Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
20 Sep, 2026
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा बस्ने सूचना

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा बस्ने सूचनाThree Star Hydropower Limited: Notice of 9th, 10th and 11th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 20, 2026

नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०६/०३ गते)

श्री आदरणीय शेयरधनी महानुभावहरू,

यस कम्पनीको मिति २०८३/०६/०२ गते शुक्रवार दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आ.व. २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ अर्थात् नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा तथा सञ्चालकको निर्वाचन निम्न मिति, स्थान र समयमा गर्ने भएको हुँदा उक्त वार्षिक साधारण सभामा भाग लिन, प्रस्तावित निम्न लिखित विषयमा छलफल र मतदान गर्नको लागि शेयरधनी स्वयं उपस्थित हुन वा प्रतिनिधि मुकरर गरी पठाइदिनुहुन सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ।

सभा हुने मिति, स्थान र समय :

मिति : २०८३/०६/२७ गते मंगलबार (तदनुसार अक्टोबर १३, २०२६)

स्थान : स्मार्ट दरबार प्रा.लि., शंखपार्क काठमाण्डौँ।

समय : विहान १०:०० बजे।

छलफलका लागि प्रस्तावित विषय:

(क) सामान्य प्रस्तावहरू:

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरि पारित गर्ने सम्बन्धमा।

(३) आ.व. २०८१/०८२ र २०८२/०८३ लेखापरीक्षकको नियुक्ति र सोको पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा।

(४) आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।

(५) सञ्चालक समिति गठन गर्ने सम्बन्धमा।

(ख) विशेष प्रस्तावहरू:

(१) कम्पनीको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा।

(२) कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने सम्बन्धमा।

(३) हकप्रद शेयर खरिद गर्ने सम्बन्धी हक हस्तान्तरण गर्ने सम्बन्धमा।

(४) कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा।

(५) एक शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धमा।

(६) प्रस्तावित संसोधन सम्बन्धमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोको कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।

(ग) विविध।

(घ) एक महिला सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा।

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारी :

१) सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले आ-आफ्नो D-MAT खाताको विवरण वा शेयरधनी प्रमाण पत्रको प्रतिलिपिको साथमा स्पष्ट परिचय खुल्ने परिचयपत्र अनिवार्य रुपमा लिई आउनुहुन अनुरोध गरिन्छ। शेयरधनी बाहेकको व्यक्ति वा समूहलाई सभा हलमा प्रवेश गर्न दिइने छैन।

२) कम्पनीको शेयर दाखिल खारेज गर्ने कार्य (Book Close) मिति २०८३/०६/१५ गते विहीवार एक दिन बन्द रहने छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३/०६/१४ गतेसम्म कारोबार भई प्रचलित कानून बमोजिम यस कम्पनीको शेयर रजिष्ट्रार श्री हिमालयन क्यापिटल लि. एचबिएल कर्पोरेट विल्डिङ्ग, कमलादी, काठमाडौंबाट प्राप्त शेयर दाखिल खारेजको आधारमा शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरूले मात्र यस सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन्।

Notice regarding the 9th, 10th and 11th Annual General Meeting

(First Date of Publication: 2083/06/03)

Dear Shareholders,

As per the decision of the meeting of the Board of Directors of this company held on Friday, 2083/06/02 at 3:30 PM, the 9th, 10th and 11th Annual General Meeting and election of directors for the Fiscal Years 2080/081, 2081/082 and 2082/083 will be held on the following date, venue and time. Therefore, this notice is published in accordance with Section 67 (2) of the Companies Act, 2063 for the information of all shareholders to attend in person or appoint a proxy to participate, discuss and vote on the proposed agendas in the said Annual General Meeting.

Date, Venue and Time of the Meeting:

Date: 2083/06/27, Tuesday (corresponding to October 13, 2026)

Venue: Smart Darbar Pvt. Ltd., Shankhapark, Kathmandu.

Time: 10:00 AM.

Proposed Agendas for Discussion:

(a) Ordinary Agendas:

(1) To discuss and approve the Annual Report for the Fiscal Years 2080/081, 2081/082 and 2082/083 to be presented by the Chairman on behalf of the Board of Directors.

(2) To discuss and approve the Auditor's Report along with the audited financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for the Fiscal Years 2080/081, 2081/082 and 2082/083.

(3) To approve the appointment and remuneration of the Auditor for the Fiscal Years 2081/082 and 2082/083.

(4) To appoint the Auditor and fix their remuneration for the Fiscal Year 2083/084.

(5) Regarding the constitution of the Board of Directors.

(b) Special Agendas:

(1) Regarding the change of the company's address.

(2) Regarding the change in the capital structure of the company.

(3) Regarding the transfer of rights to purchase right shares.

(4) Regarding the amendment of the Memorandum of Association and Articles of Association of the company.

(5) Regarding the issuance of right shares in the ratio of 1:1 (one right share for every one share held).

(6) To delegate authority to the Board of Directors to implement any changes, suggestions, or directives received from regulatory bodies regarding the proposed amendments.

(c) Miscellaneous.

(d) Regarding the election of 3 directors, including one female director.

By Order of the Board of Directors,

Company Secretary

Other Information Regarding the Annual General Meeting:

1) Shareholders attending the meeting are requested to bring their D-MAT account details or a copy of their share certificate along with a valid identity card showing clear identification. Persons or groups other than shareholders will not be allowed to enter the meeting hall.

2) The Share Registration Book of the company will remain closed (Book Close) on Thursday, 2083/06/15 for one day. Only the shareholders registered in the shareholder register book on the basis of share transfer details received from the company's Share Registrar, Himalayan Capital Ltd., HBL Corporate Building, Kamaladi, Kathmandu, after trading in Nepal Stock Exchange Limited until 2083/06/14 in accordance with the prevailing laws, shall be entitled to attend, discuss and vote in this meeting.

Advertisement