
Investor News
Stay informed and invest with latest NEPSE news and analysis.

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने Machhapuchchhre Bank Decides Not to Distribute Dividends Machhapuchchhre Bank Limited (MBL) has announced that it will not distribute dividends to its shareholders for the fiscal year 2079/80.

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा बुधबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ तोकेको छ। यसअघि गत मंसिर २० गते १३५.८९ रुपैयाँ रहेको डलरको मूल्य अहिले आफ्नो सबैभन्दा उच्च विन्दुमा पुगेको हो। डलरको मूल्य वृद्धि हुँदै जाँदा नेपाली रुपैयाँ थप कमजोर बनेको छ।US Dollar Reaches Record High Against Nepali Rupee On Wednesday, the exchange rate of the US dollar reached its highest level in history. Nepal Rastra Bank (NRB) set the buying rate for one US dollar at NPR 135.47 and the selling rate at NPR 136.07. Previously, on December 5, the rate had peaked at NPR 135.89. The surge in the dollar's value has further weakened the Nepali rupee.

नेप्से २६६० मा ठुलो सपोर्टमा, अब के गर्ने? विश्लेषक भन्छन्, आत्तिनु पर्दैन साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा पुगेको छ। आजको दिन ८५ वटा कम्पनीको सेयर मूल्य बढेको, १४८ वटा कम्पनीको सेयर मूल्य घटेको, र १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ।NEPSE Holds Strong Support at 2,660—What’s Next? On Tuesday, the third trading day of the week, the Nepal Stock Exchange (NEPSE) dropped by 6.32 points, closing at 2,669.82. Despite the decline, 85 companies’ share prices increased, 148 companies saw a drop, and 10 companies remained unchanged. In total, 87.68 lakh shares of 303 companies were traded, with a turnover exceeding NPR 4.41 billion. Among the top traded companies:

सरकार तत्काल नढल्ने! बजारमा स्पिनिङ टप क्यान्डल बन्यो, रिभर्सलको संकेत! साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १२.८४ अंकले घट्दै २६७६.१५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३६ अंक, फ्लोट इन्डेक्स ०.८३ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ। यस दिनको कारोबार अघिल्लो दिनको तुलनामा कम रह्यो। अघिल्लो दिन करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएकोमा आज ३१७ स्टकका ६२,७५८ पटकका कारोबारमार्फत कुल ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार कित्ता सेयर किनबेच भयो।The Government Won't Fall Anytime Soon! Spinning Top Candle Formation in the Market Indicates Reversal! On the second trading day of the week, the NEPSE index closed with a decline. On Monday, the NEPSE index dropped by 12.84 points to settle at 2676.15 points. Similarly, the Sensitive Index fell by 1.36 points, the Float Index by 0.83 points, and the Sensitive Float Index by 0.52 points. The trading volume also saw a dip. Compared to the previous day’s turnover of approximately NPR 7.5 billion, today's market traded 62,758 transactions across 317 stocks, totaling NPR 5.62 billion with a volume of 11.5 million shares.

काठमाडौं। नेपाली कांग्रेसले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत भएको समझदारी अनुदानमा आधारित रहेको दाबी गरेको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको हालैको चीन भ्रमणका क्रममा भएका दुई पक्षीय समझदारीहरू कांग्रेसको नीतिअनुसार नै भएको जानकारी दिए।Nepali Congress Claims BRI Agreement with China is Grant-Based Kathmandu: The Nepali Congress has claimed that the agreements under the Belt and Road Initiative (BRI) with China are based on grants. Speaking after the Central Working Committee meeting on Monday, party spokesperson Dr. Prakash Sharan Mahat explained that the bilateral agreements made during the Prime Minister’s recent visit to China align with the Congress party’s policies.

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल काठमाडौं, पुस २४: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच आज अर्थ मन्त्रालयमा महत्वपूर्ण छलफल भएको छ। भेटघाटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, द्विपक्षीय आर्थिक सहयोग, विकास वित्त र निजी क्षेत्रमा लगानी विस्तारजस्ता विषयमा छलफल केन्द्रित भएको थियो।Finance Minister Paudel and U.S. Assistant Secretary Lu Discuss Strengthening Nepal-U.S. Relations Kathmandu, December 24: Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel held an important discussion with U.S. Assistant Secretary of State Donald Lu at the Ministry of Finance today. The meeting focused on effective implementation of projects under the Millennium Challenge Corporation (MCC) and the United States Agency for International Development (USAID), bilateral economic cooperation, development financing, and expanding private sector investments.

