NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 43 / 143Next
    • एशियन लाइफले ऐनविपरीत संस्थापकसँग मिलेर होटलमा लगानी
      Investor

      एशियन लाइफले ऐनविपरीत संस्थापकसँग मिलेर होटलमा लगानीAsian Life Insurance Invests in Founder-Linked Hotel Company, Violating Insurance Act

      एशियन लाइफले ऐनविपरीत संस्थापकसँग मिलेर होटलमा लगानी एशियन लाइफ इन्स्योरेन्सले आफ्नै संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणसँग स्वार्थ बाझिने गरी सिटी होटल्स लिमिटेडमा लगानी गरेको खुलासा भएको छ। कम्पनीले लिलाम बढाबढमार्फत सिटी होटल्सका २० लाख कित्ता शेयर खरिद गरेको हो। गोल्याण एशियन लाइफका ५.३१% शेयरधनी र सिटी होटल्सका २६% एकल स्वामित्वधनी तथा सञ्चालक अध्यक्ष समेत हुन्। बीमा ऐन २०७९ ले बीमकलाई आफ्नै संचालक वा आधारभूत शेयरधनीसँग साझेदारीमा कुनै व्यवसाय गर्न कडाइका साथ निषेध गर्छ। त्यसैकारण प्राधिकरणका अधिकारीले यो कार्यलाई सरासर ऐनविपरीत भन्दै आपत्ति जनाएका छन्।Asian Life Insurance Invests in Founder-Linked Hotel Company, Violating Insurance Act Asian Life Insurance has been found investing in City Hotels Limited, a company largely owned by its own founder shareholder Shaktikumar Goyal, in a clear conflict of interest and against the Insurance Act 2079. The company purchased 2 million shares of City Hotels through auction bidding. Goyal holds 5.31% shares in Asian Life and 26% ownership in City Hotels, where he also serves as Chairman. The Insurance Act strictly prohibits insurers from doing business or investing in companies where their directors or major shareholders (those holding more than 1%) have financial interests. Officials from the Insurance Authority have termed this move a direct violation of the law.

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • श्रीनगर एग्रीटेक (SAIL) नेप्सेमा सूचीकृत, आइतबारदेखि ट्रेड सुरु
      Stock

      श्रीनगर एग्रीटेक (SAIL) नेप्सेमा सूचीकृत, आइतबारदेखि ट्रेड सुरुSrinagar Agritech Industries (SAIL) Listed on NEPSE; Trading Begins Sunday

      नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को शेयर औपचारिक रूपमा सूचीकृत गरिएको छ। नेप्सेले आज कम्पनीका कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर सूचीकृत गरेको छ। उक्त सेयरमध्ये ३२ लाख ६२ हजार ५०० कित्ता सर्वसाधारणलाई जारी गरिएको हो भने १ करोड ३० लाख ५० हजार संस्थापक सेयर समावेश गरिएको छ।Nepal Stock Exchange (NEPSE) officially listed the shares of Srinagar Agritech Industries Ltd. (SAIL). A total of 16,312,500 shares of the company have now been listed. Of the total listed shares, 3,262,500 units were issued to the public through IPO, while 13,050,000 units belong to the promoters.

      NEPSE TRADING·21 Nov, 2025·<1 min read
    • फिस्टेल ड्रीम पार्कको २०% आईपीओ आउँदै, नेपाल लाइफ क्यापिटलसँग सम्झौता
      Stock

      फिस्टेल ड्रीम पार्कको २०% आईपीओ आउँदै, नेपाल लाइफ क्यापिटलसँग सम्झौताFishtail Dream Park to Float 20% IPO; Nepal Life Capital Appointed Manager

      आयु इन्टरटेन्मेन्ट लिमिटेडले पोखराको चर्चित फिस्टेल ड्रीम पार्कको २० प्रतिशत बराबरको आइपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले ३० लाख कित्ता शेयर प्रति १०० रुपैयाँको दरले सार्वजनिक गर्नेछ।करिब ५७ रोपनी क्षेत्रफलकमा फैलिएको फिस्टेल ड्रीम पार्क वाटर पार्कदेखि साहसिक खेलसम्मको रोमाञ्चक आकर्षणसहित नेपालकै ठूलो मनोरञ्जन स्थलका रूपमा विकसित भएको छ।Aayu Entertainment Limited is gearing up to launch an IPO of 20% of Fishtail Dream Park, one of Pokhara’s rising entertainment hubs. The company plans to issue 3 million shares at a face value of NPR 100 each.Spread over 57 ropanis, Fishtail Dream Park features water attractions, adventure sports, and family entertainment, positioning itself as one of Nepal’s largest amusement destinations.

