काठमाडौं, २७ नोभेम्बर २०२६। नेपाल सुनचाँदी व्यवसायी महासंघले ११ मंसिरका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ निर्धारण गरेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ रहेको थियो। यसअनुसार एकै दिनमा सुनको मूल्य ३ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज ३ हजार १९५ रुपैयाँ पुगेको छ।




