भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा सञ्चालनमा आएको छ, जसले भगवान राम र माता सीताको जन्मस्थललाई जोडेको छ।
रेलले करिब ६०४ किलोमिटरको दूरी १९ घण्टामा पार गर्छ। जनकपुरधाममा हरेक वर्ष हजारौँ भक्तजनहरूलाई आकर्षित गर्ने सीताराम विवाह पञ्चमी महोत्सवको तयारी भइरहँदा यो सेवा सुरु भएको हो।
अयोध्याको राम मन्दिर भ्रमणपछि भारतीय तीर्थयात्रीहरू जनकपुरधाम आउन थालेसँगै मधेस प्रदेशका पर्यटन व्यवसायीहरू यस आगमनलाई आर्थिक अवसरमा बदल्ने तयारीमा जुटेका छन्। व्यवसायीहरूका लागि जानकी मन्दिरको एकदिने बसाइभन्दा बढी समयसम्म पर्यटकहरूलाई टिकाइराख्ने उपाय खोज्नु मुख्य चासोको विषय बनेको छ।
बाराको निजगढस्थित होटल तारा इन सञ्चालन गरिरहेका व्यवसायी युवराज लामाले रेल सम्पर्कले मधेस प्रदेश तथा समग्र देशकै पर्यटन गतिविधि विस्तार गर्न सक्ने बताए। उनले जानकी मन्दिरलाई बाराको गढीमाई मन्दिर र पर्सा राष्ट्रिय निकुञ्जको वन्यजन्तु सफारीजस्ता गन्तव्यहरूसँग जोडेर भ्रमण सर्किट बनाउन सुझाव दिए।
The 'Saryu-Kamala Express' train service connecting Ayodhya in India to Janakpurdham in Nepal has come into operation, linking the birthplaces of Lord Ram and Goddess Sita.
The train covers a distance of around 604 kilometres in 19 hours. The service has commenced as Janakpurdham prepares for the Sitaram Vivah Panchami festival, an event that draws thousands of devotees each year.
With Indian pilgrims visiting Janakpurdham following trips to the Ram temple in Ayodhya, tourism entrepreneurs in Madhesh Province are preparing to convert the arrivals into economic opportunities. A major concern for businesses is finding ways to retain visitors beyond a single-day stop at the Janaki temple.
Yuvraj Lama, an entrepreneur running Hotel Tara Inn in Nijgadh, Bara, stated that the rail connection could broaden tourism activities across Madhesh Province and the country. He suggested creating travel circuits that combine the Janaki temple with sites like the Gadhimai temple in Bara and wildlife safaris in Parsa National Park.