NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Major Announcements for the Stock Market in the Budget, CGT to Become Final Tax
    शेयर बजारका लागि बजेटमा ठूला घोषणा, CGT अन्तिम कर हुने
    Investor
    1 min read
    Updated on May 31, 2026
    NEPSE TRADING

    शेयर बजारका लागि बजेटमा ठूला घोषणा, CGT अन्तिम कर हुनेMajor Announcements for the Stock Market in the Budget, CGT to Become Final Tax

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजारलाई थप गतिशील र लगानीमैत्री बनाउने व्यवस्था गरेको छ ।

    शेयर कारोबारबाट हुने पूँजीगत लाभकर (सीजीटी) लाई अब अन्तिम करको रूपमा मान्यता दिइनेछ । यसले लगानीकर्तालाई दोहोरो करको अन्योलबाट मुक्ति दिने अपेक्षा गरिएको छ ।

    बजेटमा नेप्सेको पुनर्संरचना गर्ने उल्लेख छ । यसअन्तर्गत इन्ट्राडे ट्रेडिङ सुरु गरिने, सर्ट सेलिङको व्यवस्था ल्याइने र बजारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार आधुनिकीकरण गरिने भएको छ ।

    गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानी गर्न पाउने गरी कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गरिनेछ । त्यसैगरी, नियामक निकाय सेबोन, नेप्से र सीडीएससीको कार्यक्षमता, पारदर्शिता र व्यावसायिकता बढाउन संरचनागत सुधार गरिने उल्लेख छ ।

    सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत स्वामित्व कायमै राखी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । यसबाट प्राप्त रकम प्रविधि तथा डिजिटल पूर्वाधार विकासमा लगानी गरिनेछ ।

    नयाँ वित्तीय उपकरण, संस्थागत लगानीकर्ता तथा वैकल्पिक लगानी साधनलाई प्रोत्साहन गरी पूँजीबजारको दायरा विस्तार गरिने पनि बजेटमा उल्लेख छ ।

    भित्री कारोबार र गलत कारोबार रोक्न संसद्मा विधेयक पेस गरिने भएको छ ।


    बजेट २५ प्रतिशतले बढ्यो, आकार २१ खर्ब २४ अर्ब

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी दिएका हुन् ।

    बजेटमध्ये चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको छ ।

    यस वर्ष कर्मचारीको कुल तलब २१ प्रतिशतले बढेको छ ।

    Kathmandu — The government, through the budget for the fiscal year 2083/84, has introduced provisions to make the capital market more dynamic and investment-friendly.

    The capital gains tax (CGT) on share transactions will now be recognised as a final tax. This is expected to free investors from the confusion of double taxation.

    The budget mentions restructuring NEPSE. Under this, intraday trading will be introduced, a short-selling provision will be brought in, and the market will be modernised in line with international practices.

    Legal and policy provisions will be amended to allow Non-Resident Nepalis (NRNs) to invest in the secondary market. Similarly, structural reforms will be carried out to enhance the efficiency, transparency, and professionalism of the regulatory bodies SEBON, NEPSE, and CDSC.

    The government will retain 66 percent ownership of Nepal Telecom and sell the remaining shares to the general public. The proceeds will be invested in technology and digital infrastructure development.

    The budget also mentions expanding the scope of the capital market by promoting new financial instruments, institutional investors, and alternative investment tools.

    A bill will be tabled in Parliament to curb insider trading and malpractice.


    Budget Grows by 25 Percent, Size Reaches Rs 2.124 Trillion

    Kathmandu — The government has unveiled a budget of Rs 2,124.34 billion for the upcoming fiscal year 2083/84. This is around 25 percent higher than the previous year.

    Finance Minister Dr. Swarnim Wagle provided details on the size of the budget at a joint session of the Federal Parliament on Friday.

    Of the total budget, Rs 1,270.58 billion, or 59.8 percent, has been allocated for recurrent expenditure. Rs 431.10 billion has been set aside for capital expenditure and Rs 422.24 billion for financing arrangements.

    This year, the total salary of civil servants has increased by 21 percent.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026