पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाको जीवनी तथा मूल्याङ्कनमा आधारित पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक भएको छ। दीपकप्रकाश बास्कोटा फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव लगायतले उक्त पुस्तकको लोकार्पण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चिया उद्योगको स्थापनामा बास्कोटाको योगदान तथा किसानहरूलाई दिएको महत्त्वपूर्ण सन्देशको चर्चा गरे। उनले राजनीति, सहकारी र अध्यात्मका क्षेत्रमा बास्कोटाले पुर्याएको योगदानको कदर गर्दै पछिल्लो समय उनी शरीर र मनलाई अनुशासित बनाउने आध्यात्मिक साधनामा केन्द्रित रहेको बताए।
पुस्तकको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाँले यस कृतिले नेपाललाई विश्वव्यापी आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउने धारणा राखे। महर्षि महेश योगीले बास्कोटाको भविष्यको सम्भावना देखेर नै उनलाई नेपालमा अभियानको नेतृत्व सुम्पेको हुनसक्ने उनले बताए।
त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक प्रा.डा. मृगेन्द्रबहादुर कार्कीले बास्कोटाको जीवनी विश्वविद्यालयको जर्नलमा प्रकाशित हुन योग्य रहेको बताए। अमेरिका र अस्ट्रेलियाका विद्यार्थीहरू अनुसन्धानका लागि ग्रामीण नेपाल पुग्ने गरे तापनि सहरी क्षेत्रका नेपाली विद्यार्थीहरू भने ग्रामीण समाजसेवाको अध्ययनबाट टाढिने गरेको भन्दै उनले यो पुस्तक नयाँ पुस्ताका लागि शिक्षाप्रद हुने औंल्याए।
ग्लोबल महर्षि वैदिक अभियानका अन्तर्राष्ट्रिय निर्देशक डा. किङ्सले ब्रुक्सले भावातीत ध्यान, वैदिक अनुष्ठान र प्राङ्गारिक खेतीमार्फत नेपालमा वैदिक पुनरुत्थान अभियान अघि बढाउन बास्कोटाले गरेको नेतृत्वको प्रशंसा गरे। लेखक भरतराज पौडेलले आफूले स्वतन्त्र रूपमा ३ वर्ष लगाएर यो पुस्तक लेखेको जानकारी दिए।
A book based on the life and evaluation of former minister Deepak Prakash Baskota, titled 'Ek Nishthawan Yatri', has been released. The book was unveiled by Nepal's first president Dr Ram Baran Yadav and others at an event organized by the Deepak Prakash Baskota Foundation.
Addressing the gathering, former president Yadav highlighted Baskota's contribution to establishing the tea industry and the important message given to farmers. He acknowledged Baskota's work across politics, cooperatives, and spirituality, noting his recent focus on spiritual practices aimed at disciplining the body and mind.
Reviewing the book, former vice-chancellor of Tribhuvan University Prof Dr Tirtha Khaniya noted that the work will aid in establishing Nepal as a global spiritual center. He remarked that Maharishi Mahesh Yogi likely entrusted Baskota with leading the campaign in Nepal after identifying his future potential.
Prof Dr Mrigendra Bahadur Karki, executive director of the Centre for Nepal and Asian Studies (CNAS) at Tribhuvan University, suggested that Baskota's biography deserves publication in a university journal. He pointed out that while students from America and Australia visit rural Nepal for research, urban Nepali students avoid rural social service studies, making the book an instructive read for the new generation.
Dr Kingsley Brooks, international director of the Global Maharishi Vedic Campaign, commended Baskota's leadership in advancing the Vedic revival campaign in Nepal through transcendental meditation, Vedic rituals, and organic farming. Author Bharat Raj Paudel shared that he spent three years writing the book independently.