      NepseTrading·21 Nov, 2025·<1 min read
    • अन्तर्रा‌ष्ट्रीय दबाबले नेपालमा सुन–चाँदी सस्तो
      Investor

      अन्तर्रा‌ष्ट्रीय दबाबले नेपालमा सुन–चाँदी सस्तोGlobal Pressure Pulls Down Gold & Silver Prices in Nepal

      विश्व बजारमा बढ्दो अनिश्चितताले आज नेपाली बजारमा सुनचाँदीको दर पुनः ओरालो लागेको छ। बिहीबारको मूल्य भन्दा आज दुवै धातुको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। संघका अनुसार छापावाल सुन आज प्रतितोला रु १,३०० ले कम भएर रु २,४१,७०० मा झरेको छ। चाँदी पनि त्यसैगरी रु ८५ ले सस्तो भई प्रतितोला रु ३,१०० मा रोकिएको छ।Uncertainty in the global bullion market has once again pushed Nepal’s gold and silver rates downward. Compared to Thursday, both precious metals recorded a price drop, as reported by the Federation of Nepal Gold and Silver Dealers’ Association.

      NEPSE TRADING·21 Nov, 2025·<1 min read
    • अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपालमा सुनचाँदीको मूल्य वृद्धि
      Investor

      अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपालमा सुनचाँदीको मूल्य वृद्धिGold and Silver Prices Rise in Nepal Following International Market Trend

      अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपालमा सुनचाँदीको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकै छ। बुधबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ, जसका कारण स्थानीय बजारमा व्यापारिक गतिविधि समेत चहलपहल देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेर रु २,४३,००० पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले वृद्धि भई प्रति तोला रु ३,१८५ निर्धारण गरिएको छ।Gold and Silver Prices Rise in Nepal Following International Market Trend Fluctuations in the international bullion market have directly impacted the Nepali market, leading to an increase in the prices of both gold and silver today. Compared to Wednesday, both precious metals have become more expensive in the domestic market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold has increased by Rs. 700 per tola, reaching Rs. 243,000 per tola today. Similarly, the price of silver has risen by Rs. 35 per tola, setting its rate at Rs. 3,185 per tola.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • एनआरएन इन्फ्रास्ट्रक्चरले १६ लाख ७७ हजार बढी सेयर बिक्री गर्ने निर्णय
      Investor

      एनआरएन इन्फ्रास्ट्रक्चरले १६ लाख ७७ हजार बढी सेयर बिक्री गर्ने निर्णयNRN Infrastructure to Sell Over 1.67 Million Promoter and Ordinary Shares

      एनआरएन इन्फ्रास्ट्रक्चरले १६ लाख ७७ हजार बढी सेयर बिक्री गर्ने निर्णय एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न कम्पनीमा रहेको आफ्नो स्वामित्वका कुल १६ लाख ७७ हजार १६ कित्ता संस्थापक तथा साधारण सेयर बिक्री गर्ने भएको छ। मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो सेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार सेयर बिक्रीका लागि आवश्यक स्वीकृति नेपाल धितोपत्र बोर्ड (SEBON) बाट पहिल्यै प्राप्त भइसकेको छ। अब कम्पनीले स्वीकृतिको आधारमा चरणबद्ध रूपमा सेयर बिक्री प्रक्रिया सञ्चालन गर्नेछ। बिक्री गर्न लागिएका सेयरमध्ये कुमारी बैंकका ५ लाख ३० हजार, नेसनल माइक्रोफाइनान्स लघुवित्तका १ लाख ७ हजार ४८४, नेरुडे मिर्मिरे लघुवित्तका ७४ हजार १०६ कित्ता रहेका छन्।NRN Infrastructure to Sell Over 1.67 Million Promoter and Ordinary Shares NRN Infrastructure and Development Limited has decided to sell a total of 1,677,016 promoter and ordinary shares it owns in various companies. The decision was made during the company’s board meeting held on Mangsir 3, which approved moving forward with the share sale process. According to the company, the share sale has already received approval from the Securities Board of Nepal (SEBON). Following the approval, NRN Infrastructure will now proceed with the transaction as per regulatory guidelines.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • सगरमाथा जलविद्युतले साधारणसभा बोलायो, शत–प्रतिशत हकप्रद पारित गर्ने तयारी
      Top

