Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
23 Sep, 2026
अप्पर रिचेत हाइड्रोपावर लिमिटेडको पहिलो वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

अप्पर रिचेत हाइड्रोपावर लिमिटेडको पहिलो वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचनाUpper Richet Hydropower Limited: Notice of 1st Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 23, 2026

अप्पर रिचेत हाइड्रोपावर लिमिटेडको

पहिलो वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना !

यस कम्पनीको सम्पूर्ण शेयरधनीहरूको साधारण सभा बोलाउने प्राप्त निवेदन बमोजिम निम्न लिखित मिति, समय तथा स्थानमा निम्न प्रस्ताव उपर छलफल गरी निर्णय गर्न कम्पनीको पहिलो वार्षिक साधारण सभा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूलाई उपस्थितिको लागि अनुरोध छ।

मिति, स्थान र समय :

मिति : २०८३ साल असोज २७ गते मंगलबार (तदनुसार अक्टुवर १३, २०२६)

समय : विहान ११:०० बजे

स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं-२७, काठमाडौं

छलफलका विषयहरू:

१. सामान्य प्रस्ताव:

(क) आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने बारे ।

(ख) आ.व. २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरू उपर छलफल गरी सोलाई पारित गर्ने बारे ।

(ग) आर्थिक वर्ष २०८२/८३ को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने बारे ।

(घ) सञ्चालक समिति गठन गर्ने बारे।

(ङ) IPO जारी गर्नका लागि Credit Rating गराउन Credit Rating Agency को नियुक्त गर्ने ।

(च) विविध ।

२. विशेष प्रस्ताव :

(क) कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिवर्तन भई हाइड्रोपावर कम्पनीको रूपमा सञ्चालक भई आएकोमा अब उप्रान्त कम्पनीलाई होल्डिङ्गस कम्पनीको रूपमा परिवर्तन गर्ने बारे। सोही अनुसार कम्पनीको नाम परिवर्तन गरी नेक्स्टजेन इनर्जी होल्डिङ्गस लिमिटेड राख्ने ।

(ख) कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरेर ५० करोड पुर्याउने बारे ।

(ग) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने ।

साधारण सभा सम्बन्धी जानकारी

  1. सभामा भाग लिन आउनु हुने महानुभावहरूले प्रवेश-पत्र वा आफ्नो शेयर प्रमाण-पत्र प्रस्तुत गरेपछि मात्र सभा कक्षमा प्रवेश गर्न पाईने छ । कुनै शेयरधनी महानुभावले कुनै कारणवश प्रवेश-पत्र प्राप्त गर्न नसक्नु भएमा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं-२७, काठमाडौंमा साधारण सभा हुने मिति अगावै सम्पर्क राख्नु भई प्रवेश-पत्र प्राप्त गर्नु हुन अनुरोध गरिन्छ ।
  2. सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरूले प्रतिनिधि (प्रोक्सी) फारम सभा हुने दिनभन्दा कम्तिमा ४८ घण्टा अगावै, अर्थात् २०८३।०६।२५ गते दिनको ११:०० बजेभित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गराइसक्नु पर्नेछ । एक जना शेयरधनीले एक जनाभन्दा बढीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सकिने छैन । एकभन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त भएको पाइएमा सबैभन्दा पहिला कम्पनीमा दर्ता भएको प्रतिनिधि (प्रोक्सी) मात्र मान्य हुनेछ। प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि (प्रोक्सी) बदर नगरी कुनै शेयरधनीले सभामा भाग लिन चाहेमा भाग लिन सक्नु हुनेछ । तर मतदान गर्न पाउनु हुने छैन ।
  3. नाबालक वा विक्षिप्त शेयरधनीहरूको तर्फबाट कम्पनीको शेयरधनीहरूको लगत किताबमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिलाई मात्र संरक्षकको रूपमा मान्यता दिइने छ ।
  4. संयुक्त रूपमा रहेको शेयरधनीको हकमा शेयरधनीको लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले अथवा सर्वसम्मतिकात प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको एक जना व्यक्तिले मात्र सभामा भाग लिन पाइने छ ।
  5. सभाको दिन सभा शुरू हुनु भन्दा अगावै सभा कक्षमा उपस्थित भई दिनु हुन सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनुरोध गरिन्छ ।
  6. मिति २०८३ साल असोज १२ गतेदेखि साधारण सभा सम्पन्न हुन्जेलसम्म शेयर दाखिल खारेज बन्द गरिनेछ ।
  7. सभा सम्बन्धी अन्य विस्तृत जानकारीको लागि कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं-२७, कमलाक्षी, काठमाडौंमा कार्यालय समयभित्र सम्पर्क राख्न अनुरोध गरिन्छ ।
  8. कम्पनीको सञ्चालक पदको निर्वाचन सम्बन्धी सम्पूर्ण सूचना एवं जानकारीहरू कम्पनीको रजिष्टर्ड कार्यालयको सूचना पाटीमा टाँस गरिने छ ।

