370,659,489186,930,496
Contract Income-359,634,259
Cost of Sales
Direct Expenses(35,500,789)(16,246,211)
Contract Cost-(358,737,416)
Gross Profit/(Loss)335,158,699171,581,129
Administrative Expenses(6,343,985)(3,755,811)
Depreciation & Amortization(85,321,558)(49,986,296)
Net Profit/(Loss) from Operation243,493,156117,839,021
Finance Cost(132,660,168)(84,090,096)
Finance Income -
Net Profit/(Loss) Before Staff Bonus, CSR & Tax110,832,98933,748,925
Provision for Staff Bonus(2,216,660)(674,979)
Net Profit/(Loss) Before CSR & Tax108,616,32933,073,947
Provision for CSR(1,086,163)(330,739)
Provision for Environmental Service Fee(1,086,163)-
Profit/(Loss) Before Tax106,444,00232,743,207
Tax Expenses
Current Tax--
Deferred Tax--
Net Profit/(Loss) after Tax (NPAT)106,444,00232,743,207

Earnings per equity share of of Rs. 100 each

Basic Earning per share13.524.37
Diluted Earnings per share13.524.37

AUDITED STATEMENT OF CASH FLOW

ParticularsFor the year ended 32nd Ashadh 2083For the year ended 32nd Ashadh 2082
Cash Flow From Operating Activities:
Profit/(Loss) for the year106,444,00232,743,207
Adjustment for:
Depreciation & Amortization85,321,55851,798,392
Finance Cost132,660,16884,090,096
Loss on Termination of Lease Agreement14,325-
Movements in Working Capital:324,440,053168,631,695
(Increase)/Decrease in Inventories(494,940)-
(Increase)/Decrease in Trade and Other Receivables1,850,428(93,845,005)
(Increase)/Decrease in Margin & Deposits3,205,4062,679,281
(Increase)/Decrease in Financial Assets(93,750,000)-
(Increase)/Decrease in Other Current Assets21,378,713149,475,126
Increase/(Decrease) in Trade & Other Payable988,419(79,967,065)
Increase/(Decrease) in Other Current Liabilities1,629,8551,539,880
Cash Flow From Operating Activities259,247,934148,513,912
Prior year adjustments (Environmental Service Fee)(330,739)-
Net Cash Flow From Operating Activities258,917,194148,513,912
Cash Flow from Investing Activities
Acquisition of Property, Plant & Equipment(625,453)(531,981)
Acquisition of Intangible Asset under SCA(178,180,024)-
Sale of Property, Plant & Equipment-7,950,321
(Increase)/Decrease in CWIP-(359,634,259)
Investment in Equity Instruments(93,750,000)-
Net Cash Flow From Investing Activities(272,555,477)(352,215,920)
Cash Flow from Financing Activities
Increase/(Decrease) in Share Capital187,500,000100,000,000
Increase/(Decrease) in Borrowings(49,453,476)251,033,819
Increase/(Decrease) in Lease Liability(1,297,762)(495,664)
Dividend Paid(31,578,947)-
Share Issue Cost(5,644,708)(446,000)
Finance Cost(132,660,168)(84,090,096)
Net Cash Flow From Financing Activities(33,135,061)266,002,059
Total Cash Flow From All Activities(46,773,343)62,300,051
Cash & Cash Equivalent at the beginning of the year63,887,7401,587,689
Cash & Cash Equivalent at the end of the year17,114,39763,887,740
Advertisement