      सगरमाथा जलविद्युतले साधारणसभा बोलायो, शत–प्रतिशत हकप्रद पारित गर्ने तयारीSagarmatha Hydropower Calls AGM to Approve 100% Rights Share Issuance

      सगरमाथा जलविद्युतले साधारणसभा बोलायो, शत–प्रतिशत हकप्रद पारित गर्ने तयारी काठमाडौं — सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी मंसिर २६ गते साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बस्नेछ। कम्पनीले यस साधारणसभाबाट शत–प्रतिशत हकप्रद शेयर (१:१ अनुपात) जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। सञ्चालक समितिको निर्णय अनुसार हकप्रद विद्यमान चुक्ता पुँजी अनुरूप जारी गरिनेछ।Sagarmatha Hydropower Calls AGM to Approve 100% Rights Share Issuance Kathmandu — Sagarmatha Hydropower Company Limited has announced the date for its upcoming Annual General Meeting (AGM). The meeting has been scheduled for Mangsir 26 at Smart Darbar, located in Shankhapark, Kathmandu. According to the company, the AGM will endorse the board’s proposal to issue 100 percent rights shares, allowing shareholders to subscribe in a 1:1 ratio based on the current paid-up capital. Earlier, the company had already decided to issue rights shares equivalent to its existing paid-up capital of Rs 1.17 billion 32 lakh, and the proposal has been registered with the Securities Board of Nepal (SEBON) for approval. The rights issuance is currently in the process of being finalized.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • स्वावलम्बन लघुवित्त : १० प्रतिशत लाभांश घोषणा
      Investor

      स्वावलम्बन लघुवित्त : १० प्रतिशत लाभांश घोषणाSwabalamban Microfinance Announces 10% Dividend for FY 2081/82

      स्वावलम्बन लघुवित्तले १० प्रतिशत लाभांश घोषणा काठमाडौं — स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आव २०८१/८२ को खुद नाफाबाट सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाले ५.६३ प्रतिशत बोनस सेयर तथा ४.३६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो। कम्पनीका सचिव चन्द्रमणि चौलागाईंका अनुसार हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरी आवश्यक प्रक्रियाका लागि राष्ट्र बैंकमा पठाइएको छ।Swabalamban Microfinance Announces 10% Dividend for FY 2081/82 Kathmandu — Swabalamban Laghubitta Bittiya Sanstha has proposed a 10 percent dividend for its shareholders from the profit of fiscal year 2081/82. The decision was endorsed by the company’s board of directors during a meeting held on Wednesday evening. According to company secretary Chandramani Chaulagain, the board has proposed 5.63 percent bonus shares and 4.36 percent cash dividend (including tax) based on the current paid-up capital.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • ४३९ मेगावाट बेतन कर्णाली जलविद्युत् परियोजनामा ९३ अर्ब लगानी स्वीकृत
      Investor

      ४३९ मेगावाट बेतन कर्णाली जलविद्युत् परियोजनामा ९३ अर्ब लगानी स्वीकृतInvestment Board Nepal Approves NPR 93.40 Billion for 439 MW Betan Karnali Semi-Reservoir Hydropower Project

      ४३९ मेगावाट बेतन कर्णाली जलविद्युत् परियोजनामा ९३ अर्ब लगानी स्वीकृत काठमाडौं । लगानी बोर्ड नेपालले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना निर्माणका लागि ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ। बोर्डको ६७औँ बैठकले परियोजना विकास सम्झौता (PDA) गर्न वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गर्दै २०८२/८३ को वार्षिक कार्ययोजना स्वीकृत गरेको बोर्डले जानकारी दिएको छ।Investment Board Nepal Approves NPR 93.40 Billion for 439 MW Betan Karnali Semi-Reservoir Hydropower Project Kathmandu. The Investment Board Nepal (IBN) has approved an investment of NPR 93.40 billion for the development of the 439 MW Betan Karnali Semi-Reservoir Hydropower Project. The decision was made during the Board’s 67th meeting, which also endorsed the formation of a negotiation committee to proceed with the Project Development Agreement (PDA). The meeting, chaired by Prime Minister Sushila Karki, reviewed the progress report of fiscal year 2081/82 and approved the Board’s Annual Work Plan for FY 2082/83.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • बरुण हाइड्रोपावरको २२औँ वार्षिक साधारण सभा मंसिर २६ मा
      Investor

      बरुण हाइड्रोपावरको २२औँ वार्षिक साधारण सभा मंसिर २६ माBarun Hydropower Announces 22nd Annual General Meeting for December 12, 2025

