ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उपभोक्ताको विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सहज बनाउने सरकारको तयारी रहेको बताएका छन्। पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको भ्याटको व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले प्रतिमहिना ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाएको थियो। यस करका कारण उपभोक्तामाथि परेको आर्थिक भारबारे सरकार सचेत रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आर्थिक ऐन संशोधनको आगामी प्रस्तावमा यसलाई सहज बनाउन छलफल भइरहेको बताए।
भ्याट सहजीकरणसँगै सरकारले अतिरिक्त शुल्क तथा उपभोक्तालाई अन्य छुट दिने सम्बन्धमा पनि आवश्यक अध्ययन र छलफल गरिरहेको श्रेष्ठले बताए।
यसैबीच, एउटै नदीमा धेरै जलविद्युत् आयोजनाहरूलाई जथाभावी अनुमतिपत्र दिँदा नदीहरूको प्राकृतिक बहावमा असर परेको मन्त्रीले औँल्याए। विगतका निर्णयहरू सुधार गर्न चुनौतीपूर्ण भए पनि मन्त्रालयको पहल निरन्तर अघि बढिरहेको उल्लेख गर्दै उनले यी आयोजनाहरूलाई नियमन तथा व्यवस्थापन गर्न मन्त्रालयले काम गरिरहेको बताए।
Minister for Energy, Water Resources and Irrigation Biraj Bhakta Shrestha has stated that the government is preparing to ease the value added tax (VAT) levied on electricity tariffs for consumers. Speaking at an interaction program in Pokhara, he said the government is positive about facilitating the VAT arrangement implemented through the current fiscal year's budget.
Through the budget of the current fiscal year 2083/84, the government enforced a five percent VAT on consumers using more than 50 units of electricity per month. Shrestha noted that the government is aware of the financial burden placed on consumers by this tax, adding that discussions are underway to ease it during the upcoming proposal to amend the Economic Act.
Shrestha also stated that along with easing VAT, the government is carrying out necessary studies and discussions regarding additional charges and providing other concessions to consumers.
Meanwhile, the minister pointed out that indiscriminately granting permits to multiple hydropower projects on the same river has disrupted the natural flow of rivers. He stated that the ministry is working to regulate and manage these projects, noting that while reforming past decisions remains challenging, the ministry's initiatives are steadily progressing.