
क्यूआर कोडबाट अन्तरदेशीय भुक्तानीको सुविधा Facility for International Payments QR Code
नेपाल राष्ट्र बैंकले ‘विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–०८०’ मा संशोधन गरी क्यूआर कोडमार्फत अन्तरदेशीय भुक्तानीको सुविधा प्रदान गरेको छ। यस संशोधनपछि निम्न सुविधाहरू उपलब्ध भएका छन्: - विद्युतीय प्रणालीमार्फत भुक्तानी: विद्युतीय कार्डबाहेक ई–बैंकिङ, मोबाइल बैंकिङ, अन्तरबैंक भुक्तानी र क्यूआर कोडमार्फत सटही, वस्तु तथा सेवा बिक्री गर्न तथा रेमिट्यान्स भित्र्याउन मिल्ने। Nepal Rastra Bank has amended the ‘Unified Circular–080’ issued to licensed foreign exchange entities to allow international payments through QR codes. Following this amendment, the following facilities have been made available: - Payments through Electronic Systems: In addition to electronic cards, e-banking, mobile banking, interbank payments, and QR codes can be used for exchange, sales of goods and services, and remittance inflows.


