      बरुण हाइड्रोपावरको २२औँ वार्षिक साधारण सभा मंसिर २६ मा काठमाडौं, मंसिर ४। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा आगामी मंसिर २६ गते (शुक्रबार) आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार सभा काठमाडौंको स्मार्ट दरबार, शंखपार्कमा बिहान ९:३० बजे सुरु हुनेछ। कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले सभा आह्वान गर्ने निर्णय गरेसँगै कम्पनी ऐन, २०६३ बमोजिम सम्पूर्ण शेयरधनीलाई उपस्थितिका लागि सूचना सार्वजनिक गरेको हो।Barun Hydropower Announces 22nd Annual General Meeting for December 12, 2025 Kathmandu, Mangsir 4, 2082 (November 20, 2025). Barun Hydropower Company Limited has announced that its 22nd Annual General Meeting (AGM) will be held on Mangsir 26, 2082 (Friday, December 12, 2025) at Smart Darbar, Shankhamul, Kathmandu, starting from 9:30 AM. The decision was made during the board meeting held on Mangsir 3. According to the company, the AGM has been called to discuss and approve various financial and operational matters as per the Companies Act, 2063.

      NEPSE TRADING·20 Nov, 2025·2 min read
    • सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनLast Day to Secure Dividends for Solti Hotel and Sahas Urja Shareholders

      सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन काठमाडौं, मंसिर ४ । आज (बिहीबार) सोल्टी होटल लिमिटेड र साहस उर्जा लिमिटेडका सेयरधनीका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। दुवै कम्पनीले भोलि मंसिर ५ गते बुकक्लोज गर्ने भएकोले आजको कारोबार सकिँदासम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीले मात्रै प्रस्तावित लाभांश तथा साधारण सभामा सहभागी हुने अधिकार प्राप्त गर्न सक्नेछन्।Last Day to Secure Dividends for Solti Hotel and Sahas Urja Shareholders Kathmandu, Mangsir 4. Today (Thursday) is the final day for shareholders of Solti Hotel Limited and Sahas Urja Limited to secure their eligibility for dividends and participation in the upcoming annual general meetings (AGMs). Both companies will close their books tomorrow, Mangsir 5, meaning only those shareholders who remain listed on NEPSE by the end of today’s trading session will qualify.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • नेप्से ४.९८ अंकले घटेर २५६१ विन्दुमा, कारोबार रकम ३ अर्ब ७७ करोडमा झर्यो; बजार घटे पनि प्राविधिक रुपमा स्थिर
      Top

      नेप्से ४.९८ अंकले घटेर २५६१ विन्दुमा, कारोबार रकम ३ अर्ब ७७ करोडमा झर्यो; बजार घटे पनि प्राविधिक रुपमा स्थिरMarket Update: NEPSE Falls by 4.98 Points to 2,561; Trading Volume Declines, but Technical Indicators Still Show Market Stability

      नेप्से ४.९८ अंकले घटेर २५६१ विन्दुमा, कारोबार रकम ३ अर्ब ७७ करोडमा झर्यो; बजार घटे पनि प्राविधिक रुपमा स्थिर, ब्रोकर ५८ बाट मात्रै ४ लाख ६० हजार बरुण हाइड्रो बिक्री काठमाडौं । लगातार दुई दिन उकालो लागेको नेप्से सूचक बुधबार फेरि दबाबमा पर्‍यो। मंगलबार हल्का वृद्धि दर्ज गरेको बजार यस दिन ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा झरेको छ। बजार विश्लेषकहरूका अनुसार, लगानीकर्तामा देखिएको अनिश्चित मनोवृत्ति, कर्जा प्रवाह सुस्त, र बजारमा कमजोर खरिद दबाबले नेप्से फेरि ओरालो लागेको हो।Market Update: NEPSE Falls by 4.98 Points to 2,561; Trading Volume Declines, but Technical Indicators Still Show Market Stability — Broker 58 Alone Sells 460,000 Shares of Barun Hydro Kathmandu — After two consecutive days of upward movement, the NEPSE index slipped again on Wednesday. Investors who had witnessed a mild rise on Tuesday saw renewed pressure in the market, with the NEPSE index falling by 4.98 points to close at 2,561.08 points. Market analysts attribute this decline to cautious investor sentiment, weak buying pressure, and overall uncertainty in the broader economy.

