
पियोर इनर्जीले सर्वसाधारणका लागि आजदेखि आईपीओ खुला गर्योPure Energy Opens IPO for General Public from Today
पियोर इनर्जीले सर्वसाधारणका लागि आजदेखि आईपीओ खुला गर्यो पियोर इनर्जी लिमिटेडले आज चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि उपलब्ध गराएको हो। कम्पनीका अनुसार यो निष्काशनमा आवेदन दिने अन्तिम मिति २०८२ वैशाख २ गतेसम्म तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर निष्काशन गरिसकेको छ।Pure Energy Opens IPO for General Public from Today


