नेपाली शेयर बजारमा ४६ अंकको गिरावट: हायर लो अझै सपोर्टमा, लगानीकर्ता अन्योलमा साताको पहिलो कारोबार दिन नेपाली शेयर बजार सूचक नेप्से ४६ अंकले घटेको छ। केहि ट्रेडरले नाफा बुक गर्नु र बजारमा अन्योलपूर्ण अवस्था रहनुले नेप्सेमा गिरावट आएको विश्लेषण गरिएको छ। बजारमा सरकार परिवर्तनको चर्चा, अमेरिकी उप विदेशमन्त्रीको आगमन, र एमसीसी तथा बीआरआईको बहसले पनि लगानीकर्तामा असर गरेको देखिन्छ। नेप्से सूचक लगातार तेस्रो दिन घटेर ४५.९३ अंकले ओरालो लाग्दै २६८९.०० मा बन्द भएको छ। पछिल्लो ८ कारोबार दिनपछि पहिलोपटक नेप्से २७०० अंकभन्दा तल झरेको हो। यसअघि मंसिर १० गते नेप्से २६८३.२४ मा बन्द भएको थियो। यस दिन सेन्सेटिभ इन्डेक्स ६.९६ अंकले, फ्लोट इन्डेक्स ३.०५ अंकले, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२७ अंकले घटेका छन्।Nepali Stock Market Drops by 46 Points: Technical Support at Higher Low Amid Investor Uncertainty On the first trading day of the week, the NEPSE index, the benchmark of the Nepali stock market, saw a sharp decline. Analysts attribute the fall to profit-booking by some traders, coupled with broader market uncertainty. Key concerns among investors include political instability, discussions about government changes, the arrival of the U.S. Undersecretary of State, and ongoing debates around MCC (Millennium Challenge Corporation) and BRI (Belt and Road Initiative).

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यो निर्णय मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।Siddhartha Bank Announces 4% Cash Dividend for Shareholders Siddhartha Bank Limited (SBL) has announced a cash dividend distribution from the profits of the last fiscal year. The bank has proposed a 4% cash dividend, including taxes, on the current paid-up capital. This decision was made during the Board of Directors meeting held on December 6. The proposed dividend will be distributed following approval from Nepal Rastra Bank and final endorsement at the upcoming Annual General Meeting.

एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गर्दै उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकलाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो। सो विवरण आगामी वार्षिक साधारण सभाले अन्तिम स्वीकृति दिनेछ।NMB Bank Declines Dividend Distribution Amid Strategic Financial Decisions NMB Bank Limited (NMB) has announced its decision to withhold dividend distribution from the profits of the last fiscal year. This resolution was passed during the Board of Directors meeting held on December 6. The financial statements for the year have been submitted to Nepal Rastra Bank (NRB) for approval, with a final endorsement awaited during the upcoming Annual General Meeting (AGM).

एक हप्ताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने: अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरूको बाँकी बक्यौता एक हप्ताभित्र भुक्तानी गरिने आश्वासन दिएका छन्। "विकास बजेटको परिचालन: सरकार र निजी क्षेत्रको भूमिका" विषयक कार्यक्रममा उनले निर्माण व्यवसायीहरूले गरेका गुनासाहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारी योजनाहरू पूरा गरिसके पनि व्यवसायीहरूले अझै अर्बौं रुपैयाँ भुक्तानी नपाएको तथ्य स्वीकार गरे।Finance Minister Poudel Assures Payment to Contractors Within a Week Deputy Prime Minister and Finance Minister Bishnu Poudel has assured that pending payments to construction entrepreneurs will be cleared within a week. Speaking at a program titled “Mobilization of the Development Budget: Roles of the Government and the Private Sector”, he addressed the grievances of contractors who have not received billions of rupees in payments despite completing government projects. The event was organized in collaboration with the Nepal Economic Journalists Association (NAFIJ), the Ministry of Physical Infrastructure and Transport, and the Federation of Contractors’ Associations of Nepal. During the program, Minister Poudel acknowledged that contractors have been waiting for payments from projects completed in the previous fiscal year.