      NEPSE TRADING·19 Nov, 2025·2 min read
    • बैंकमा सवा ८ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रियो, कर्जा माग सुस्तै—राष्ट्र बैंकले फेरि थप पैसा सोस्दै
      Investor

      बैंकमा सवा ८ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रियो, कर्जा माग सुस्तै—राष्ट्र बैंकले फेरि थप पैसा सोस्दैOver Rs. 820 Billion Remains Idle in Banks; Nepal Rastra Bank Continues Aggressive Liquidity Absorption

      बैंकमा सवा ८ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रियो, कर्जा माग सुस्तै—राष्ट्र बैंकले फेरि थप पैसा सोस्दै काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा थुप्रिँदै गएको अत्यधिक तरलता अझै नघटेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले स्पष्ट पारेको छ। बैंक तथा वित्तीय संस्थाले लगानी प्रवाह गर्न नसकेर केन्द्रीय बैंकमै राखेको रकम हाल करिब सवा ८ खर्ब रुपैयाँ पुगेको छ। निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा (एसडीएफ) मा राखिएको उक्त रकमले बैंकिङ प्रणालीमा कर्जा प्रवाह ठप्पजस्तै रहेको संकेत गरेको छ। नेपालमा पछिल्ला महिनाहरूमा रेमिट्यान्स उच्च दरमा बढिरहेको छ। तर, त्यसअनुसार आर्थिक गतिविधि चलायमान बन्न नसक्दा कर्जाको माग भने अत्यन्तै कमजोर बनेको छ। ब्याजदर घट्दो क्रममा हुँदाहुँदै पनि निजी क्षेत्रले कर्जा लिन रुचि नभएकाले बैंकमा लगानीयोग्य रकम फँसेर बस्दै गएको विश्लेषकहरूको भनाइ छ।Over Rs. 820 Billion Remains Idle in Banks; Nepal Rastra Bank Continues Aggressive Liquidity Absorption Kathmandu — Nepal’s banking and financial system continues to grapple with excessive liquidity as more than Rs. 820 billion remains idle in banks, unable to be invested. According to Nepal Rastra Bank (NRB), this huge volume of surplus funds has accumulated mainly due to weak credit demand, even as remittance inflows reach record highs. Banks have been depositing these idle funds in the central bank through the Deposit Collection Instruments and the Standing Deposit Facility (SDF). Remittance inflows have surged in recent months, causing deposits to rise sharply. However, the pace of credit expansion has remained slow across the banking sector. Despite continuously declining interest rates, private-sector credit demand has not picked up. As a result, the banking system is flooded with investable funds that banks cannot deploy into loans.

      NEPSE TRADING·19 Nov, 2025·3 min read
    • माई खोला हाइड्रोपावरको ५औँ वार्षिक साधारण सभा मङ्सिर २५ मा, हकप्रद सेयर जारीको तयारी
      Investor

      माई खोला हाइड्रोपावरको ५औँ वार्षिक साधारण सभा मङ्सिर २५ मा, हकप्रद सेयर जारीको तयारीMai Khola Hydropower to Hold 5th AGM on Mangsir 25; Company Preparing to Issue 1:1 Right Shares

      माई खोला हाइड्रोपावरको ५औँ वार्षिक साधारण सभा मङ्सिर २५ मा, हकप्रद सेयर जारीको तयारी काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आगामी मङ्सिर २५ गते ५औँ वार्षिक साधारण सभा (एजीएम) गर्ने भएको छ। एजीएम काठमाडौंको शङ्खपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ। साधारण सभामा कम्पनीका वित्तीय विवरणदेखि सुशासन तथा आयोजना पुनर्निर्माणसम्मका महत्वपूर्ण प्रस्तावमाथि छलफल हुने भएको छ। एजीएममा सर्वप्रथम आर्थिक वर्ष २०८१/८२ को अडिट प्रतिवेदन, नाफा–नोक्सानी विवरण, वित्तीय प्रतिवेदन तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ। कम्पनीले यस वर्षको वित्तीय अवस्थाबारे सेयरधनीहरूलाई विस्तृत जानकारी दिने तयारी गरेको छ। त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि सभामा प्रस्तुत हुनेछ। लेखापरीक्षकको चयनले कम्पनीको वित्तीय पारदर्शितामा थप विश्वास दिलाउने अपेक्षा गरिएको छ।Mai Khola Hydropower to Hold 5th AGM on Mangsir 25; Company Preparing to Issue 1:1 Right Shares Kathmandu — Mai Khola Hydropower Limited is set to hold its 5th Annual General Meeting (AGM) on Mangsir 25, 2082. The AGM will take place at Smart Durbar located in Shankha Park, Kathmandu, starting at 11:00 AM. The company has prepared a series of key agendas, ranging from financial approvals to project reconstruction plans, making this year's AGM particularly important for shareholders.

