
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर’ अवार्डबाट सम्मानितSiddhartha Premier Insurance Honored with ‘Non-Life Insurance of the Year’ Award
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर’ अवार्डबाट सम्मानित निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। कर्पोरेट म्यागजिनले आयोजना गरेको १७औँ ‘कर्पोरेट बिजनेश अवार्ड’ समारोहमा कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो। बिहीबार र्याडिसन होटेलमा भएको उक्त कार्यक्रममा कर्पोरेट म्यागजिनका संस्थापक सम्पादक उज्वलजंग शाहले सो जानकारी दिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बहादुर बैदवार क्षेत्रीले अवार्ड ग्रहण गरे। कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणा र कर्पोरेट मिडियाकी उपाध्यक्ष सुष्मा महराले संयुक्त रूपमा अवार्ड हस्तान्तरण गरेका थिए।Siddhartha Premier Insurance Honored with ‘Non-Life Insurance of the Year’ Award Siddhartha Premier Insurance, a non-life insurance company, has been awarded the ‘Non-Life Insurance of the Year’ award. The award was presented by Corporate Magazine during the 17th edition of the ‘Corporate Business Awards’ ceremony held on Thursday at Radisson Hotel. Ujjwal Jung Shah, the founding editor of Corporate Magazine, shared this information.


















