चीनसँगको उत्तरी कोरला नाकामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दा पनि भौतिक पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन। भन्सार कार्यालयको स्तरोन्नतिको काम क्रमशः अघि बढे पनि भन्सार तथा अध्यागमन भवनहरू अझै बन्न सकेका छैनन्।
भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्ट निर्माणका लागि सरकारले फागुन २०७९ मा डिपिआर सर्भे गरेको थियो। त्यसअघि पूर्वाधार निर्माणका लागि नेपाली भूभागमा करिब १,००० रोपनी जग्गा नेपाल सरकारको नाममा प्राप्त गरिएको थियो।
चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको दुई महिना लामो सर्भेमा भौगर्भिक तथा माटो परीक्षण समावेश थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास बोर्डको योजनाअनुसार सितारा इन्टुसिप–फुलब्राइट जेभीले रु. १ करोडको ठेक्कामा डिपिआर सर्भे सम्पन्न गरेको थियो।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले डिपिआर बुझाएको लामो समयसम्म पनि पूर्वाधार निर्माण सुरु हुन नसक्दा आयात-निर्यात व्यापार व्यवस्थापन तथा पारवहन मार्ग विकासमा बाधा पुगेको बताएका छन्।
उत्तरी कोरला नाका तीन वर्षअघि उपल्लो मुस्ताङका बासिन्दाका लागि खुला गरिएको थियो भने दुई वर्षदेखि वैकल्पिक व्यापारिक मार्गका रूपमा सञ्चालनमा छ। गत वर्ष यस नाकाबाट रु. ६ अर्बभन्दा बढी राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु. १२ अर्बभन्दा बढी संकलन भइसकेको छ, जहाँबाट दैनिक ६० देखि ७० वटा कन्टेनर र करिब १०० वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।
Physical infrastructure construction at the northern Korala border with China has not started even four years after the detailed project report (DPR) was prepared. Customs and immigration buildings have not yet been constructed, though upgradation work on the customs office is progressing incrementally.
The government conducted a DPR survey in Falgun 2079 BS to construct customs, immigration, quarantine, dry port, and integrated security post facilities. Prior to that, around 1,000 ropanis of land on the Nepali side had been acquired in the name of the Nepal government for infrastructure.
The two-month survey aimed at expanding the trade route with China included geological and soil testing. Planned by the then Ministry of Industry, Commerce and Supplies and the Nepal Intermodal Transport Development Board, Sitara Intucip-Fullbright JV completed the DPR survey under a Rs 1 crore contract.
Loghekar Damodarkunda Rural Municipality Chairperson Lopsang Chomphel Bista stated that failing to start infrastructure works long after submitting the DPR has hampered export-import trade management and transit route development.
The northern Korala crossing was opened to upper Mustang residents three years ago and has operated as an alternative trade route for two years. Over Rs 6 arba in revenue was collected from the border last year, while more than Rs 12 arba has been gathered in the first four months of the current fiscal year, with 60 to 70 containers and roughly 100 electric vehicles entering Nepal daily.