      NEPSE TRADING·19 Nov, 2025·2 min read
    • सर्वोत्तम सिमेन्टले २०% लाभांशका लागि बुक–क्लोजर मिति घोषणा, एजीएम मङ्सिर २६ मा
      Investor

      सर्वोत्तम सिमेन्टले २०% लाभांशका लागि बुक–क्लोजर मिति घोषणा, एजीएम मङ्सिर २६ माSarbottam Cement Limited Announces Book Closure Date for 20% Dividend; AGM Scheduled for Mangsir 26

      सर्वोत्तम सिमेन्टले २०% लाभांशका लागि बुक–क्लोजर मिति घोषणा, एजीएम मङ्सिर २६ मा सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले २०८२ मङ्सिर २६ गते ७औँ वार्षिक साधारण सभा (एजीएम) बोलाएको छ। एजीएम रुपन्देही, भैरहवास्थित होटल सिद्धार्थ विलासामा बिहान ११:०० बजेबाट शुरु हुनेछ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ। सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश (कर सहित) रु. ७४।६३ करोड बराबर र ५ प्रतिशत बोनस सेयर रु. २४।८७ करोड बराबर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको हालको चुक्ता पुँजी रु. ४।९७ अर्ब रहेको छ। एजीएममा अडिट रिपोर्ट, नाफा–नोक्सानी विवरण, वित्तीय प्रतिवेदन तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि समावेश गरिएको छ।Sarbottam Cement Limited Announces Book Closure Date for 20% Dividend; AGM Scheduled for Mangsir 26 Sarbottam Cement Limited (SARBTM) has announced that its 7th Annual General Meeting (AGM) will be held on Mangsir 26, 2082. The meeting is scheduled to take place at Hotel Siddhartha Vilasa in Bhairahawa, Rupandehi, starting at 11:00 AM. One of the major agendas of the AGM is the endorsement of a 20% dividend for the fiscal year 2081/82. The board of directors has proposed a total dividend of 20%, comprising a 15% cash dividend worth Rs. 74.63 crores (including tax) and a 5% bonus share distribution worth Rs. 24.87 crores. The company's current paid-up capital stands at Rs. 4.97 Arba.

      NEPSE TRADING·19 Nov, 2025·1 min read
    • रिभर फल्स पावर लिमिटेडका अविक्रीत हकप्रद सेयरको लिलामी आज बन्द हुँदै
      Investor

      रिभर फल्स पावर लिमिटेडका अविक्रीत हकप्रद सेयरको लिलामी आज बन्द हुँदैRiver Falls Power Limited Closes Auction of Unclaimed Rights Shares Today

      रिभर फल्स पावर लिमिटेडका अविक्रीत हकप्रद सेयरको लिलामी आज बन्द हुँदै रिभर फल्स पावर लिमिटेड (RFPL) ले अविक्रीत हकप्रद सेयरको लिलामी आज मङ्सिर ३ गते बन्द गर्दैछ। कम्पनीले अघिल्लो १:१ अनुपातको हकप्रद जारीबाट बाँकी रहेका १० लाख ३८ हजार ९२४ कित्ता हकप्रद सेयरको लिलामी कात्तिक २६ गतेदेखि सञ्चालनमा ल्याएको थियो। कम्पनीका अनुसार ५९ लाख ६१ हजार ७६ (८५.१५%) कित्ता हकप्रद सेयर योग्य आवेदकहरूलाई छुट्याइएको थियो। तर, १० लाख ३८ हजार ९२४ कित्ता सेयर लगानीकर्ताले नलिएको हुँदा अविक्रीत अवस्थामा रह्यो। जारी गरिएको कुल हकप्रद सेयरमध्ये २२ लाख २४ हजार १७३ कित्ता मात्रै योग्य सेयरधनीहरूलाई बाँडफाँड भएको र बाँकी १४.८५ प्रतिशत अर्थात् १० लाख ३८ हजार ९२४ कित्ता सेयर सर्वसाधारणका लागि लिलामीमा राखिएको कम्पनीले जनाएको छ। यो सेयर अघिल्लो भदौ २३ गतेदेखि असोज २६ गतेसम्म जारी गरिएको १:१ अनुपातको हकप्रदको अविक्रीत हिस्सा हो।River Falls Power Limited Closes Auction of Unclaimed Rights Shares Today River Falls Power Limited (RFPL) is closing the auction of its 10,38,924 units of unclaimed rights shares today, Mangsir 3, 2082. The auction had opened on 26th Kartik following the company’s earlier 1:1 rights offering. According to the company, a total of 59,61,076 units (85.15%) of rights shares had been allotted to valid applicants. However, 10,38,924 units remained unclaimed by eligible shareholders and are now being auctioned to the public. Out of the total rights shares issued, only 22,24,173 units were subscribed by eligible shareholders. The remaining 14.85%—equivalent to 10,38,924 shares—are now in the auction process. These shares are part of the unclaimed portion of the 1:1 rights issue that was open for subscription from 23rd Bhadra to 26th Ashwin, 2082.