विनोद प्रसाद भट्ट

कम्पनी सचिव

Upper Richet Hydropower Limited

Notice regarding the 1st Annual General Meeting!

As per the request received to call the General Meeting of all the shareholders of this company, the 1st Annual General Meeting of the company is scheduled to be held at the following date, time, and venue to discuss and decide on the following proposals. Therefore, all shareholder gentlemen are requested to attend.

Date, Venue and Time:

Date: 2083 Ashwin 27, Tuesday (corresponding to October 13, 2026)

Time: 11:00 AM

Venue: Registered Office of the Company, Kathmandu-27, Kathmandu

Agenda for Discussion:

1. Ordinary Proposals:

(a) To discuss and approve the annual report of the Board of Directors for the F.Y. 2082/83.

(b) To discuss and approve the financial statements along with the Auditor's report for the F.Y. 2082/83.

(c) To appoint the Auditor for the fiscal year 2082/83 and fix their remuneration.

(d) Regarding the formation of the Board of Directors.

(e) To appoint a Credit Rating Agency to conduct Credit Rating for issuing IPO.

(f) Miscellaneous.

2. Special Proposals:

(a) Since the company has been operating as a hydropower company after converting from a private limited to a public limited company, regarding converting the company into a holdings company hereafter. Accordingly, to change the name of the company to Nextgen Energy Holdings Limited.

(b) Regarding increasing the authorized and issued capital of the company to reach 50 Crores.

(c) To make necessary amendments to the Memorandum of Association and Articles of Association of the company and to delegate all necessary authority to the Board of Directors to complete such work.

Information regarding the General Meeting

1. Shareholders wishing to attend the meeting will be allowed to enter the meeting hall only after presenting their entry pass or share certificate. If any shareholder fails to receive the entry pass for any reason, they are requested to contact the registered office of the company at Kathmandu-27, Kathmandu, before the date of the general meeting to obtain the entry pass.

2. Shareholders wishing to appoint a proxy to attend the meeting must register the proxy form at the registered office of the company at least 48 hours before the meeting day, i.e., by 11:00 AM on 2083।06।25. A shareholder cannot appoint more than one person as a proxy. If more than one proxy is found to be appointed, only the proxy registered first in the company will be valid. After appointing a proxy, if any shareholder wishes to attend the meeting without canceling the proxy, they may attend but will not be allowed to vote.

3. In the case of minor or mentally unsound shareholders, only the person registered as a guardian in the company's shareholder register will be recognized as a guardian.

4. In the case of joint shareholders, only the person whose name is mentioned first in the shareholder register or one person unanimously appointed as a proxy will be allowed to attend the meeting.

5. All shareholders are requested to be present in the meeting hall before the commencement of the meeting on the day of the meeting.

6. The share transfer book will remain closed from 2083 Ashwin 12 until the completion of the General Meeting.

7. For other detailed information regarding the meeting, please contact the registered office of the company at Kathmandu-27, Kamaladi, Kathmandu, during office hours.

8. All notices and information regarding the election of the company's director post will be pasted on the notice board of the company's registered office.

Binod Prasad Bhatta

Company Secretary

Advertisement