
उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन: शेयर बजार सुधारका लागि एक दर्जनभन्दा बढी सुझावHigh-Level Economic Reform Commission Report: Over a Dozen Suggestions for Stock Market Reform
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रवार अर्थमन्त्री विष्णु पौडेललाई आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ। सरकारले दिएको कार्यादेशअनुसार २०८१ कात्तिकको दोस्रो हप्तादेखि अध्ययन सुरु गरेको आयोगले शेयर बजार र पुँजी बजार सुधारका लागि विभिन्न सुझावसहित प्रतिवेदन बुझाएको हो। आयोगले शेयर बजारको विकास, नियमन र लगानी प्रवर्द्धनका लागि एक दर्जनभन्दा बढी सुझाव समेटेको छ। यी सुझावमा धितोपत्र व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध गराउने, जलविद्युत् कम्पनीलाई उत्पादन सुरु गरेपछि मात्रै प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्न दिने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार तुरुन्त सुरु गर्नेलगायतका विषय समावेश छन्।The High-Level Economic Reform Suggestion Commission handed over its report to Finance Minister Bishnu Paudel on Friday. The commission, which began its study in the second week of Kartik 2081 as per the government's mandate, presented the report today, including several recommendations for improving the capital market and stock market.


