      NEPSE TRADING·19 Nov, 2025·1 min read
    • सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो, चाँदी पनि ६० रुपैयाँले उक्लियो
      Investor

      सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो, चाँदी पनि ६० रुपैयाँले उक्लियोGold Prices Jump by Rs. 2,800 per Tola; Silver Rises by Rs. 60

      सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो, चाँदी पनि ६० रुपैयाँले उक्लियो आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेर अहिले २ लाख ४२ हजार ३ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन छापावाल सुनको मूल्य २ लाख ३९ हजार ५ सय रुपैयाँ थियो। नेपाल सुन–चाँदी व्यवसायी महासंघ (FENEGOSIDA) का अनुसार तेजावी सुनको मूल्य पनि बढेर तोलामा २ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तेजावी सुन २ लाख ४४ हजार ४ सय रुपैयाँमा व्यापार हुँदै आएको थियो।Gold Prices Jump by Rs. 2,800 per Tola; Silver Rises by Rs. 60 Gold and silver prices saw a notable increase in the Nepali market today. The price of standard gold surged by Rs. 2,800 per tola, reaching Rs. 242,300. This marks a significant rise from the previous day’s rate of Rs. 239,500 per tola. According to the Federation of Nepal Gold and Silver Dealers’ Association (FENEGOSIDA), the price of Tejabi gold also increased, reaching Rs. 241,600 per tola. The previous day, it was traded at Rs. 244,400 per tola.

      NEPSE TRADING·19 Nov, 2025·1 min read
    • ङादी ग्रुप पावर लिमिटेडले ५% लाभांश प्रस्ताव, बुक–क्लोजर मङ्सिर १४ मा
      Investor

      ङादी ग्रुप पावर लिमिटेडले ५% लाभांश प्रस्ताव, बुक–क्लोजर मङ्सिर १४ माNgadi Group Power Limited Proposes 5% Dividend; Book Closure Set for Mangsir 14

      ङादी ग्रुप पावर लिमिटेडले ५% लाभांश प्रस्ताव, बुक–क्लोजर मङ्सिर १४ मा ङादी ग्रुप पावर लिमिटेड (NGPL)ले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ३ अर्ब ७० करोड रुपैयाँका आधारमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले १२औँ वार्षिक साधारण सभा (एजीएम) मङ्सिर २५ गते काठमाडौंस्थित स्मार्ट दरबारमा बिहान ९:३० बजेबाट सञ्चालन गर्ने जनाएको छ। एजीएममा अडिट रिपोर्टसँगै नाफा–नोक्सानी विवरण, वित्तीय विवरणहरू, नगद प्रवाह विवरण अनुमोदन गर्ने र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने एजेन्डा राखिएको छ।Ngadi Group Power Limited Proposes 5% Dividend; Book Closure Set for Mangsir 14 Ngadi Group Power Limited (NGPL) has announced a 5% dividend proposal for the fiscal year 2081/82. The decision was made during the board meeting held on Mangsir 2, where the company approved a distribution of 4.75% bonus shares and 0.25% cash dividend (for tax purposes) based on its paid-up capital of Rs. 3.70 Arba. The company has also scheduled its 12th Annual General Meeting (AGM) for Mangsir 25 at Smart Durbar, Kathmandu, starting at 9:30 AM. The AGM will include agendas to endorse the auditor’s report, profit and loss statement, financial statements, and cash flow report, along with the appointment of an auditor for the fiscal year 2082/83. Additionally, the book closure date for the proposed dividend has been set for Mangsir 14. Only shareholders who maintain their shares before this date will be eligible to receive the dividend. The dividend will be distributed only after approval from the Electricity Regulatory Commission and final endorsement by the 12th AGM. The company is also expected to brief shareholders on its current project progress and future plans during the AGM.

