बैंकर तथा जोखिम व्यवस्थापन विज्ञ डा. सहदेव बस्नेतको ‘सहकारी अबको बाटो’ नामक नयाँ पुस्तक काठमाडौंस्थित राष्ट्रिय प्रज्ञा भवनमा संयुक्त रूपमा विमोचन गरिएको छ।
शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलको अध्यक्षतामा भएको विमोचन समारोहमा सांसद, सहकारीविद्, बैंकर, कानुनविद्, विश्वविद्यालयका प्राध्यापक तथा नियामक निकायका प्रतिनिधिहरूसहित करिब २५० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख सहभागीहरूमा प्रतिनिधि सभा सदस्य सुशान्त वैदिक, राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल, सहकारी बचत रकम दुरुपयोग संसदीय विशेष छानबिन समितिका सभापति सूर्यबहादुर थापा, प्रदेश सभा सदस्य निमा गिरी र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य रहेका थिए। साथै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, नेपाल धितोपत्र बोर्ड (सेबोन) का पूर्वअध्यक्ष डा. भीष्मराज ढुंगाना, राष्ट्रिय सहकारी बैंकका सञ्चालक परितोष पौडेल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति थियो।
कार्यक्रमका वक्ताहरूले सहकारी क्षेत्रमा संरचनात्मक सुधार अपरिहार्य रहेकोमा जोड दिँदै सर्वसाधारणको विश्वास पुनस्र्थापित गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरे। उनीहरूले यो प्रकाशन यस क्षेत्रको सुधारका लागि एउटा कोशेढुंगा सावित हुने आशा समेत व्यक्त गरे।
लेखक डा. बस्नेतले सहकारीका वर्तमान समस्या, चुनौती, अवसर र सुधारको आवश्यकतालाई उजागर गर्दै अगाडिको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न यो पुस्तक लेखिएको बताए। आफ्नो बैंकिङ पृष्ठभूमि र जोखिम व्यवस्थापनको अध्ययनलाई आधार मान्दै उनले सहकारीमा सुशासन, पारदर्शिता, जवाफदेहिता र बचतकर्ताको विश्वास पुनस्र्थापना गर्न बहस सुरु गर्नु नै यसको मुख्य उद्देश्य रहेको जानकारी दिए।
Banker and risk management expert Dr Sahadev Basnet's new book titled 'Sahakari Abako Bato' was jointly launched at Rastriya Pragya Bhavan in Kathmandu.
Chaired by Pushparaj Paudel, operator of Shikha Books, the launch ceremony was attended by around 250 participants, including lawmakers, cooperative experts, bankers, legal specialists, university professors, and representatives from regulatory bodies.
Key participants included House of Representatives member Sushanta Baidik, National Assembly member Urmila Aryal, chairman of the special parliamentary committee on cooperative savings misuse Surya Bahadur Thapa, Provincial Assembly member Nima Giri, and Problematic Cooperative Management Committee chairman Dilli Raj Acharya. Also present were Nabil Bank Chief Executive Officer Manoj Gyawali, former Securities Board of Nepal (SEBON) chairman Dr Bhisma Raj Dhungana, Rastriya Sahakari Bank director Paritosh Paudel, and Nepal Federation of Savings and Credit Cooperative Unions (NEFSCUN) president Chandra Prasad Dhakal.
Speakers at the program emphasized that structural reforms in the cooperative industry are unavoidable and urged the government to take prompt measures to restore public trust. They also expressed hope that the publication would serve as a milestone for reforming the sector.
Author Dr Basnet explained that the book was written to highlight current problems, challenges, opportunities, and the need for reform while presenting a clear roadmap forward. Drawing from his banking background and risk management studies, he stated that the primary objective is to ignite debate on restoring governance, transparency, accountability, and depositors' confidence in cooperatives.