
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडसँग जोडिएका ११ मुद्दा सर्वोच्चमा 11 Cases Linked to Royal Merchant Banking and Finance Limited Reach Supreme Court
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त नबुझाएर १२ वटा भ्रष्टाचार मुद्दामा पुनरावेदनका लागि सर्वोच्च अदालतमा अपिल गरेको छ। यीमध्ये ११ मुद्दा साविकको रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड (हालको एनसिसी बैंक) सँग सम्बन्धित छन् भने एक मुद्दा राजस्व हानीनोक्सानीसँग जोडिएको छ।The Commission for Investigation of Abuse of Authority (CIAA) has approached the Supreme Court, filing appeals against the Special Court's verdicts in 12 corruption cases. Of these, 11 cases are linked to the former Royal Merchant Banking and Finance Limited (now NCC Bank), while one pertains to revenue loss.


