      NEPSE TRADING·19 Nov, 2025·1 min read
    • सरकारद्वारा नेप्से पुनःसंरचना प्रक्रिया सुरु, उच्चस्तरीय सुझाव समिति गठन
      Investor

      सरकारद्वारा नेप्से पुनःसंरचना प्रक्रिया सुरु, उच्चस्तरीय सुझाव समिति गठनGovernment Initiates Restructuring of Nepal Stock Exchange; High-Level Committee Formed

      सरकारद्वारा नेप्से पुनःसंरचना प्रक्रिया सुरु, उच्चस्तरीय सुझाव समिति गठन नेपाल सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालनमा व्यापक सुधार गर्ने उद्देश्यसहित पुनःसंरचना प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। यो कदम लामो समयदेखि उठ्दै आएको सेयर बजार सुधारको माग, बजार विस्तार, प्राविधिक मजबूतीकरण र नियमनसम्बन्धी कमजोरीलाई सम्बोधन गर्ने दिशामा महत्वपूर्ण मानिन्छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित प्रकाशजंग केसीको नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको हो। सरकारले एसियाली तथा अन्तर्राष्ट्रिय स्टक एक्स्चेन्जहरूको अभ्यासलाई ध्यानमा राख्दै नेप्सेको हालको सञ्चालन शैलीमा संरचनागत परिवर्तन आवश्यक ठहर गरेको बताइएको छ।Government Initiates Restructuring of Nepal Stock Exchange; High-Level Committee Formed The Government of Nepal has officially initiated the process of restructuring the Nepal Stock Exchange (NEPSE), aiming to modernize its structure, strengthen its operational framework, and enhance transparency and competitiveness. The move is seen as a significant step toward addressing long-standing demands for stock market reform and improving the overall governance of the capital market. According to the decision made during the Cabinet meeting held on Tuesday at Singha Durbar, the government has formed a high-level study and recommendation committee under the leadership of Prajanjung KC. The committee has been tasked with reviewing NEPSE’s current structure, operational systems, regulatory effectiveness, and institutional efficiency. The government stated that the initiative follows increasing calls for restructuring NEPSE, expanding the market, integrating new technologies, and strengthening regulatory and managerial frameworks.

      NEPSE TRADING·19 Nov, 2025·1 min read
    • नारायणी डेभलपमेन्ट बैंकका अवितरित हकप्रद शेयर लिलामीमा—६ लाख ३ हजारभन्दा बढी संस्थापक, १८ हजार सर्वसाधारण शेयर बिक्रीमा
      Investor

      नारायणी डेभलपमेन्ट बैंकका अवितरित हकप्रद शेयर लिलामीमा—६ लाख ३ हजारभन्दा बढी संस्थापक, १८ हजार सर्वसाधारण शेयर बिक्रीमाNarayani Development Bank to Auction 6,03,162 Promoter Right Shares and 18,444 Ordinary Right Shares

      नारायणी डेभलपमेन्ट बैंकका अवितरित हकप्रद शेयर लिलामीमा—६ लाख ३ हजारभन्दा बढी संस्थापक, १८ हजार सर्वसाधारण शेयर बिक्रीमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयरलाई शिलबन्दी बोलपत्रमार्फत लिलामी बिक्री गर्ने भएको छ। बैंकले संस्थापक तथा सर्वसाधारण दुवै समूहमा आवेदन नपरेपछि उक्त शेयरहरूलाई लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो। बैंककाे हकप्रद शेयर २०७९/०६/०२ देखि २०७९/०७/०९ सम्म बिक्री खुला गरिएको थियो। निर्धारित अवधिमा संस्थापक समूहतर्फ ६,०३,१६२ कित्ता र सर्वसाधारण समूहतर्फ १८,४४४ कित्ता हकप्रद शेयरका लागि मागअनुसार आवेदन प्राप्त नहुँदा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८१, तथा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ काे निर्देशन नं. १५ बमोजिम बैंकले लिलामी प्रक्रियामा जाने निर्णय गरेको हो।Narayani Development Bank to Auction 6,03,162 Promoter Right Shares and 18,444 Ordinary Right Shares Narayani Development Bank Limited has announced that it will be auctioning its unclaimed rights shares after the earlier rights issue failed to attract sufficient applications from both promoter and ordinary shareholders. The auction will be conducted through a sealed-bid (closed bidding) process. The bank had opened its rights issue from 2082/06/02 to 2082/07/09, but a total of 603,162 promoter right shares and 18,444 ordinary right shares remained unsubscribed. As per the provisions stated in the Unified Directive 2081 issued by Nepal Rastra Bank and the Securities Issuance and Allotment Guidelines 2074 (Directive No. 15), the bank’s Board of Directors decided to sell these shares through an open auction.

      NEPSE TRADING·19 Nov, 2025·1 min read