सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा रु. १ खर्ब १ अर्ब ९५ करोड विनियोजन गरेको छ, जुन कुल राष्ट्रिय बजेटको करिब ४.८० प्रतिशत हो। स्वास्थ्य बजेट खुम्चिँदा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन तथा आयुर्वेद कार्यक्रमहरू कटौती र उपेक्षामा पर्न सक्ने चिन्ता बढेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको एक प्रतिवेदनले औंल्याएको छ।
विश्व स्वास्थ्य संगठनले राष्ट्रिय बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ। आधारभूत स्वास्थ्य सेवा प्याकेज (बीएचएसपी) को प्राथमिकीकरण तथा लागत निर्धारण सम्बन्धी मन्त्रालयको प्रतिवेदनले प्रस्तावित सबै ९६ वटा सेवाहरूलाई यथावत राखेको छ, जसमा स्वास्थ्य प्रवर्द्धनतर्फ ३६ र आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ ६० सेवा समावेश छन्।
पाँच वर्षको अवधिमा आधारभूत स्वास्थ्य बजेटभित्र आयुर्वेदका लागि रु. १ अर्ब ९० करोड र आधारभूत स्वास्थ्य बजेटसँगै जोडिएको स्वास्थ्य प्रवर्द्धन तथा रोकथामका लागि रु. ५ खर्ब ८ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। यद्यपि, यी सेवाहरूका लागि विस्तृत लागत छुट्टै गणना नगरिएकाले यिनलाई विद्यमान बजेट शीर्षकअन्तर्गत नै सञ्चालन गर्नुपर्ने बाध्यता छ।
बजेट दबाबका बेला कटौती हुन नदिन मन्त्रालयले आधारभूत स्वास्थ्य, स्वास्थ्य प्रवर्द्धन र आयुर्वेद कार्यक्रमका लागि सुरक्षित न्यूनतम बजेटको सीमा तोक्न प्रस्ताव गरेको छ। यसका साथै प्राथमिकता प्राप्त सेवाहरू विस्तार हुँदै जाँदा भरपर्दो लगानी सुनिश्चित गर्न खर्चलाई मध्यकालीन खर्च संरचना (एमटीईएफ) सँग जोड्ने रणनीति पनि अघि सारेको छ।
The government allocated Rs 1 kharba 1 arba 95 crore to the health sector for FY 2083/84, representing approximately 4.80% of the total national budget. A shrinking health budget has raised concerns that basic healthcare, health promotion, and Ayurveda programs could face cuts and neglect, according to a report by the Ministry of Health and Food Hygiene.
The World Health Organization recommends that at least 10% of the national budget be allocated to the health sector. The ministry's report on the prioritization and costing of the Basic Health Service Package (BHSP) kept all 96 proposed services intact, which includes 36 services in health promotion and 60 in Ayurveda and alternative medicine.
Over a five-year period, the estimated requirement stands at Rs 1 arba 90 crore for Ayurveda within the basic health budget and Rs 5 kharba 8 arba for health promotion and prevention, which overlaps with the basic health budget. However, detailed costing was not calculated separately for these services, requiring them to operate under existing budget headings.
To prevent reductions during budgetary pressures, the ministry proposed setting a secure minimum budget floor for basic health, health promotion, and Ayurveda programs. It also outlined a strategy to link expenses with the Medium-Term Expenditure Framework (MTEF) to guarantee reliable funding as priority services expand.