
वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय सुधार: ४९ अर्ब नाघ्यो कमाइ, अधिकांश बैंकको प्रदर्शन सुदृढCommercial Banks Post Strong Recovery as Profits Cross NPR 49 Billion in Q3
वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय सुधार: ४९ अर्ब नाघ्यो कमाइ, अधिकांश बैंकको प्रदर्शन सुदृढ काठमाडौँ — चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालको वाणिज्य बैंकिङ क्षेत्रले सकारात्मक गति समातेको देखिएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ४१ अर्ब २५ करोड रुपैयाँको तुलनामा १९.३० प्रतिशतले बढी हो। यसले बैंकिङ क्षेत्रमा सुधारको स्पष्ट संकेत दिएको छ।Commercial Banks Post Strong Recovery as Profits Cross NPR 49 Billion in Q3 Kathmandu — Nepal’s commercial banking sector has shown a clear and encouraging recovery in the third quarter of the current fiscal year 2082/83, with total net profit of 20 commercial banks crossing NPR 49.21 billion. This marks a solid 19.30 percent increase compared to NPR 41.25 billion recorded during the same period last year, signaling renewed momentum in the financial sector.
















