आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
1 Jun, 2026
स्पार्क हाइड्रोइलेक्ट्रिकको २६औं वार्षिक साधारण सभा सूचना

स्पार्क हाइड्रोइलेक्ट्रिकको २६औं वार्षिक साधारण सभा सूचनाSpark Hydroelectric: Notice of 26th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 1, 2026

प्रथम पटक प्रकाशित: २०८३/०२/१८

यस कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सभा हुने मिति समय र स्थान:

मिति: २०८३।०३।०८ गते सोमबार

समय: बिहान १०:३० बजे

स्थान: लिसारा रिसेप्सन, नक्शाल, काठमाडौं

छलफलका प्रस्तावहरु:

क) साधारण प्रस्ताव

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. ०७८।७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
  2. आ.व. ०७८।७९ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, वासलात लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
  3. आ.व. ०७८।७९ को लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा ।
  4. सञ्चालक समितिको निर्वाचन सम्बन्धमा ।
  5. सञ्चालक समितिले कम्पनी ऐन २०६३ को दफा ५६ (१) (ख) बमोजिम जारी गरिएको शेयर, सम्झौता र निर्णयहरु अनुमोदन सम्बन्धमा ।
  6. कम्पनीको उद्देश्य कार्यान्वयनको लागि जारी पूँजीबाट शेयर वापतको रकम माग गर्ने, शेयर बाँडफाँड गर्ने र शेयरधनीहरुले लगानी गर्न इच्छा जाहेर नगरेमा प्रचलित कानून बमोजिम नवागन्तुकहरुलाई समेत शेयर बिक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने बारे ।

ख) विविध ।

द्रष्टव्य:-

  1. मिति २०८३ जेष्ठ मसान्त सम्म शेयर बाँडफाँड भएका शेयरधनीहरुले साधारण सभामा सहभागी हुन र मतदान गर्न पाउने छन् ।
  2. साधारणसभामा सहभागी हुन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोके बमोजिमको ढाँचामा प्रतिनिधि-पत्र (प्रोक्सी फारम) भरी साधारणसभा शुरु हुनुभन्दा ५ दिन अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउनु सक्नु पर्ने छ । कम्पनीको शेयरधनी बाहेक अन्य कसैलाई प्रतिनिधि नियुक्त गर्न सकिने छैन । एक जना शेयरधनीले एक भन्दा बढी शेयरधनीलाई प्रोक्सी नियुक्त गरेको अवस्थामा पछि नियुक्त गरिएको प्रोक्सीले मान्यता प्राप्त गर्ने छ ।
  3. कम्पनीको सञ्चालकहरुको निर्वाचन सम्बन्धी कार्यक्रम कम्पनीको रजिष्टर्ड कार्यालय शक्तिनगर काठमाडौंमा स्थापित निर्वाचन समितिको कार्यालयले सभा हुने दिन भन्दा ३ दिन अगावै प्रकाशित गरि टाँस गरिने छ ।
  4. साधारण सभा सम्बन्धी थप जानकारीको लागि कार्यालय समय भित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

पुनश्च: कम्पनी ऐन २०६३ बमोजिमको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र लेखा परिक्षकको प्रतिवेदन शेयरधनी महानुभावहरुले उपलब्ध गराएको ठेगानामा पठाईसकिएको छ । उक्त विवरणहरु कम्पनीको रजिष्टर्ड कार्यालय शक्तिनगरमा आई निरीक्षण गर्न र प्राप्त गर्न सकिने व्यहोरा समेत शेयरधनी महानुभावहरुलाई जानकारी गराईन्छ ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

First published: 2083/02/18

As per the decision of the company's Board of Directors, the 26th Annual General Meeting of the company will be held on the following date, time, and place to discuss and decide on the following matters. This notice has been published for the information and attendance of all esteemed shareholders as per Section 67 of the Companies Act, 2063.

Date, Time and Place of Meeting:

Date: 2083।03।08, Monday

Time: 10:30 AM

Place: Lisara Reception, Nakshal, Kathmandu

Proposals for Discussion:

a) General Proposals

1. Regarding discussion and approval of the annual report for the fiscal year 078।79 presented by the Chairman on behalf of the Board of Directors.

2. Regarding discussion and approval of the profit and loss statement, cash flow statement, balance sheet, and other financial statements for the fiscal year 078।79.

3. Regarding the appointment of an auditor and determination of remuneration for the fiscal year 078।79.

4. Regarding the election of the Board of Directors.

5. Regarding the approval of shares issued, agreements, and decisions as per Section 56 (1) (ख) of the Companies Act, 2063, by the Board of Directors.

6. Regarding authorizing the Board of Directors to call for funds against shares from the issued capital for the implementation of the company's objectives, allot shares, and also sell shares to new investors as per prevailing law if shareholders do not express interest in investing.

b) Miscellaneous.

Notes:-

1. Shareholders whose shares have been allotted by the end of Jestha 2083 will be eligible to participate and vote in the Annual General Meeting.

2. Shareholders wishing to appoint a representative (proxy) to participate in the Annual General Meeting must fill out a proxy form in the format prescribed by the prevailing company law and submit it to the company's registered office at least 5 days before the start of the Annual General Meeting. No one other than a company shareholder can be appointed as a representative. If one shareholder appoints more than one proxy, the later appointed proxy will be recognized.

3. The program related to the election of the company's directors will be published and posted by the office of the established election committee at the company's registered office, Shaktinagar, Kathmandu, 3 days before the meeting date.

4. For further information regarding the Annual General Meeting, please contact the company's registered office during office hours.

P.S.: Furthermore: As per the Companies Act, 2063, the annual financial statements, the Board of Directors' report, and the auditor's report have been sent to the addresses provided by the esteemed shareholders. It is also informed to the esteemed shareholders that these details can be inspected and obtained from the company's registered office in Shaktinagar.

By order of the Board of Directors

Company Secretary