
चिनियाँ लगानी बढाउन अर्थमन्त्रीको आह्वानFinance Minister Urges Chinese Investors to Expand Investment in Nepal
चिनियाँ लगानी बढाउन अर्थमन्त्रीको आह्वान काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले नेपालमा वैदेशिक लगानीका लागि सकारात्मक वातावरण रहेको बताउँदै चिनियाँ लगानीकर्तालाई निडर भएर लगानी गर्न आग्रह गरेका छन्। मङ्गलबार काठमाडौँमा आयोजित नेपाल–चीन आर्थिक सहकार्यसम्बन्धी कार्यक्रममा उनले सरकारले लगानीमैत्री नीति र संरचनागत सुधारहरू अघि बढाइरहेको उल्लेख गरे। नेपाल र चीनबीच आर्थिक सहकार्यलाई थप विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउँदै उनले दुवै देशका लागि लाभदायक हुने क्षेत्रहरूमा संयुक्त लगानी आवश्यक रहेको धारणा राखे।Finance Minister Urges Chinese Investors to Expand Investment in Nepal Kathmandu. Finance Minister Rameshwar Khanal has called on Chinese investors to increase their investment in Nepal, stating that the country offers a favorable and secure investment environment. Speaking at a Nepal–China economic cooperation program held in Kathmandu on Tuesday, he said the government has been implementing policy and structural reforms to attract foreign capital.


