नेपालको शेयर बजारमा गिरावट जारी, अर्को साता महत्वपूर्ण हुने विश्लेषण नेपालको शेयर बजारले यस हप्ता निरन्तर ओरालो यात्रा गरेको छ। बिहीबार नेप्से सूचक १५.९३ अंकले घटेर २७३४.९३ अंक मा झरेको छ। बजारले २७८० अंकको प्रमुख प्रतिरोध स्तर तोड्न नसक्दा लगानीकर्ताहरूमा अनिश्चितता कायमै छ। केही समूहहरूमा सुधार देखिए पनि अधिकांशले गिरावट बेहोरेका छन्। यस लेखमा हप्ताभरि भएको बजार गतिविधि, समूहगत प्रदर्शन, प्रमुख वृद्धि र गिरावट भएका स्टक, प्राविधिक विश्लेषण, र भविष्यको सम्भावनाहरूको विश्लेषण गरिएको छ।Nepal Stock Market: A Week of Decline, Key Decisions Await Next Week The Nepal Stock Exchange (NEPSE) endured another week of declining performance, with the market grappling to find stability amid resistance and sectoral fluctuations. The index closed at 2,734.93 points on Thursday, down by 15.93 points, marking the continuation of a bearish trend. While some sectors showed resilience, others struggled under selling pressure, reflecting the prevailing uncertainty in investor sentiment. This article delves into the week's market dynamics, sectoral performance, key gainers, losers, and trading patterns, followed by a technical analysis and future outlook.

तारागाउँ रिजेन्सी होटलले शेयरधनीलाई ११% नगद लाभांश दिने घोषणा गर्यो तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ११% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले करबाहेक ११% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यस लाभांश शेयरधनीले आगामी पुस २५ गते आह्वान गरिएको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन्। यो घोषणा होटलको स्थिर वित्तीय प्रदर्शनको संकेत हो। पर्यटन र आतिथ्य क्षेत्रका चुनौतीपूर्ण परिस्थिति हुँदाहुँदै पनि कम्पनीले लगानीकर्तालाई प्रतिफल दिन प्रतिबद्धता देखाएको छ। लाभांश वितरणले शेयरधनीहरुको आत्मविश्वास बढाउने र नयाँ लगानीकर्तालाई पनि आकर्षित गर्ने सम्भावना छ।Taragaon Regency Hotel to Distribute 11% Cash Dividend to Shareholders Taragaon Regency Hotel has announced an 11% cash dividend for its shareholders, derived from its earnings in the last fiscal year. The decision was made during the board of directors' meeting held on Thursday. The dividend, excluding taxes, will be disbursed upon approval in the Annual General Meeting (AGM) scheduled for January 9, 2024 (Poush 25, 2080 BS).

डलरको मूल्य नेपाली बजारमा नयाँ रेकर्डमा, नेपाली रुपैयाँ कमजोर हुँदै नेपाली रुपैयाँको निरन्तर अवमूल्यनको कारण अमेरिकी डलरको मूल्यले नेपाली बजारमा नयाँ उचाई कायम गरेको छ। मंसिर १८ मा कायम गरिएको पुरानो रेकर्ड तोड्दै, अमेरिकी डलरको बिक्रीदर अहिले १३५ रुपैयाँ ८९ पैसा र खरिददर १३५ रुपैयाँ २९ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो दर पहिलाको १३५ रुपैयाँ ८२ पैसा र १३५ रुपैयाँ २२ पैसा भन्दा थोरै तर महत्वपूर्ण रूपमा उच्च छ।US Dollar Hits Record High in Nepali Market Amid Persistent Depreciation of Nepali Rupee The Nepali currency continues its downward trajectory as the US dollar reached a new record high in the Nepali market, breaking the previous benchmark set on Mangsir 18. According to the Nepal Rastra Bank, the selling rate of the US dollar is now NPR 135.89, with the buying rate at NPR 135.29. This represents a slight yet significant increase from the rates of NPR 135.82 and NPR 135.22 recorded earlier.

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सूर्यज्योति र एनआरएनले भोली मंसिर २१ गते बुकक्लोज गर्नेछन् भने फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते आइतबार बुकक्लोज गर्नेछ। यस अनुसार आजभित्र नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागी हुन र वितरण हुने लाभांश प्राप्त गर्न सक्नेछन्।Last Day to Secure Dividends from Three Companies Today marks the final day to secure dividends from Surya Jyoti Life Insurance, NRNA Infrastructure and Development, and First Microfinance Laghubitta Financial Institution. Surya Jyoti and NRNA will close their books tomorrow, i.e., December 6, for dividend distribution and annual general meeting (AGM) purposes, while First Microfinance will do so on Sunday, December 8. Therefore, shareholders who purchase shares of these companies on or before today will be eligible to participate in their AGMs and receive dividends.